मनाङका सात गाउँलेले मनाए नयाँ वर्ष
मनाङ ङिस्याङ गाउँपालिकाका सात गाउँलेले शुक्रबार भव्यताका ससाथ होलताङपा ल्होसार (डुग–ल्हो) मनाएका छन् ।
कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति स्थापना कार्यका लागि तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
दोलखामा भएन हिउँदे वर्षा
हिमालमा हिउँ पर्नु अस्वाभाविक घटना होइन । कुनै वर्ष धेरै त कुनै वर्ष थोरै भए पनि हिमाली जिल्ला दोलखामा हिउँ पर्थ्यो ।
आत्भनिर्भर अर्थतन्त्र अझै सान्दर्भिक : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्वन गर्नुभएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्रलगायतका कतिपय नीति आज पनि उत्तिकै सान्दर्भिक रहेका बताउनु भएको छ ।
पृथ्वीनारायणकालीन इतिहास बोध
इतिहास बोधका लागि इतिहासप्रति सचेत हुनु आवश्यक हुन्छ । विश्वास तटस्थतामा होइन, पक्षधरताका आधारमा बन्छन् र भत्कन्छन् । दृष्टिले नायक र खलनायक किटान हुन्छन् । इतिहास र पृथ्वीनारायण शाह पनि यस्तै विषय बने । आजको आवेगमय नजरिया र पक्षधरताले त्यस बखतको साँगापश्चिम र चन्द्रागिरि पूर्वको राजनीतिक भूगोलमा समेटिएको नेपालको कल्पना गर्नै सकिँदैन । इतिहासले समयसँगै ऊर्जा, सपना, इच्छाशक्ति दिन्छ र इतिहासका चिहानहरू खोतलिन्छन् ।
स्थानीय तहमा योजना,कतै खातैखात कतै शून्य
सङ्घ र प्रदेश सरकारको पहुँच पुगेका स्थानीय तहमा योजनाको खातैखात छन् भने पहुँच नपुगेका स्थानीय तहले योजनाको अभाव झेल्दै आएका छन् । सङ्घ र प्रदेश सरकारमा पहुँच पुगेका स्थानी
लगानी सम्मेलनमा सम्झौताको तयारी
मुक्तिनाथ जानका लागि लगानी बोर्डसमक्ष प्रस्तावित केबलकारको अद्यावधिक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरिएको छ । उक्त केबलकारको निर्माता मुक्तिनाथ दर्शन प्रालिले बुधबार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सँगै अद्यावधिक गरिएको डिपिआर बुझाएपछि बोर्ड र मुक्तिनाथ दर्शनबिच आयोजना लगानी सम्झौता (पिआइए) गर्न बाटो खुलेको जनाएको छ ।
थाम्सुहाङ दम्पतीले पाए नगर प्रमुखबाट घर उपहार
राज्यले उपलब्ध गराएको सुविधा विपन्न समुदायको उत्थानका लागि खर्च गर्ने प्रतिबद्वता जनाउनु भएका फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले वडा नम्वर १२ बुधुकको जङ्गल नजिकै छाप्रोमा जीवन बिताउँदै आएका एक दम्पतीलाई घर बनाइ दिनुभएको छ ।
‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न आरजुको माग
नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।
महलका मालिक पनि सडकमा
हिउँदको कठ्याङ्ग्रिदो जाडोयाममा खुला आकाशमुनि रात बिताउने यी मानवका दृश्य हेर्दै दुःखदायी छन् । दिनमा तातो खाना छैन न त, रातमा छाना नै छ ।
सीमावर्ती क्षेत्रमा समस्यै समस्या
बाँके जिल्ला नरैनापुर गाउँपालिका निवासी दुर्गाप्रसाद पाण्डेयको खेतीयोग्य जग्गा नेपाल–भारतको सीमावर्ती क्षेत्रमा बनेको लक्ष्मणपुर बाँधका कारण राप्ती नदीमा परिणत भयो । उहाँको हातमा लालपुर्जा छ, मालपोत कर पनि तिर्नुहुन्छ तर जग्गामा नदी बग्छ । बाँधका कारण लामो समयदेखि डुबानको समस्या भोग्दै आउनुभएका पाण्डेयले बाँके जिल्लाका नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकाका धेरैको समस्या आफूको जस्तै रहेको बताउनुभयो ।
विपत् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराइने
सरकारले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपत् व्यवस्थापन कोषमा दुई अर्ब रुपियाँ उपलब्ध गराउने भएको छ । मङ्गलबारको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपत् कोषमा जम्मा गरेको रकम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण खर्च गरिने पनि बताउनुभयो ।
सञ्चार सचिवमा रामकृष्ण सुवेदी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी आउनुभएको छ । उहाँले बुधबार पदबहाली गर्नुभएको छ । सञ्चार सचिव कृष्णबहादुर राउतलाई भने सुवेदी बहाल रहेको राष्ट्रिय प्रकृतिक
‘एकपक्षीय कार्यान्वयन हुँदैन’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपक्षीय रूपमा आयोजना छनोट र कार्यान्वयन हुने गरी भारतीय दूतावासले २० करोड रुपियाँसम्मका आयोजनामा खर्चसम्बन्धी सम्झौता नभएको बताउनुभएको छ । भारतसँगको सम्झौताका विषयमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिलाई बुधबार जानकारी दिँदै उहाँले आयोजनाको आवधिक समीक्षा र अनुगमन पनि नेपाल सरकारकै संयन्त्रबाट हुने बताउनुभयो ।
नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राख्नुभएको छ ।
जलवायु परिवर्तनको असर कम गर्न सार्कलाई क्रियाशील बनाउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गर्नुभएको छ।
प्रदेश योजनाको काम अन्तिम चरणमा
बाँकेको खजुरा गाउँपालिका-३ डी गाउँस्थित आदर्श माध्यमिक विद्यालयको दुई कोठे भवन तथा पर्खाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
डेडिकेटेड र ट्रङ्क लाइन विवाद : पूर्वन्यायाधीश नेतृत्वमा समिति
सरकारले नेपाल विद्युत् प्राधिकरण र केही उद्योगीबिच समस्याका विषय बन्दै आएको डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम बिलसम्बन्धी विवादको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । प्रधा
प्याब्सन दिवसमा विद्यार्थी र शिक्षक सम्मानित
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३३ औं स्थापना दिवसका अवसरमा ताप्लेजुङमा विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारका विरूद्ध उजुरी दिन सकिने
राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । यसरी परेको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले बिहीबार जाँचबुझ गरी निर्णय गर्नेछ ।
गाउँमा छैनन् कोल घुमाउने युवा
गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।
नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ५२ जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ ।