आगलागी हुँदा घर जलेर नष्ट, दुई घरमा आंशिक क्षति
मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आँशिक क्षति भएको छ ।
अवैध विस्फोटक पदार्थ बरामद गरी नष्ट
सीमा क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित विस्फोटक पदार्थहरु प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
उर्लाबारीमा फेरि आगलागी
मोरङको उर्लाबारी –२ कटहरेमा सोमबार राति फेरि आगलागि भएको छ । राति साढे ११ बजे स्थानीय तुलबहादुर महतको घरमा आगलागी भएको हो ।
चर्काे आवाज निकाल्ने दर्जनबढी मोटरसाइकल प्रहरी नियन्त्रणमा
इलाका प्रहरी कार्यालय कोहलपुरले चर्काे आवाजमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गर्ने एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवामा पनि निकालियो र्याली
शङ्खधर साख्वाले गरिबहरुको ऋण मोचन गरेको दिनको अवसरमा उहाँले चलाएको नेपाल सम्वत् र म्हःपूजाको अवसरमा तौलिहवा पहिलो पटक र्याली निकालिएको छ ।
नगर गौशालामा सामूहिक गोवर्धन पूजा
पाल्पामा सामूहिक रुपमा गोवर्धन पूजा गरिएको छ । रामपुर नगरपालिका–६, तातोपानीस्थित नगर गौशालामा निर्माण गरिएको गोवर्धन पर्वतमा तिहारको चौथो दिन आज सामूहिक पूजा गरिएको हो ।
सिमकोटमा रोकिएको नेपाल एयरलाइन्सको जहाजको अर्को इन्जिनमा पनि समस्या
एउटा इन्जिनमा समस्या देखिएर सिमकोट विमानस्थलमै रोकिएको नेपाल एयरलाइन्सको ट्वीनीटर जहाजको अर्को ईन्जिनमा पनि उस्तै समस्या देखिएको छ ।
माटोका भाँडाको बिक्री घट्दा कसगर समुदाय चिन्तित
बाँकेमा चाडपर्वका बेला माटोको भाँडा बढी बिक्री हुने आशामा बसेपनि भाँडा बिक्री निकै कम हुँदा कसगर समुदायको चिन्ता बढेको छ ।
राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूमा शुभकामना दिनु भएको छ ।
आज गोवर्धन पूजा गरिँदै
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्धन पर्वत, बलि, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
लक्ष्मी पूजाको दिन गतवर्षभन्दा बढी विद्युत् माग
यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ।
चार वर्षपछि खुल्यो कोरला नाका
मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका चार वर्षपछि आजदेखि खुलेको छ।
पीडामा जाजरकोटका भूकम्प प्रभावित (फोटो फिचर)
जाजरकोटमा भूकम्प गएको १० दिन बिते पनि त्यसको पीडा स्थानीयका लागि उस्तै छ। एक चरणमा सरकारले राहत सामग्री पुर्याए पनि पीडितका दुःख उस्तै छन्।
गाई संरक्षण केन्द्रमा धार्मिक पर्यटक बढे
तनहुँको व्यास नगरपालिका–१० शिसुवा, भतेरीमा सञ्चालन गरिएको गाई संरक्षण केन्द्र धार्मिक पर्यटनका रुपमा विकास हुँदैगएको छ । पछिल्लो समय गौमाताको सेवामा धेरैको आकर्षण बढ्न थालेपछि धर्मिक पर्यटक बढ्न थालेका हुन् ।
बक्सिङ खेलाडी भट्टराई वर्ष सम्मानबाट सम्मानित
सस्कृतिको जर्गेना गरौँ, पर्यटन प्रवर्धनमा टेवा पुर्याउ भन्ने नारासाथ पोखराको ड्यामसाइड क्लबले आयोजना गरेको दीपावली सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
अग्लुङ्गको सनराइज र धुर्कोटलाई भलिबल उपाधि
गुल्मीको मदाने गाउँपालिकाको कंकेदेउरालीमा भएकोमा भलिबलको उपाधी पुरुषतर्फ अग्लुङ्गको द सनराईज युथ क्लब र महिलातर्फ धुर्कोट गाउँपालिकाको समुहले प्राप्त गरेको छ ।
खसेको ढुङ्गा लागेर महिलाको मृत्यु
माथिबाट खसेको ढुङ्गा लागेर हुम्लामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका –३ उनापानी गाउँमा घर भएकी ४१ बर्षीया पुनी कार्कीको मृत्यु भएको हो ।
कला संस्कृति संरक्षण गर्न ‘डिग्रे मेला’
बाँकेको राप्तीसोनारी गाउँपालिकामा मेला सञ्चालन हुनेभएको छ । स्थानीय कला संस्कृतिलाई संरक्षण एवं प्रवर्धन गर्न मेला सञ्चालन गर्न लागिएको हो ।
तिहारका लागि माला बुन्न भ्याइनभ्याइ
घोराही उपमहानगरपालिका –१३ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्नलाई भ्याइनभ्याइ छ । तिहार पर्व सुरु भएसँगै बुढा सयपत्री पूmलको माला बुन्न व्यस्त हुनुभएको हो ।
टिकटक प्रतिबन्धको बहस
सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ।
तिहारमा पनि बिकेनन् दसैँका लागि ल्याइएका भेडाच्याङ्ग्रा
कास्कीको माछापुच्छरेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सातसय च्याङ्ग्रा लिएर आउनुभयो । बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गर्नुभयो । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुगाउनुभयो । तर सबै बिक्री हुन सकेनन् । तीन सय ५४ मात्रै बिक्री भए ।
लुटपाट गर्ने दुई जना पक्राउ
सस्तोमा मोटरसाईकल मिलाइदिन्छु भन्दै जङ्गलमा लुटपाट गर्ने व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
स्कुटी दुर्घटनामा एक किशोरीको मृत्यु
माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदैगरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पर्यटक लोभ्याउँदै वराह ताल
गोलो आकारको सुन्दर वराह तालले पर्यटकीय सम्भावना बोकेको छ । मालिका गाउँपालिका –७ बिमबाङमा रहेको सुन्दर बराह तालले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ ।