मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती
मन्त्रीपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उक्त खाजा खर्च कटौती गरिएको जानकारी दिनुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती गरेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको थियो ।
तीन हजार पाँच सय वेबसाइटमा समस्या
सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन् ।
जाखोर तालमा आन्तरिक पर्यटकको भीड
अङ्ग्रेजी नयाँ वर्ष र सुदूरपश्चिमको मौलिक पर्व पुसे १५ को बेला धेरै आन्तरिक पर्यटकले धनगढीस्थित जाखोर तालको अवलोकन गरेका छन् ।
रुसी सेनामा भर्ती भएका पाँच जना सम्पर्कविहीन
रुसी सेनामा भर्ती भएका तनहुँका पाँच जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएपछि घरपरिवारका सदस्य चिन्तामा परेका छन् । बेखबर भएका परिवारले स्वदेश फिर्ता गरिदिन याचना गरेका छन् ।
कथाकार चालिसेको ५७ औं कृति सार्वजनिक
वरिष्ठ कथाकार विजय चालिसेको ५७ औं कृति अभिसप्त रात कथा संग्रह प्रकाशित भएको छ । जापानी कथालाई नेपालीमा अनुवाद गरी उहाँले सो कृति प्रकाशनमा ल्याउनुभएको हो ।
मानवअधिकार उल्लङ्घनका ६८ घटना
ताप्लेजुङमा एक वर्षे अवधिमा मानवअधिकार उल्लङ्घनका ६८ घटना रहेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि एलिना दियालीका अनुसार एक वर्षको अवधि अर्थात सन् २०२३ भित्र उक्त सङ्ख्यामा मानवअधिकार उल्लङ्घनका घटना भएका हुन् ।
कानुन अभावले सङ्घीयता कार्यान्वयन चुनौती
संघीयता कार्यान्वयनमा संरचना र कानुनको अभाव चुनौती देखिएको छ । सङ्घीयता आफैमा खराव नभइ यसलाई प्रयोग गर्ने प्रवृति खराव रहेको प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले बताउनुभयो ।
टाेपी दिवसमा प्रहरीलाई ढाका टोपी वितरण
१३ औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा सर्वसाधारण र प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाएका छन् । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्नेगरी वडा ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गर्नुभएको हो ।
लोपोन्मुख रेडपाण्डा मृत फेला
इलामको पर्यटकीय क्षेत्र जौबारी–गैरीबास क्षेत्रमा आज लोपोन्मुख सूचीमा रहेको जनावार रेडपाण्डा मृत भेटिएको छ ।
२५ लाखभन्दा बढीको अक्षयकोष स्थापना
जिल्लाको बगनासकाली –२, पोखराथोक निवासी पदम रानाले विभिन्न विद्यालयमा २५ लाखभन्दा बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाका विभिन्न विद्यालयमा पुगेर रानाले २५ लाख १६ हजार ६६३ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।
प्राविधिक शिक्षा अध्ययन गर्न विपन्नलाई छात्रवृत्ति
माध्यमिक शिक्षा परिषद (एसईई) मा ३ जिपिए ल्याउनुभएकी रचना प्राविधिक विषय अध्ययन गर्न राप्ती प्राविधिक शिक्षालयमा भर्ना हुनुभयो । कक्षा २ मा पढ्दा रचनाले बुवा गुमाउनु भएको थियो । जहान पाल्न सकस भएपछि रचनाकि आमा वैदेशिक रोजगारीमा जानुभयो ।
क्यासिनोमा भारतीय प्रतिबन्धित नोट खोज्दै प्रहरी
नेपालगन्जमा भारतीय नागरिकलाई लक्षित गरेर सञ्चालनमा रहेका करिब एक दर्जन क्यासिनोमा नेपालमा प्रतिबन्धित भारु नोट चल्ने गरेको गुनासो आएपछि प्रहरीले सो बारेमा खोजतलाश सुरु गरेको छ ।
सोह्रौं योजनाको शैली फेरिएको छ : उपाध्यक्ष डा. श्रेष्ठ
विकासका परम्परागत प्रवृत्ति र ढर्रालाई परिवर्तन गरेर हामी नयाँ शैली र प्रवृत्ति अपनाउने गरी सोह्राैं योजना तयार हुँदैछ ।
