एक लाख बढी बाख्रालाई खोप
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले राष्ट्रिय खोप अभियान थालेको छ । सो अभियान अन्तर्गत एक लाख बढी बाख्रालाई खोप लगाइएको छ ।
जनकवि श्रेष्ठ र राजभाइलाई सम्मान
नेपा: पासा पुचः अमेरिकाले काठमाडौँमा नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ र लोककवि राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पदले सम्मानित गरेको छ ।
महिलालाई नौमती बाजा बजाउने तालिम
शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम सुरु गरेको छ ।
‘टुर दि ठाकुरद्वारा’मा भारत–चीनका साइकलयात्रीको सहभागिता
माघ २६ र २७ गते हुने ‘टुर दि ठाकुरद्वारा’ मा भारत र चीनका साइकलयात्रीको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा दुईसय बढी साइकलयात्री सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लब टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिनुभयो ।
सुरक्षा निकायमा जागिर छाड्नेको लर्को
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत गरेको जानकारी दियो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित
सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरेको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन अनुसार प्रतिनिधि सभाले बुधबार विधेयक पारित गरेको हो । गत असोज २४ गते नै समितिले प्रतिवेदन पारित गरे पनि अघिल्लो अधिवेशनमा पारित हुन सकेको थिएन । चालु अधिवेशनमा प्रतिनिधि सभाले पारित गरेको यो पहिलो विधेयक हो ।
अप्टिकल फाइबरको अड्चन फुक्यो
युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको छ । देशैभर तीव्र गतिको इन्टरनेट पुर्याउने उद्देश्यसाथ करिब दस अर्ब लगानीमा मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सबै जिल्लाका सदरमुकामसम्म फाइबर सञ्जाल विस्तार गर्ने सरकारको योजना छ । तर सो काम लुम्बिनी र गण्डकी प्रदेशमा सुरु हुनै सकेको छैन । ती दुई प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का पाएको युटिएलका कारण यो परियोजना अलपत्र परेको हो ।
शान्ति सेनामा नेपाल पहिलो
संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो । शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको छ । बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा योगदान पुर्याउने मुलुकमा नेपाल पहिलो बनेको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकका २२ वटा मिसनमा ७६ हजार ४७९ जना शान्ति सेना खटाइएका छन् । जसमा ७० हजार एक सय पुरुष र छ हजार ३७९ जना महिला सैनिक छन् । नेपाल सरकारले शान्ति सेनामा हाल १० हजार पुर्याउने लक्ष्य राखेको छ ।
घोषणामा पूर्ण साक्षर माझी बालबालिका निरक्षर
स्याङ्जाको गल्याङ नगरपालिका–९, कालीगण्डकी नजिकै रहेको माझी बस्तीका बालबालिका विद्यालय जाँदैनन् । विद्यालय जान उनीहरूलाई अभिभावकले प्रेरित पनि गर्दैनन् । यसको एउटै कारण हो घर नजिकै विद्यालय नहुनु । छिमेकी गाउँका बालबालिका विद्यालय गइरहँदा यो गाउँका बालबालिकाका हरेक दिन मनोरञ्जन र खेलमा रमाएर बित्ने गरेको छ । विद्यालयको मुख देख्न नपाउनुमा गाउँमा विद्यालय नहुनु हो । उनीहरूलाई पढ्नका लागि कालीगण्डकी नदी तरेर अर्को प्रदेशमा जानुपर्ने बाध्यता छ । यही बाध्यताका कारण अभिभावक आफ्ना बालबालिकालाई पढ्न पठाउँदैनन् ।
