कोभिड खोपको विद्युतीय अभिलेखीकरणसँगै नागरिकलाई सहज
स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड १९ विरुद्धको खोप विद्युतीय अभिखेलीकरण गरेको छ । पालिकाले खोप लगाएका व्यक्तिको व्यवस्थित रूपमा अभिलेखीकरण गरेसँगै नागरिकलाई सहज हुने भएको छ ।
प्रहरीको कुटपिटबाट दुई युवा घाइते
सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चौकमा धरानबाट उपचार गराएर घर फर्किने क्रममा दुई युवालाई प्रहरीले कुटपिट गरेको बताइएको छ ।
गोरखापत्रकर्मी खान र शर्मा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खान र बाँके समाचारदाता गोविन्द शर्मा लगायत बाँकेका चार जना पत्रकारलाई भारतको बिहार राज्यको वैशालीमा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको छ ।
मृत अवस्थामा फेला
मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ मा सोमबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आज मनोनयन दर्ता
आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता रहेकाको अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम अनुसार आइतबार प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडामा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।
विद्युत् व्यापार सम्झौता संसद्बाट अनुमोदनको माग
नेपाल र भारत सरकारबिच हालै भएको विद्युत् व्यापारसम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्न माग गर्दै सभामुख देवराज घिमिरेसमक्ष ज्ञापनपत्र पेस भएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा यी हुन् कांग्रेसका दश उम्मेदवार
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । जसमध्ये उम्मेदवारको सूचि निम्नानुसार रहेको छ
पोखरामा वर्षभरिमा पाँच वटा अन्तर्राष्ट्रिय उडान
अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ । गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । उक्त उडानमार्फत असार ८ र ९ गते पोखरामा आयोजना भएको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए ।
‘आयोगले क्लष्टरमा कडाइ गर्छ’-प्रवक्ता, निर्वाचन आयोग
निर्वाचन आयोगले यस पटकको राष्ट्रिय सभा निर्वाचनमा क्लष्टर (समूह) मा फेरबदल नगर्ने र त्यसमा कडाइ गर्ने भनाइ सार्वजनिक गरेको छ ।
कान्ति बाल अस्पतालमा अब सिटी स्क्यान र एमआरआई सेवा
कान्ति बाल अस्पतालले अब बिरामीलाई सिटी स्क्यान र एमआरआई सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६२औँ वार्षिकोत्सव अवसरमा आइतबार सिटी स्क्यान मेसिन र एमआरआई मेसिनको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । उक्त मेसिन अस्पताललाई जापान सरकारबाट सहयोग प्राप्त भएको हो ।
नेपाल एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न आदेश
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रू) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अन्तरपालिका स्तरीय फुटसल रनिङशिल्ड प्रतियोगिता हुने
मकवानपुरको मकवानपुरगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा अन्तरपालिका स्तरीय फुटसल रनिङशिल्ड प्रतियोगिता हुने भएको छ ।
विभिन्न बहानामा मनपरी शुल्क असुल्दै विद्यालय
संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको छ । तर जिल्लाका नमुना मानिएका विद्यालय भने संविधान विपरीत विभिन्न बहानामा मनपरी शुल्क असुल गर्दै आएको छ ।
अवकाश कोष स्थापना गर्न परिपत्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अवकाश कोष स्थापना गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । कानुनमा व्यवस्था भए अनुसार प्रत्येक स्थानीय तहले अवकाश कोष स्थापना नगर्दा दीर्घकालीन दायित्व बढ्दै गएको र कर्मचारी सेवा सुविधाबाट समेत वञ्चित भएको जनाउँदै मन्त्रालयले स्थानीय तहलाई बिहीबार परिपत्र गरेको हो । मन्त्रालयको गत मङ्गलबार सचिवस्तरीय बैठकबाट निर्णय गर्दै अनिवार्य कोष सञ्चालन गर्न सबै स्थानीय तहलाई परिपत्र गर्ने निर्णय गरिएको थियो ।
