गोदावरी धाममा माघी स्नान गर्नेको घुइँचो
मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरीधाममा माघी स्नान गर्नेहरूको घुइँचो लागेको छ ।
बर्दियाको ठाकुरबाबा मन्दिरमा भक्तजनको घुइँचो
थारु जातिको महान् पर्व माघीको सुरुवातसँगै ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ धार्मिक तीर्थस्थल ठाकुरबाबा मन्दिरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघ १ गते पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।
आफूखुसी भाडा असुल्दै विद्युतीय गाडी व्यवसायी
अहिले नेपालमा विद्युतीय सवारीको आयात बढ्दो छ । सडकमा विद्युतीय गाडीको सवारी बाक्लो नै देखिन्छ । तर सार्वजनिक रूपमा सञ्चालनमा आएको विद्युतीय सवारी साधनले आफूखुसी भाडा असुल्ने गरेको पाइएको छ ।
हृदयाघात बढ्नुको प्रमुख कारण अधिक धूम्रपान
अन्य मौसमको तुलनामा जाडो मौसममा मुटुका रोगी बढ्ने गर्दछन् । विभिन्न अध्ययनले पनि जाडोमा मुटुरोगीको सङ्ख्या बढ्ने देखाएको छ । कार्डियोलोजिस्ट डा.सुजिव राजभण्डारी जाडोमा रगतका नलीहरू खुम्चिई ब्लड प्रेसर बढ्ने भएकाले मुटुलाई धेरै भार परी मुटुरोग बढ्ने बताउनुहुन्छ ।
सूचनाको हक कार्यान्वयन गर्न आदेश
राष्ट्रिय सूचना आयोगले बागमती प्रदेशका सार्वजनिक निकाय, बैङ्क तथा वित्तीय संस्थाका शाखा र नेपालका सबै विश्वविद्यालयलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश गरेको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा आयोगको
निकुञ्जभित्र चल्ने सवारी साधन अवैध
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा समेत सफारीमा चल्ने सवारी साधन अवैध रूपमा स्वरूप परिवर्तन गरेर सञ्चालनमा ल्याइने गरिएको पाइएको छ । त्यसरी सञ्चालन भएको एउटा
हुँदैन सडक सुरक्षा परीक्षण
सडक दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा सडक दुर्घटना छानबिन समिति गठन गरिएको बताउनुभयो ।
करोडौ लागतमा स्थापना गरिएको बधशाला प्रयोगविहीन
पर्वतको कुश्मा नगरपालिकास्थित अर्मादी भन्ने स्थानमा स्वस्थ मासु उत्पादनका लागि कृषकले स्थापना गरेको बधशाला प्रयोगविहीन भएको छ ।
गोरखापत्रमा चिनियाँ मिडिया टोली
चीनको युनान प्रान्तको मिडियासँग सम्बन्धित प्रतिनिधि मण्डलले आज गोरखापत्र संस्थानको सद्भावना भ्रमण गरेको छ ।
एकसय ४४ लाई सिमानाकाबाट घर फिर्ता
मानव ओसारपसार तथा बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील शुभ सन्देश सभा नेटवर्क (ज्ञान) नेपालले गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ जाँदैगरेको शङ्कास्पद एकसय ४४ जना नागरिकलाई सिमानाकाबाट घर फिर्ता गरेको छ ।
औषधी उत्पादनको काम तत्काल सुरु गर्नुस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधी उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ।
हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदे बाली
यस वर्षको हिउँदे याममा हिमपात र वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा जिल्लाको बेँसीदेखि लेक क्षेत्रसम्म गरिएको हिउँदे बाली खेतबारीमै सुक्न थालेको हो ।
पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
नेकपा (एमाले) बाँकेले आयोजना गरेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने स्वास्थ्य शिविरमा २०२ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।
मेलम्चीको दैनिक पाँच करोड लिटर पानी वितरण भोलिदेखि
मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउन लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (माघ १ मा) सिंहदरबारमा आयोजना हुने कार्यव्रmमबिच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेपछि पानी उपत्यकावासीको धारामा पुग्ने छ ।
हवाई यात्रुको सङ्ख्या बढ्दो
वार्षिक ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । दैनिक करिब २० हजारभन्दा बढी हवाई यात्रुले ओहोरदोहोर गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सङ्ख्यासहित हवाई यात्रुसमेत बढ्दै गएका छन् । प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता रहेको यस विमानस्थलमा सन् २०२३ को १२ महिनामा ८६ लाख बढी यात्रुले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रा गरेका छन् ।
अब घरमै ट्रान्सक्रिप्ट
अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार हुने भएको छ । अब पनिकाका अधिकांश सेवा अनलाइन प्रणालीबाट प्रवाह हुने भएकाले विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्ने र घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको हो ।
कारण नै खोजिँदैन सडक दुर्घटनाको
बर्सेनि सडक दुर्घटना हुन्छन् । हजारौँ नागरिकले अकालमै ज्यान गुमाउँछन् । घाइते भएर अङ्गभङ्ग हुनेको सङ्ख्या अरू बढी हुन्छ तर त्यसको न छानबिन नै हुन्छ, न कारण नै खोजिन्छ ।
भेटियो जङ्गबहादुरका पालाको स्वस्थानी
“तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या ।”
आगामी वर्षको बजेट जनताको निगरानीमा बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनुभएको छ।
ताप्लेजुङको दुर्गम भेगमा शैक्षिक सुधारमा प्रगति
ताप्लेजुङको दुर्गम भेगमा शैक्षिक सुधार हुँदै गएको पाइएको छ । दुर्गम भेगको शैक्षिक गतिविधिमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सहयोग गर्न थालेपछि तुलनात्मक रूपमा शैक्षिक सुधारमा प्रगति हुँदै गएको पाइएको हो ।
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापाको झापा गाउँपालिका-६ फुलगाछी चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी
मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्।
कोरोनाको नयाँ भेरियन्ट ४० देशमा फैलियो
नेपालमा कोरोना भाइरसको नयाँ सब-भेरियन्ट जेएन डट वान पुष्टि भएको छ । चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो।
नागमती बाँध निर्माण प्रक्रिया सुरु
काठमाडौँको गोकर्णेश्वर नगरपालिका मूलखर्कमा प्रस्तावित नागमती बाँधको निर्माण प्रक्रिया अगाडि बढेको छ । बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिको अन्तिम चरणमा छ ।