कैदीबन्दीलाई मनोसामाजिक परामर्श
जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरूको मनोबल उच्च राख्न उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइएको छ ।
थारु आयोगको प्रतिवेदन प्रमुखलाई हस्तान्तरण
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई थारु आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन प्रमुख शेरचनलाई बुझाउनुभएको हो ।
माघ सांस्कृतिक महोत्सव हुने
थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव हुनेभएको छ ।
अधिकृतसहित चार कर्मचारी सम्मानित
किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरिरहनुभएका एक अधिकृतसहित चार कर्मचारीलाई सम्मान गरिएको छ ।
सल्लाहकारद्वय अधिकारी र चौधरीलाई संस्थानमा स्वागत
गोरखापत्र संस्थानका सल्लाहकारद्वय रामकृष्ण अधिकारी र सुशीला चौधरीलाई आज संस्थान व्यवस्थापनले कार्यालयमा स्वागत गरेको छ । संस्थानका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकसहित संस्थानका कर्मचारीले उहाँहरूलाई स्वागत गर्नुभयो ।
आगलागीपीडितलाई युएईको सहयोग
पाल्पाली समाज युएईले आगलागी पीडितलाई एक लाख रुपियाँ सहयोग प्रदान गरेको छ । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका पाल्पालीको साझा संस्था पाल्पाली समाजले निस्दी गाउँपालिका –३ क्याङ्गरुङ्ग गिन्चिसका श्यामबहादुर पल्लीको परिवारलाई रकम सहयोग गरेको हो ।
घरमा बिजुली बल्दा खुसी
कैलालीको गोदावरी नगरपालिका–४ को बिकट बस्ती बेलपानी, फुलबस्तिमा ११ केभी विद्युत लाइन विस्तार भएको छ । धनगढी वितरण केन्द्रका प्रमुख मिथलेशकुमार गुहिबर र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले विधुतको स्विच अन गरेर विधुत लाइन विस्तार गर्नुभएको हो ।
सार्वजनिक सुनुवाइमा ६ प्रतिबद्धता
बाँकेको जानकी गाउँपालिकाको आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा ६ वटा प्रतिबद्धता गरिएको छ । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता विषयमा गरिएको सार्वजनिक सुनुवाइमा सरोकारवाला र सहभागीहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
१३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ
लामो समयदेखि चर्चामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ भइरहेको छ । वन क्षेत्रमा पर्ने रुख कटानको लागि अनुमति नपाउँदा विस्तार कार्यमा ढिलाइ भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जले लाइन विस्तारको क्रममा रुख कटान बापत जग्गा नै दिनुपर्ने भनेको छ । सोही अनुसार ६३ बिगाहा जग्गा खरिद गरेर निकुञ्जलाई दिइसकिएको छ । यद्यपि रुख कटानका लागि निकुञ्ज विभागसँग सम्झौता हुन भने बाँकी रहेको छ ।
जिम्मेवारीमा सबै गम्भीर भए सुशासन आफै कायम हुन्छ : आयुक्त श्रेष्ठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले आ–आफ्नो पदीय जिम्मेवारीमा सबै गम्भीर बन्नुपर्ने बताउनु भएको छ । विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले कानुन बमोजिम प्रदत्त जिम्मेवारी सबैले पूर्ण रूपमा पालना गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सकिनेमा कुनै शङ्का नभएको बताउनुभयो ।
जनसङ्ख्या नियन्त्रण होइन, व्यवस्थापन गर्नुपर्ने
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले जनसङ्ख्या वृद्धिदर घट्दै जानु मुलुकको हितविपरीत भएको धारणा अगाडि सारेको छ । पछिल्लो तथ्याङ्क अनुसार मुलुकको जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत छ । विश्वव्यापी मान्यता अनुसार जनसङ्ख्या वृद्धिदर एक प्रतिशतबाट तल झर्नुलाई खतराको सूचक मानिन्छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठक बस्दै
नेपाल–भारत संयुक्त आयोगको बैठक आउँदो बिहीबार नेपालमा बस्ने भएको छ । कोभिड महामारीका कारण विगत दुई वर्ष बैठक हुन सकेको थिएन । दुई वर्षअघि २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक यो यस पटक काठमाडौँमा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा हुने बैठकले प्रधानमन्त्रीस्तरमा हुने भ्रमण र सहमति जत्तिकै महत्व राख्छ ।