सञ्चालकले बदमासी नगरे सहकारी सङ्कटमा पर्दैनन्
गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकले बदमासी नगरे कुनै पनि सहकारी सङ्घ संस्था सङ्कटमा नपर्ने बताउनुभएको छ । ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा सङ्कटग्रस्त देखिएका सहकारी संस्थाबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्दै उहाँले सञ्चालक इमानदार हुने हो भने कुनै पनि सहकारी संस्था सङ्कटमा नपर्ने बताउनुभयो ।
कर्मचारी प्रतिभा डबली कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरु
सरकारले निजामती सेवाभित्रै रहेका कर्मचारीको प्रतिभालाई सङ्कलन गरी व्यवहारमा कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत तीन वर्षदेखि प्रतिभा डबली कार्यक्रम आयोजना गरी कर्मचारीसँग भएका सिर्जनशीलता सङ्कलन गर्दै आएको थियो ।
अनुगमन प्रतिवेदन बुझाउँदैनन् सहसचिव
सङ्घीय शिक्षा निकायका प्रमुख (सहसचिव) हरू अनुगमनबाट फर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउँदैनन् । मन्त्रालयले शिक्षाका सहसचिवहरूलाई बर्सेनि प्रदेश, जिल्ला तथा पालिकास्तरमा अनुगमनका लागि खटाउने गरेको छ । खटाइएका सहसचिव सम्बन्धित स्थानमा पुग्छन् र फर्किएर आइसकेपछि अनुगमन प्रतिवेदन मन्त्रालयमा पेस गर्दैनन् । अनुगमनमा सहसचिव मात्र हुँदैनन् । तिनका साथ उपसचिव, अधिकृत र सहायक कर्मचारी रहन सक्ने निर्णय सदर भएको हुनाले आफूसाथ कनिष्ठ कर्मचारी पनि लिएर जाने गरेका छन् । लेखापरीक्षणका बखत झन्झट बेहोर्नुपर्ने भएकाले खर्च भुक्तानीको प्रयोजनका लागि प्रतिवेदनका नाममा दुईपाने सामान्य प्रतिवेदन लेखेर आफ्नो निकायको लेखा शाखामा पेस गर्ने गरेका छन् ।
‘हाम्रो चन्द्रकोट’ पुस्तक विमोचन
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘हाम्रो चन्द्रकोट’ नामक पुस्तक विमोचन गरेको छ । गाउँपालिकाद्वारा आयोजित एक औपचारिक कार्यक्रमबिच जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारीलगायतले सो पाठ्यपुस्तक विमोचन गर्नुभएको हो ।
लाखौँ खर्चेर बनाइएको पार्क प्रयोगविहीन
गुल्मीमा ६० लाखको लगानीमा निर्माण भएको थ्रिडी पार्क प्रयोगविहीन बनेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति गुल्मीको अगाडि रहेको पार्क प्रयोगविहीन बनेको हो ।
सहकारीको लगानी कृषि पर्यटनमा केन्द्रित गर्न सुझाव
लुम्बिनी प्रदेशका सांसद खेम सारुले मुलुकको अर्थतन्त्रलाई पुनर्निर्माण गरी त्यसलाई सन्तुलित बनाउने भूमिका सहकारीले पनि गर्न सक्ने हुनाले कृषि पर्यटनमा लगानी बुझाउन सुझाव दिनुभएको छ ।
कर्मचारी अभावमा भूमि आयोगको काम प्रभावित
कर्मचारी अभावमा जिल्लास्थित भूमि आयोगको काम सुस्त बनेको छ । आयोगका लागि आवश्यक कर्मचारी नहुँदा भूमिहीन सुकुम्बासीको समस्या समाधानमा अवरोध सिर्जना भएको आयोगका पदाधिकारीहरूले गुनासो गरेका छन् ।
पाँचौं बर्जु महोत्सव पुस २७ गतेदेखि
ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि महोत्सवको तयारी भएको छ । सुनसरीको बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा पाचौं बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रले जनाएको छ ।
धनगढीको सडकमा साइकल लेन सञ्चालन
कैलालीको धनगढीस्थित ६ लेन सडकमा साइकल लेन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत भन्सारदेखि धनगढी विमानस्थलसम्म साइकल लेन बनाएको हो ।
खैरहनीमा नवौँ थारु खिचरा महोत्सव हुने
पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव हुनेभएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी –५, गौचरनमा पुस २८ देखि माघ १० गतेसम्म महोत्सव सञ्चालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।