सम्बन्ध बिच्छेदका घटना बढ्दै
स्याङ्जा जिल्ला अदालत स्याङ्जामा सम्बन्ध बिच्छेद गर्ने संख्या बिकराल बन्दैगएको छ । यहाँ गत आबमा लगत सरेका तीनसहित पछिल्लो छ महिनामा २२२ जनाले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका छन् ।
पुनर्स्थापित हुँदै हात्तीपाइले र कुष्ठ रोगी
रोगीलाई लक्षित गरी हेरचार समूह निर्माण गरिएपछि कपिलवस्तुका कुष्ठ रोगी र हात्तीपाइले भएकाहरू लाभान्वित भएका छन् । समुदायमा रोग सर्न नदिन स्वास्थ्य कार्यालय कपिलवस्तुले रोगीलाई लक्षित गरी समूह निर्माण गरेको हो ।
बालसुधार गृहका बालबन्दीलाई कम्बल वितरण
गत एक महिनादेखि अत्यधिक बढेको चिसोका कारण बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा रहेका बालबिज्याइकर्ता (बालबन्दी) हरुलाई समस्या परेपछि ५० थान कम्बल वितरण गरिएको छ ।
प्रणय दिवसमा साढे तीन लाख गुलाफको माग
फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ ।
दर्शकको रोजाइमा मौलिक उत्पादन
मेला महोत्सव कसैको रमाइलो गर्ने थलो बन्छ भने कसैलाई राम्रो व्यापार गर्ने अवसर पनि बन्छ । अर्कोतर्फ स्थानीय मौलिक उत्पादनको बारेमा जानकारी दिने र बजारीकरण गर्ने गतिलो अवसर पनि बन्नेगरेको छ ।
न्यू दर्पण क्लबलाई डाँफे कपको उपाधि
बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँस्थित न्यू दर्पण युवा स्पोर्टस् क्लबले पहिलो पटक डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
अन्तरिम आदेश खारेज गर्न निवेदन दर्ता
संसद् विकास कोष भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ कार्यान्वयन नगर्न जारी अन्तरिम आदेश खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको छ । एकपक्षीय रूपमा सुनुवाइ गरी जारी अन्तरिम आदेश खारेजीको माग गर्दै सचिवालयले निवेदन दर्ता गरेको हो । अन्तरिम आदेश जारी भएको पाँच महिनापछि खारेजीको माग गरेर निवेदन दर्ता भएको हो । निवेदनमाथिको सुनुवाइ बुधबार संवैधानिक इजलासमा हुने छ । सङ्घीय संसद्को कानुनी परामर्श महाशाखाका प्रमुख लक्ष्मीप्रसाद गौतमले निवेदन दर्ता भएको जानकारी दिनुभयो । संसद्ले छुट्याएको बजेट अदालतको विषय नहुने भएकाले सर्वपक्षीय परामर्शपछि निवेदन दर्ता गरिएको गौतमले बताउनुभयो ।
धरहरा निर्माण कछुवा गतिमा
काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । २०७५ पुसदेखि निर्माण कार्य सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । यसबिचमा छैटौँ पटक थप गरिएको म्याद पनि यही माघ ४ गते नै सकिइसकेको छ । अब सातौँ पटक म्याद थप्न प्रक्रिया अगाडि बढाइएको छ । अब कति समय दिने भन्ने छलफलकै क्रममा रहेको जानकारी दिइएको छ ।
माटो बचाउँदै गोबरको दाना मल
रासायनिक मलको अधिक प्रयोगले माटोमा अम्लीयपना बढाउँदै उर्वराशक्तिमा ह्रास हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग हुने गाईभैँसीको गोबर, बाख्राको जुतो, कुखुरा र हाँसको सुलीको प्राङ्गारिक मलले माटोको उर्वराशक्तिलाई बचाउने भए पनि त्यसको प्रयोग कम हुँदै गएको छ । गोबर र सोत्तरको मलको प्रत्यक्ष प्रयोगमा फोहोरको अनुभूति हुने भएकाले किसानले त्यस्तो मलको प्रयोग कम गर्न थालेका छन् तर अब यो समस्या निराकरण हुने छ, किनकि गोबर, जुतो, सुली आदिको प्रयोग गरेर प्राङ्गारिक मलको उत्पादन सुरु भएको छ ।
