नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । फुङ्लिङ नगरपालिका कार्यालयसँगै रहनेगरी नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर ताप्लेजुङ शाखा स्थापना गरिएको हो ।
मिडिया र स्थानीय तहलाई सहकार्य गर्न सुझाव
बाँकेका जनप्रतिनिधिले सञ्चार माध्यमसँग सहकार्य गरी अघि बढ्दा विकास निर्माणलगायतका गतिविधि प्रभावकारी हुनेगरेको बताउनुभएको छ ।
कार्यतालिकामा चलाउने तयारी
सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन प्रारम्भ हुन लागेको हो । हिउँदे अधिवेशनमा यस पटक विधायिकी कार्यसँगै बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने छ । पहिलो पटक कार्यतालिकामा आधारित भएर अधिवेशन चलाउने तयारी संसद्ले गरेको छ । संसद् सचिवालयले अधिवेशनको सबै तयारी पूरा भइसकेको जनाएको छ । अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची दुवै सदनले तय गरिसकेका छन् । कार्यव्यवस्था परामर्शको सुझावका आधारमा तयार सम्भावित कार्यसूची अन्तिम भने भइसकेको छैन ।
संसदमा गहकिलो बन्न निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत कुराको आलोचना र विरोध गर्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । पार्टी संसदीय दलको बैठक समापन गर्नुहुँदै उहाँले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो । उहाँले सदनमा सांसदले बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसद्को रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था रहेकाले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने उल्लेख गर्नुभयो ।
स्वकीय सचिव र सल्लाहकार नियुक्ति गैरकानुनी
स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिका प्रमुखले आफूखुसी त्यस्ता पदाधिकारी नियुक्त गर्दै आएका छन् ।
स्वास्थ्य चौकी भवनको उद्घाटन
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, स्थित दग्नाममा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।
भिरकोटवासीको घर–घरमा खानेपानी
लामो समयसम्म खानेपानीको समस्याबाट पीडित भिरकोट नगरपालिका –१ र २ का स्थानीयको अहिले घर–घरमा खानेपानी पुगेको छ ।
फरार अभियुक्त पक्राउ
सप्तरीमा फरार प्रतिवादी एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका –५ खोजपुरका ५० वर्षीय शुभनारायण ठाकुर रहेका छन् ।
नेपालमा ११ प्रतिशतको मृत्युको कारण क्यान्सर
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मानिसको मृत्यु क्यान्सरले हुने गरेको एक अध्ययनले देखाएको छ ।
देशभर हल्का वर्षा, सोमबार साँझदेखि मौसम सफा हुँदै जाने
अहिले देशका अधिकांश स्थानको मौसम बदली रही केही स्थानमा सामान्य वर्षा भएको छ ।
थारु लोकनृत्य प्रतियोगितामा धरान आदर्श प्रथम
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान स्पोर्टस् मिट २०८० सम्पन्न गरेको छ । साप्ताहिक कार्यक्रम समापनको अवसर पारी हिसान सुनसरीले जिल्लास्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।
कथा सङ्ग्रह ‘मृत्युफूल’ लोकार्पण
नेपालगञ्जका अग्रज पत्रकार तथा साहित्यकार गणेशबहादुर जिसीको कथा सङ्ग्रह मृत्युफूलको विमोचन गरिएको छ । कथा, कविता र नाटक विधामा रुची राख्ने साहित्यकार जिसीको यो सातौं कृति हो ।
गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न गोठमै उपचार
गुल्मीमा गाई–भैसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न कृषकको गोठमै उपचार सेवा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले २३ वटा गाई र ३१ वटा भैसी गरी कुल ५४ गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न किसानको गोठमै गएर सेवा प्रदान गरेको छ ।
