सहकारीमा ठगी गर्ने ३ विरुद्ध डिफ्युजन नोटिस जारी
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगका मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीवी) राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ ।
नरिवल आयातमा वृद्धि, ६ महिनामा ११ करोडको आयात
पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी वृद्धि भएको हो ।
स्मृति दिवसमा सहिद दुर्गानन्दको स्मरण
नेपालमा गणतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्नुभएका सहिद दुर्गानन्द झाको ६० औँ स्मृति दिवसमा सोमबार उहाँलाई स्मरण गरिएको छ ।
भिजिट भिसा प्रकरण : अनुसन्धान प्रतिवेदन बुझाइयो
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको पाइएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १७ गतेदेखि विशेष अनुसन्धान अघि बढाएको थियो ।
ग्राभेल हुँदा चले कालोपत्रेपछि बन्द
सबै मौसममा नियमित उडान होस् भनेर विमानस्थलको स्तरोन्नति गरिन्छ । तर ग्राभेल हुँदा सञ्चालन हुने गरेका विमानस्थल धावन मार्ग स्तरोन्नति गरी कालोपत्रे बनाएपछि चाहिँ सञ्चालन भएका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कालोपत्रे भएर सञ्चालनमा आउन नसकेका विमानस्थल नौ वटा छन् । ती नौ विमानस्थलमा बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली हुन् ।
सुस्तावासी नागरिकताबाट वञ्चित
नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका अधिकांश सुस्तावासी नेपाली नागरिकताबाट वञ्चित छन् । सुस्तामा हाल २६५ घरधुरीका तीन हजार १३३ जनसङ्ख्या रहेकामा झन्डै एक तिहाइले मात्र नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीका अनुसार सुस्ताका एक हजार ८३ जनाले मात्र नेपाली नागरिकता पाएका छन् । सुस्ता–५ का वडाध्यक्ष प्रभुनाथ यादवका अनुसार उमेर पुगिसकेका एक हजारभन्दा बढीलाई तत्काल नागरिकता दिनुपर्ने देखिएको छ ।
कांग्रेसका केन्द्रीय नेतृत्व जिल्ला-जिल्लामा
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत केन्द्रीय नेतृत्व जिल्ला–जिल्लामा पुगेको छ।
पूर्वी नवलपरासीमा ४० कुष्ठरोगी फेला
नेपाल कुष्ठरोगमुक्त मुलुक घोषणा भइसके पनि बेला–बेलामा कुष्ठरोग सङ्क्रमित व्यक्तिहरू देखा परेको देखिएको छ ।
कल्याणकारी कोषलाई प्रतिफल प्राप्त हुने काममा खर्च गर्नुहोस् : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिनुभएको छ।
कर्मचारीअभावमा काम गर्न कठिन
नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्मचारी अभावमा सञ्चालन भइरहेको छ ।
करेन्ट लागेर एकको मृत्यु
पुतलीबजार नगरपालिका –८ काहुलेमा करेन्ट लागेर आइतबार एक महिलाको मृत्यु भएको छ ।
मार्क्सवाद र उत्तर आधुनिकतावाद कृति लोकार्पित
पत्रकार तथा लेखक टीकाबहादुर बस्नेतको मार्क्सवाद र उत्तर आधुनिकतावाद पुस्तकको एक समारोहबिच लोकार्पण गरिएको छ । शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछाने र बाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गर्नुभयो ।
प्रेस सेन्टर नेपालको स्थापना दिवस पर्सामा सुरु
प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेश प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ ।
एपीएफका प्रिन्स दाहाललाई प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी
सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् ।
कर्मचारीद्वारा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
नयाँ संरचनाले फेरियो विद्यालयको स्वरुप, विद्यार्थीका आकर्षण बढ्दै
पछिल्लो समय गाउँगाउँमा रहेका सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्दै गएका छन् । विद्यार्थीको आकर्षण बढाउन आधुनिक शिक्षा प्रणालीसँगै विद्यालयको संरचना आकर्षक बनाउन सामुदायिक विद्यालयले ध्यान दिँदै आएका हुन् ।
‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’
नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्रालयले गराएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा उल्लेख छ ।
काउलीमा फक्रियो रङ्गीन सपना
कोपी अर्थात् काउली भन्नेबित्तिकै हरिया ठुला पातका बिचमा सेतो ठुलो र खँदिलो फूल फुल्ने तरकारीको चित्र आउँछ । सेतोबाहेक रातो, पहेँला रङका काउली पनि हुन्छन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । भोजपुरका एक युवकले सुनौलो, बैजनी र खैरोलगायतका रङका काउली उत्पादन गरेर धेरैलाई अचम्ममा पार्नुभएको छ ।
असहायका लागि भवन निर्माण हुँदै
कैलालीमा रहेका असहाय, मानसिक रोगीका लागि भवन निर्माण हुने भएको छ । सडकमा अलपत्र परेका, मानसिक रोगी, असहायहरुलाई साहरा दिंदैआएको साहरा घर नामक संस्थाले सो भवन निर्माण गर्न लागेको हो ।
टीकापुर बजारमा थुप्रियो फोहोर
टीकापुर बजारको फोहोर नउठेपछि थुप्रिन थालेको छ । नगरपालिकाले फोहोर उठाउन छोडेपछि फोहोर राख्ने भाँडाहरु भरिएका छन् ।
दोस्रो संस्करणको मेयर लिग माघ १६ गतेबाट
‘खेलकुद हाम्रो सान खेलाडि उत्पादन गर्ने हाम्रो अभियान’ नारासहित वराहक्षेत्र नगरपालिकामा माघ १६ गतेबाट दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग सुरु हुनेभएको छ ।
दारको ‘ठेकी’ संरक्षण गरिंदै
मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि दारको ठेकी संरक्षण थालिएको छ । दारको ठेकीका लागि प्रसिद्ध मकवानपुरमा ठेकी संरक्षण गर्न तालिम सुरु गरिएको हो ।
काठमाडौँमा यस वर्षकै न्यून तापक्रम
हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
धरानका चारधाम
धरानस्थित विजयपुर नेपालको ऐतिहासिक तथा धार्मिक स्थल हो । धार्मिक ग्रन्थमा विजयपुरको पुरानो नाम ‘वेदीपुर’ उल्लेख भएको पाइन्छ । विजयपुर सुन्दर र प्रकृतिले धनी छ । विजयपुर नेपालको चारधामको नामले चिनिन्छ; जहा“ एकै स्थलमा पैदल यात्रा गरेर दर्शन गर्न सकिन्छ । चार शक्तिपीठ पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा र पञ्चकन्या हुन् । विजयपुरको दक्षिण भेगमा पिण्डेश्वर महादेवको मन्दिर, बिच भागमा दन्तकाली मन्दिर र उत्तर पूर्वतर्फ बुढासुब्बा मन्दिर र उत्तर पश्चिमतर्फ अलिक उच्च स्थानमा पञ्चकन्या मन्दिर रहेको छ । पञ्चकन्या मन्दिरको उत्तरपूर्वी भागको उच्च स्थानमा विजयपुरे अन्तिम राजा बुद्धिकर्ण सेन अर्थात् भताभुङ्ग दरबारको अवशेष देख्न सकिन्छ । उक्त सानो स्थान तारले घेरिएको छ, भित्र केही इँटा तथा ढुङ्गा देखिन्छ