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।
श्रीलङ्का आर्थिक सङ्कटको पाठ
विश्वका विभिन्न देशमा समय समयमा आर्थिक एवं वित्तीय सङ्कट आउने गरेका छन् । वित्तीय र आर्थिक सङ्कट आएका देशको सूचीमा श्रीलङ्का पनि सन् २०२२ मा पर्न गएको छ । श्रीलङ्कामा सुरुमा सन् २०२१ मा नै आर्थिक समस्या सुरु भएको थियो तर समस्या समाधान समयमा नै नहुँदा २०२२ को अप्रिलमा आइपुग्दा आर्थिक सङ्कट बढेर राजनीतिक सङ्कटसमेतमा परिणत भएर जनविद्रोह हुन पुग्यो । जसले गर्दा दुई वर्षअगाडि प्रचण्ड बहुमत ल्याएर निर्वाचित सरकार परिवर्तनसमेत हुन गयो भने तात्कालिक राष्ट्रपतिले देश छोड्नुपर्ने स्थिति आयो ।
अध्यक्ष–उपाध्यक्ष रिक्त भए १५ दिनमा निर्वाचन
सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडलले अधिवेशन आह्वान गर्नुभएको पत्रबारे दुवै सदनमा जानकारी दिँदै औपचारिक रूपमा अधिवेशनको सुरुवात गरिएको हो । कात्तिक तेस्रो साता अन्त्य भएको अधिवेशन ठिक तीन महिनामा सुरु भएको हो । सोमबार दुवै सदन प्रक्रियाको नियमित प्रारम्भभन्दा अन्य कार्यसूचीमा प्रवेश गरेनन् । माथिल्लो सदनमा भने सभाको कार्यसञ्चालन नियमावली संशोधनको मस्यौदा पेस भएको छ । दुवै सदनमा अधिवेशन आह्वानको पत्रबारे जानकारी गराइएको छ । यस्तै राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्राप्त मन्त्रीहरूको कार्यभार तोकिएको पत्रबारे जानकारी गराइएको थियो । यस्तै प्रतिनिधि सभामा अध्यक्ष मण्डलको चयन गरिएको छ ।
छुट्टै पोसाकमा गर्भवती प्रहरी
प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती हुनुहुन्छ । केही अघिसम्म प्रहरी पोसाकबिनै उहाँ कार्यालय जानुहुन्थ्यो । अहिले भने उहाँ बेग्लै पोसाकमा कार्यालय जानुहुन्छ । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उहाँ जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन् ।
सडक सुरक्षामा कानुनकै अभाव
सडक सुधार तथा यातायात क्षेत्रको रूपान्तरण गरी यात्रुको जिउधनको सुरक्षार्थ सुझाव दिन बनेका अधिकांश उच्चस्तरीय प्रतिवेदनमा कानुनकै अभाव देखाउने गरिएको छ । पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित पछिल्लो कार्यदलले बुझाएको प्रतिवेदनमा पनि कानुनी अड्चनकै कारण सडक सुरक्षा र यातायात क्षेत्र व्यवस्थित हुन नसकेको निष्कर्ष निकालिएको छ । पौडेलको संयोजकत्वको कार्यदलका सदस्य एवं सडक सुरक्षाविद् डा. पदमबहादुर शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बुझाएको प्रतिवेदन कार्यान्वयनमै कानुनी समस्या रहेको बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि प्रस्ट नहुँदा सरोकारवाला निकाय पनि जिम्मेवार नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले कानुन निर्माण गर्ने तयारी गरिरहेको छ । नयाँ ऐनमा प्रतिवेदनमा समावेश गरिएका विषय आउँछन् भन्ने हो । कानुन निर्माण नगरी काम नहुने देखिन्छ । ऐन छैन भने पनि हुन्छ । त्यसै कारण प्रतिवेदन थन्किएका हुन् ।”
स्थापना दिवसमा पत्रकारलाई उपचार सहयोग
प्रेस चौतारी कपिलवस्तुले २६ औँ स्थापना दिवसमा तीन जना पत्रकारलाई उपचार राहत सहयोग प्रदान गरेको छ ।