माओवादीको विधान अधिवेशन, हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पहिलो पटक गर्न लागेको विधान अधिवेशनमा एक हजार तीन सय प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँको प्रज्ञा भवनमा आयोजना हुने अधिवेशनमा देशैभरबाट आएका प्रतिनिधिमार्फत बहस र छलफल गरेर विधान बनाइने छ ।
धेरै चराको बास खोसिने चिन्ता
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बन्ने नागमती बाँध पक्षी संरक्षण प्रतिकूल हुने देखिएको छ । काठमाडौँ उपत्यकामा मानव बस्ती र सहरीकरण बढ्दै जाँदा सो निकुञ्जसँगै उपत्यकाका पहाडी भेगमा बाँकी रहेका वनमा चराको बास खुम्चिएको छ । तर सोही स्थानमा चराको बासस्थान खोसिने गरी नागमती बाँध बन्न प्रस्ताव गरिएको छ । प्रस्तावित बाँध क्षेत्रमा धेरै रुखबिरुवा काट्नुपर्ने व्यवस्थाले यस्तो अवस्था सिर्जना गर्न लागेको हो । काट्नुपर्ने रुखको गणना पनि वन नियमावली प्रतिकूल रहेको पाइएको छ ।
बाली बचाउन रातभरि बारीमै बास
माघको मध्य महिना । रातिको १० बजिसकेको छ । हुस्सु कति बाक्लो लागेको छ भने १० मिटर अगाडिको वस्तु देख्न पनि हम्मेहम्मे छ । शीत झरिरहेको छ । चिसो र शीतलहरले मुढामा सल्काएको आगो पनि निभ्न लागिसकेको छ । हात कठ्याङ्ग्रिएका छन् । तर पनि आठ र १० वर्षका दुई नाति, नातिनी र बुहारीसँगै बारीमा न्यानो महसुस गरिरहनुभएको छ ५८ वर्षीया कुस्मादेवी यादव । पछाडिपट्टि बालबच्चालाई सुत्नका लागि सानो मडै बनाइएको छ । तर जाडोले उनीहरू सुत्न नसकेर आगोको वरिपरि झुम्मिइरहेका छन् ।
कर्मचारीका लागि ल्याइँदै नयाँ मापदण्ड
सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड ल्याउन लागिएको हो। यसको तयारी कार्य अन्तिम चरणमा पुगेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्वीकृत गर्नुभएपछि केही दिनभित्रमै उक्त मापदण्ड कार्यान्वयनमा ल्याइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
स्काभेटरको ठक्करले वृद्धको मृत्यु
स्काभेटरको ठक्करबाट ओखलढुङ्गामा एक वृद्धको ज्यान गएको छ । अपरान्ह स्काभेटरको ठक्करबाट जिल्लाको चिशङ्खुगढी गाउँपालिका –६, भदौरे मुगाछापका ६६ बर्षीय एकबहादुर थापा मगरको ज्यान गएको हो ।
चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा रक्षाकोे क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका शहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ सो चलचित्रको च्यारिटी सो देखाइएको हो ।
गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्पोर्ट मिटको अवसर पारेर गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवसहित तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
पर्यटन प्रवर्धन गर्न पदयात्रा
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जिल्लाका प्रमुखसहित शनिबार लालबन्दी नगरपालिका अन्तर्गत पर्ने नारायण डाँडादेखि कालिन्जोर खोलासम्म पदयात्रा (हाइकिङ्ग) गरिएको छ ।
‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशित
अर्जुन चौपारी गाउँपालिका–४ का लेखक सागर चापागाईँको ‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशन भएको छ ।
भूमिहीनलाई जग्गा उपलब्ध गराउन नाँपजाँच
गुल्मीमा भूमिहीनका लागि जग्गा उपलब्ध गराउन नाँपजाँच कार्य सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग गुल्मीमा आवेदन दिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाँपजाँच कार्य सुरु गरिएको जिल्ला अध्यक्ष राम मल्ल ठकुरीले जानकारी दिनुभयो ।
नेपाल कल्चर फेस्टिवल गर्ने तयारी
देशभरिको कला र संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यसाथ आगामी फागुन २४ र २५ गते यहाँ ‘नेपाल कल्चर फेस्टिवल’ आयोजना गरिनेभएको छ ।