बिजुली पाउन भतेर लाउनुपर्ने
अरू समय यतिबेला टहटह घाम लाग्ने भए पनि जाडोको समय भएकाले गाउँ नै हुस्सुले ढाकेको छ । तत्काल हुस्सु फाटेर घाम लाग्ने अवस्था पनि देखिएको छैन । नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. ४ देउरालीमा रहेको रुपिसरा पुलामीको होटलभित्र बिहान ११ बजे पनि तीन वटा बिजुलीका बल्ब झलमल्ल बलेका छन् । दिउँसो पनि बत्ती बालिएको अँध्यारोकै कारण भने होइन । पुलामीको मात्र होइन, देउरालीका सबै घरमा दिनभरि नै बत्तीको उज्यालो छ ।
असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ : प्रधानमन्त्री प्रचण्ड
अहिले विश्वमा शीतयुद्धको भन्दा पनि अझ गम्भीर र जटिल परिस्थिति देखापरेको छ । असंलग्न आन्दोलनको आवश्यकता पनि बदलिएको परिस्थितिमा झन् बढेको छ ।
शैक्षिक गुणस्तर सुधार गर्न कार्यशाला
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा दुई दिने शैक्षिक गुणस्तर सुधार कार्यशाला सञ्चालन गरिएको छ ।
हिमानीद्वारा दुई मन्दिरमा विशेष पूजा
पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
रुखबाट लडेर राईको मृत्यु
रुख चढेर सुखेको हाँगा झार्ने क्रममा रुखबाट लडेर झापामा एक जनाको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेका ५९ वर्षीय गङ्गाराम राई शनिवार बिहान रुखबाट लडेर गम्भीर घाइते बनेपछि उपचारका लागि दमकस्थित आम्दा अस्पताल ल्याउनेक्रममा बाटोमा मृत्यु भएको थियो ।
जनचाहनाअनुरूप काम गर्न विद्यार्थीको सुझाव
कैलाली जिल्लाका विभिन्न सामुदायिक स्कुलका विद्यार्थीले मुलुकमा ठुला परिवर्तन भए पनि जनचाहनाअनुरूप काम नभएको बताउँदै शासकहरूले कार्यशैली परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।
बालबालिका विद्यालय छाड्ने जोखिम
लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ ।
खाद्यान्नबाट बनाए विद्यार्थीले नेपालको नक्सा
गुल्मीका विद्यार्थीले स्थानीय स्तरमा पाइने दलहन र खाद्यान्न बालीको दाना प्रयोग गरी आकर्षक नेपालको नक्सा बनाएका छन् । जिल्लामा पाइने रैथाने बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरी नक्सा तयार पारेका हुन् ।
जाडो बढेपछि विद्यालयमा ३ दिन बिदा
जाडो बढ्दै गएपछि रुपन्देहीका पालिकाले विद्यालयमा बिदा दिन थालेका छन् । अत्यधिक जाडो बढेको भन्दै बुटवल उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयमा जाडो बिदा दिएको छ ।
इ–रिक्सा र अस्पतालमा कुरुवाको मोबाइल चोरी गर्ने पक्राउ
नेपालगन्जमा विभिन्न स्थानमा पार्किङ गरिराखेको इ–रिक्सा तथा अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही व्यापार संघमा अधिकारी निर्वाचित
रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले अध्यक्षका अर्का प्रत्याशी डिल्लीराज भण्डारीलाई ८० मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।
शिवराजमा शव परीक्षण गृहको उद्घाटन
जिल्लाको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ । चन्दौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उक्त शव गृहको उद्घाटन गरिएको छ ।
दुई दशकपछि शैक्षिक क्यालेन्डर लागु गर्दै त्रिवि
त्रिभुवन विश्वविद्यालयले यस वर्ष भर्ना भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विद्यार्थी भर्नादेखि परीक्षाको
‘आपसी सहयोगबाट विश्वव्यापी समृद्धि हासिल गरौँ’
महामहिम जनरल योविरी कागुता मुसेभेनी, गणतन्त्र युगान्डाका राष्ट्रपति, महामहिम सरकार प्रमुखहरू माननीय मन्त्रीहरू
पहिलो प्राथमिकतामा तिसभन्दा बढी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद्को आसन्न हिउँदे अधिवेशनमा पेस गर्ने विधेयकको प्रारम्भिक प्राथमिकता सूची तय गरेको छ । प्राथमिकता सूची उपलब्ध गराउन कानुन मन्त्रालयले
चक्रपथका तीन आकासे पुल अलपत्र
चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र छ । निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म काम सुरु भएको छैन तर शक्ति केन्द्रको दबाब र प्रभावमा सम्बन्धित निकायले त्यसको म्याद थप्दै आएको पाइएको छ ।
क्यान्सरपीडित पत्रकार शेर्मालाई आर्थिक सहयोग
क्यान्सरपीडित पाँचथरका अग्रज पत्रकार कवीन्द्र शेर्मालाई दक्षिण कोरियाबाट प्राप्त आर्थिक सहयोग आज हस्तान्तरण गरिएको छ । घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको सो रकम प्रदान गरिएको हो ।
नवनियुक्त सल्लाहकारद्वयलाई कर्मचारी संगठनको स्वागत
गोरखापत्र संस्थानका नवनियुक्त सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई गोरखापत्रमा कार्यरत कर्मचारी एवं पत्रकार संगठनले स्वागत गरेको छ ।
हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ ।
प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताउनुभएको छ ।
जिल्ला प्रशासनद्वारा विपन्नलाई सिरक वितरण
शीतलहरले मधेसमा चिसो बढेपछि जाडोबाट बचाउन जिल्ला प्रशासन कार्यालय अन्तर्गतको जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समितिले विपन्न परिवारलाई सिरक वितरण गरेको हो ।
पुल्चोक इन्जिनियरिङ् कलेजमा १५ औँ आर्किट्रेक्चर प्रदर्शनी सुरु
ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजका विद्याथीले शुक्रबारबाट १५ औँ राष्ट्रिय आसा आर्ट आर्किट्रेक्चर प्रदर्शन सुरु गरेका छन् ।
करेन्ट लागेर एकको मृत्यु
गोरखामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका –६ गाईखुरका ४८ बर्षीय अन्नत परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
भजनी र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा
कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा दिइएको छ । चिसोका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्य समस्या देखा पर्न थालेपछि पालिकाहरुले कार्यपालिकाको बैठकबाट निर्णय गरेर विद्यालयमा बिदा दिएका हुन् ।