महसुल नतिर्ने पाँच सय १६ ग्राहकको लाइन काटियो
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काट्नुका साथै ७५ लाख ४१ हजार एक सय २६ रुपियाँ असुल गरेको छ ।
प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुङ्ग्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन निर्देशन दिनुभएको छ। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो।
सरकारको निर्देशनलाई आयोजना प्रमुखहरूले टेरेनन्
सबै ठेक्कामा म्याद थप्ने सरकारको निर्णय गरेको छ । तत्काल म्याद थप गरी आयोजना कार्यान्वयन गर्न प्रमुखहरूलाई सरकारले निर्देशन दिए पनि अटेर गरेर अझै पनि म्याद थप गरेका छैनन् ।
नेपाल संवत् उल्लेख गर्न परिपत्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका कागजातमा नेपाल संवत् उल्लेख गर्न आग्रह गरेको छ ।
सुध्रियो गुणस्तर, रोकिएन दुर्घटना
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार यस अवधिमा दुर्घटनाकै कारण तीन हजार ७६ जना घाइते भएका छन् ।
लोप हुँदै दरबारमा खाइने लेउ
लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला ।
७६ वर्षीय वृद्ध बेपत्ता
मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकै दिन ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता हुनुभएको छ । उहाँहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन हुनुभएको हो ।
विपद् जोखिम न्यूनीकरण गर्न समुदाय स्तरमै सचेतना आवश्यक : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विगतमा भएका प्राकृतिक विपत्तिबाट शिक्षा लिन नसक्दा अहिले मानवीय र भौतिक क्षति व्यहोर्नु परेको बताउनुभयो ।
तीन महिनापछि भेटिए चेतन
अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक युवक हराएको झण्डै तीन महिनापछि फेला परेका छन् ।
पहाडी क्षेत्रमा रनपुतला पर्व विसर्जन गरिँदै
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुस १५ गतेदेखि सुरु भएको रनतपुतला पर्व विसर्जन गरिँदैछ । सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा कतिपय स्थानमा माघ १ गते माघे संक्रान्तीको अवसरमा विसर्जन भइसकेको छ । कतिपय स्थानमा माघ ३ गते उत्तरायणी पर्वका दिन विसर्जन गर्ने चलन छ ।
कचनकवलमा हात्ती आतङ्क, २२ घर भत्काए
झापाका विभिन्न पालिकामा केही महिना अघिदेखि हात्तीले उपद्रो मच्चाउँदै आएका छन् । यसैक्रममा कचनकवलमा फेरि जंगली हात्तीको समूहले दूई घर भत्काएको छ ।
सशस्त्र प्रहरीद्वारा आँधीखोलामा उद्धारको पूर्वाभ्यास
मनसुनजन्य विपत्तिबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप वालिङमा सुरक्षाकर्मीहरुले उद्धारको पूर्वाभ्यास गरेका छन् ।
सुर्खेतको थारू बस्तीमा माघी पर्वको रौनक (फोटो फिचर)
विशेषगरी पहाडमा जनजाति समुदाय र तराईमा थारु समुदायको ठूलो पर्वका रुपमा मनाइने पर्व हो माघे संक्रान्ति । तराईका थारु समुदायले समुदायले माघीलाई नयाँ वर्षमा रुपमा मनाउने गर्दछन् ।
लोकदोहोरीको मौलिकता जोगाउन प्रतियोगिता
लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवर्द्धन गर्न बेनीमा जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको छ ।
होमस्टे (घरबास) बनाउदै खजुरा गाउँपालिका
बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा होमस्टे (घरबास) सहित पर्यटकीय स्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा ८ स्थित घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो ।
स्वास्थ्य बिमामा सहभुक्तानी व्यवस्था लागु
स्वास्थ्य बिमा गराएका व्यक्तिले उपचार गराएको १० प्रतिशत रकम आफैँले तिर्नुपर्ने व्यवस्था लागु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक प्राडा दामोदर बसौलाले स्वास्थ्य बिमा गरेका नागरिकले १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने सहभुक्तानी प्रणाली माघ १ गतेदेखि लागु भएको बताउनुभयो ।
अस्थायी आवास निर्माणमा ढिलाइ
भूकम्पका कारण घरबारविहीन भएकामध्ये अझै पनि अधिकांशले अस्थायी घरको ओत पाउन सकेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अधिकांश घरबारविहीन भूकम्पपीडित त्रिपालकै सहारामा बस्न बाध्य छन् ।
२० हजार बढी सवारी साधन कारबाहीमा
कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ ।
ज्येष्ठ नागरिकलाई खिचडी र न्यानो कपडा
बाँकेको नेपालगन्जमा रहेका आश्रमका ज्येष्ठ नागरिक तथा बालबालिकालाई माघी (माघे संक्रान्ति) को अवसरमा खिचडी खुवाइनुका साथै न्यानो कपडा वितरण गरिएको छ ।
श्रीमानको शव फेला, श्रीमती अचेत
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३, पकरियामा शङ्कास्पद अवस्थामा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ । मृतक पुरुषको श्रीमती अचेत अवस्थामा फेला पर्नुभएको छ ।
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।
गोदावरी धाममा माघी स्नान गर्नेको घुइँचो
मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरीधाममा माघी स्नान गर्नेहरूको घुइँचो लागेको छ ।
बर्दियाको ठाकुरबाबा मन्दिरमा भक्तजनको घुइँचो
थारु जातिको महान् पर्व माघीको सुरुवातसँगै ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ धार्मिक तीर्थस्थल ठाकुरबाबा मन्दिरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघ १ गते पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।
आफूखुसी भाडा असुल्दै विद्युतीय गाडी व्यवसायी
अहिले नेपालमा विद्युतीय सवारीको आयात बढ्दो छ । सडकमा विद्युतीय गाडीको सवारी बाक्लो नै देखिन्छ । तर सार्वजनिक रूपमा सञ्चालनमा आएको विद्युतीय सवारी साधनले आफूखुसी भाडा असुल्ने गरेको पाइएको छ ।