• १३ साउन २०८१, आइतबार

आत्भनिर्भर अर्थतन्त्र अझै सान्दर्भिक : सभापति देउवा

blog

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडौं, पुस २७ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गर्नुभएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्रलगायतका कतिपय नीति आज पनि उत्तिकै सान्दर्भिक रहेका बताउनुभएको छ । 

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्मरणमा आज उहाँको ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै गरेको उहाँले उल्लेख गर्नुभएको छ । 

सभापति देउवाले शाहप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै त्यो कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धासाथ स्मरण गर्नुभएको छ । सन्देशमा सभापति देउवाले भन्नुभयो, ‘‘तत्कालीन समयमा छरिएर रहेका ससाना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका शाहले अवलम्बन गर्नुभएका स्वावलम्बी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्रलगायतका कतिपय नीति आज पनि उत्तिकै सान्दर्भिक छन् ।’’

उहाँले ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्दै यस अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।