गैरआवासीय नेपाली उपकुलपति हुन नपाउने
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा गैरआवासीय नेपालीले पनि नियुक्ति पाउन सक्ने प्रस्तावलाई उल्ट्याइएको छ । यसअघि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उपकुलपतिमा गैरआवासीय नेपालीसमेत हुन सक्ने प्रस्ताव सो विश्वविद्यालयसम्बन्धी विधेयकमा गरेको थियो ।
आएन हिउँदे वर्षा भित्र्याउने प्रणाली
हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो । एक महिनाको अवधिमा भुइँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ ।
घरभन्दा शौचालय राम्रो
आमनेसामने दुई भिन्न संरचना छन्, एउटा मान्द्रो (चित्रो) ले बेरेको र मान्द्राले नै छाएको छाप्रो र अर्को चाहिँ ढुङ्गाको गारोको र जस्ताले छाएको । झट्ट हेर्दा यी दुई बेग्लाबेग्लै परिवारका संरचना जस्तो लाग्छ तर यी एकै परिवारका संरचना हुन्– एउटा घर र एउटा शौचालय । यी ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–३ का छत्र दर्जीका संरचना हुन् । मान्द्रो परिवार बस्ने घर हो र सुविधासम्पन्न जस्ताले छाएको शौचालय । शौचालयको छानो जस्ताको छ भने मान्छे बस्ने घर मान्द्रोले बारिएको छाप्रो छ ।
सिकलसेल नियन्त्रण गर्न दुई पालिकाविच सहमति
थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान र नियन्त्रण गर्न बाँकेका दुई पालिकाले सहकार्य गर्ने सहमति गरेका छन् ।
आयोगप्रति मधेशका थारूहरुको गुनासो
जनकपुरधाममा थारु आयोग काठमाडौंले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले आयोगको कामप्रति गुनासो पोखेका छन् । जनकपुरधाममा आयोजित प्रदेश तथा जनप्रतिनिधिसँग भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले आयागले थारुहरुको हकहितका लागि खासै काम गर्न नसकेको गुनासो गरेका हुन् ।
बारुदी सुरुङबाट नागरिकलाई अझै खतरा
नेपालमा शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वकालका अवशेषहरु बाँकी रहेकाले नागरिकलाई खतरा कायमै रहेको बताइएको छ । बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले आज पत्रकार सम्मेलन गरी सो खतरा औल्याएको हो ।
नेपाली उत्पादनलाई बजारीकरण गर्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा उत्पादन हुने च्याउको बजारीकरण हुनुपर्नेमा जोड दिनुभएको छ। आइतबार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
कांग्रेसले कुनै अवसर नपाएकालाई अवसर दिने
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिने भएको छ ।
बिहेमा हुने भोज खर्च कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर
बिहेको भोजमा खर्च गर्ने रकमलाई कटौती गर्दै सञ्चारकर्मी मोहन बस्नेतले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाउनुभएको छ । शिविरबाट चार सय जनाले सेवा लिएका छन् ।
मेलम्ची स्वास्थ्य शिविरमा एक हजार तीन सय लाभान्वित
मेलम्चीमा शनिबार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभान्वित भएका छन् ।
सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण
सरकारले सङ्घीय व्यवस्था प्रभावकारी बनाउने गरी तीनै तहको सरकारसँगको समन्वय र सहकार्यलाई तीव्र पार्दै आएको छ । सङ्घीयता कार्यान्वयनमा आएदेखि प्रधानमन्त्रीको अध्यक्षतामा बस्नुपर्ने अन्तरप्रदेश परिषद्को बैठक गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेर सरकारले सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउने गरी प्रक्रिया अगाडि बढाएको छ ।