सहरी क्षेत्रको जनसङ्ख्यामा असन्तुलन
राजनीतिक तथा प्रशासनिक रूपमा नेपालको नगरपालिका क्षेत्र व्यापक विस्तार भए पनि त्यस्तो वृद्धिलाई आधार प्रदान गर्ने सहरी क्षेत्र भने निकै कम रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या र घोषित नगरपालिका क्षेत्रको जनसङ्ख्यामा ठुलो अन्तर छ ।
‘मन्त्रीपरिषद् पुनर्गठनको तयारी’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यशैली परिवर्तन गरेर नतिजामुखी काम गर्न मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्रीले त्यसको सङ्केत सरकारको कार्यकालको एक वर्ष पुग्दा नै दिइसक्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले मङ्गलबार मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको जानकारी दिनुभयो ।
ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन
दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन । सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते वा चोट पटक लागेकाहरू हुने गरेका छन् । त्यस्ता बिरामीको अवस्था अनुसार एक्सरे, कम्प्युटराइज्ड टोमोग्राफी, सिटी स्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ । अत्याधुनिक विशाल अस्पतालमा हालसम्म एमआरआई मेसिन उपलब्ध छैन । एमआरआई गर्नुपर्ने बिरामीलाई निजी स्वास्थ्य संस्थामा सिफारिस गरिँदै आएको छ ।
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीनजना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो ।
किसानले पाएनन् तरुलको भाउ
सुनसरी जिल्लाको महेन्द्रनगर, प्रकाशपुर, राजावास र भोक्राहाका किसानले तरुलको भाउ नपाउँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।
सहरी जनसङ्ख्या पाँच प्रतिशतले वृद्धि : प्रतिवेदन
बसाइसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बिचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ ।
बागलुङमा श्रम रोजगार बैङ्क सञ्चालन
बागलुङको ताराखोला गाउँपालिकामा श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको छ । गाउँपालिकामा रोजगारी सिर्जना गरी युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न गाउँपालिकाले श्रम रोजगार बैङ्क स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
‘ग्याङफाइट’ मा संलग्न रहेको अभियोगमा चारजना विद्यार्थी पक्राउ
झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड भद्रपुरोडस्थित बस स्टेण्डबाट मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ ।
सप्तकोशी हुँदै जोखिमपूर्ण व्यापार
सप्तकोशी नदी बर्खामा धेरैका लागि त्रासदीपूर्ण भए पनि हिउँदमा भने आयस्रोतको राम्रो माध्यम बन्दै आएको छ । हिउँदमा कोशी नदीमा पानी घट्दै गएपछि नदीबाटै जीविका चलाउनेहरूको काम सुरु हुन्छ । नदीलाई ढुवानी बनाएर पूर्वी पहाडी जिल्लाबाट बाँसका बिटो तराई झार्न सुरु गरिन्छ ।
ग्लोबल आइएमईलाई विश्वका उत्कृष्ट बैङ्कभित्र पार्ने गरी काम गरिरहेका छौँ
देशका सबै जिल्लामा उपस्थिति जनाएको ग्लोबल आइएमई बैङ्क सेवाको पहुँचसहित कुल पुँजी तथा चुक्ता पुँजीको हिसाबले पनि मुलुककै सबैभन्दा ठुलो बैङ्क हो । स्थापनाको १७ वर्षमा यो बैङ्कले मुलुकभित्र मात्र नभएर मुलुकबाहिर पनि आफ्नो उपस्थिति विस्तार गर्दै छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका सो बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग मुलुकको अर्थतन्त्र, निजी क्षेत्रको अपेक्षा र बैङ्कको भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित रहेर गोरखापत्रले गरेको कुराकानी :
उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानले पाउने उखुको अनुदान रकम कोलेनिकालाई पठाइसकेका छौँ, त्यहाँबाट किसानलाई वितरण पनि भइरहेको जानकारी प्राप्त भएको छ ।”