सगरमाथामा मलमूत्र छाड्न नपाइने
सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।
अबरुद्ध हवाइ सेवा सुचारु
दुई दिनदेखि अबरुद्ध हुँदैआएको हुम्ला जिल्लाको हवाइ सेवा सुचारु भएको छ । शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाइसेवा सुचारु भएको हो ।
दमारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित चानुवा माविको खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड सुरुभएको छ । यहाँ जिल्ला स्तरीय चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।
शाखाप्रमुख हाङ्सारुम्बाको निधन
पाँचथरको फिदिम नगरपालिका जिन्सी शाखाका प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ । फिदिम वडा ४ निवासी हाङ्सारुम्बाको ५५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
दुई पत्रकार प्रहरी नियन्त्रणमा
कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो ।
कृषि तथा पर्यटन प्रवर्द्धनका लागि महोत्सव हुँदै
पाल्पाको तानसेन नगरपालिकाले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि फागुन १८ गतेदेखि २८ गतेसम्म कृषि तथा पर्यटन महोत्सव २०८० आयोजना गर्ने भएको छ ।
नेपाल र स्विट्जरल्याण्डबिच हवाई सम्झौता
नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबिच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबिच हवाई सेवा सम्झौता भएको हो ।
सोनाम ल्होछारमा आफ्नो संस्कृति झल्काउँदै
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक महोत्सव जारी गरेको छ ।
विमानस्थल सुरक्षाको जिम्मेवारी पोखरेललाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।
सङ्घीय शिक्षा ऐन छिट्टै आउँछ : मन्त्री राई
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले मुलुकका विभिन्न सात स्थानमा सरकारी लगानीमा मेडिकल कलेज स्थापना गर्न मन्त्रालयले द्रुत गतिमा काम गरिरहेको बताउनुभएको छ ।
व्यापारिक प्रतिष्ठान ६८ प्रतिशत मात्रै दर्ता
मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भएको तथ्य देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल वितरण व्यापार सर्वेक्षण, २०७८ अनुसार मुलुकभर सञ्चालन भएका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता नभई सञ्चालन हुने गरेको पाइएको छ । सर्वेक्षण अनुसार मुलुकभर थोक तथा खुद्रा व्यापार गर्ने चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान रहेका छन् ।
उपभोग्य वस्तुको भाउ बिस प्रतिशतले बढ्यो
पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव घरेलु श्रमिकका रूपमा काम गर्ने सन्जुमाया गुरुङले सुनाउनुभयो । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ८० रुपियाँ पुगेको छ, खाने कुरा तरकारी सबै यसै गरी बढेको छ । सन्जुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।
जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ
धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुग्नुभयो । माङ्दाङ्वा गाउँका बिचमा उहाँको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्को ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गर्नुभएको छ ।
शास्त्रीय संगीतलाई पुस्तान्तरण गर्न आवश्यक
जनकपुरधाममा पहिलो पटक औपचारिक रुपमा एकल गायन शास्त्रीय संगीतको आयोजना भएको छ । मधेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा औपचारिक रुपमा शुक्रबार जनकपुरधामस्थित महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा शास्त्रीय संगीत एवं सुगम संगीत विधाका लोकप्रिय गायक गुरुदेव कामतले एकल गायन प्रस्तुत गर्नुभएको हो ।
सेवाग्राहीलाई आयोडिनयुक्त नुन वितरण
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य शाखाले स्थानीय सेवाग्राहीलाई आयेडिनयुक्त नुन निःशुल्क वितरण गरेको छ । आयोडिनयुक्त नुनको सही रुपमा प्रयोग गर्न र यसका फाइदाबारे जानकारी गराउँदै सहभागीलाई एक– एक पोका नुन प्रदान गरिएको हो ।
‘सञ्चार माध्यमका चुनौती सम्बोधन गर्न लाग्नुपर्छ’
सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने सरोकारवालाहरूले बताउनुभएको छ ।
प्रतिवादी आठ वर्षपछि पक्राउ
सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जनाएको छ ।
आँखा उपचार केन्द्र दोभानको भवन निर्माण
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ ।
अस्पताल भवन निर्माण अन्तिम चरणमा
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो । यस पालिकाको वडा नम्बर ५ बैजपुरमा १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हाल फिनिसिङको कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर भरत चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
अझै सुरु भएन रोकिएको शल्यक्रिया
जिल्ला अस्पताल मुस्ताङमा गत भदौयता सामान्य खालको शल्यक्रियासमेत नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । जिल्ला अस्पतालले दक्ष चिकित्सकको समेत अभाव झेल्न बाध्य भएको छ । पर्यटकलाई हाई अल्टिच्युड (लेक लाग्ने) तथा सामान्य दुर्घटना भएमा पनि शल्यक्रियाका लागि चार जिल्ला पार गरेर पोखरा पुग्नुपर्ने बाध्यता मुस्ताङका सर्वसाधारणको छ । सङ्घीयता कार्यान्वयनसँगै मुस्ताङ अस्पताललाई २०७७ सालमा १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गरिएको छ । जिल्लामा रहेको संरचनामै प्रयोग गर्न मिल्ने गरी ल्याब, युएसजीलगायतका संरचना निर्माण गरेको भए पनि त्यसलाई प्रयोग गर्ने जनशक्ति नहुँदा उपलब्ध भएका सामग्री पनि जीर्ण बन्दै गएको जोमसोमका व्यवसायी अमृत सुवेदीको भनाइ छ ।
प्रसारण लाइनको काम तीव्र
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत सर्लाही र महोत्तरी खण्डमा धमाधम काम हुन थालेको छ । विशेष गरी यी दुई जिल्लाको जङ्गल क्षेत्रमा तार विस्तारको कामले गति लिएको हो ।
नक्कली कागजपत्र बनाएर सरकारी जग्गा हडप्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली कागजपत्र बनाएर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुन प्रकरणमा महरा र भण्डारीसँग बयान
हङकङबाट नेपाल भित्रिएको तस्करीको सुन प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । महरासँग आयोगले सिंहदरबारस्थित पुरानो गृहमन्त्रालय रहेको भवनमा झन्डै डेढ घण्टा बयान लिएको हो । २०७९ पुस १० मा चीनबाट नेपाल आयात गरिएको विद्युतीय चुरोट (इलेक्ट्रिक सिगरेट (भेप)) भित्र लुकाएर नौ केजी सुन तस्करीमार्फत नेपाल भित्रिएको थियो । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेकसुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी तस्करीको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
बाँसबारीको जग्गा फिर्ता प्रक्रिया : चाँदबागले बुझ्यो २१ दिने म्याद
तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले पत्र पठाएको छ। गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा चाँदबाग रेसिडेन्सी प्रालिलाई २१ दिने म्यादको पत्र बिहीबार बुझाइएको हो। तत्कालीन च्याम्पियन फुटवेयर प्रालि हाल चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले पत्र बुझेर भर्पाई गरिदिनुभएको छ। पत्र पठाउने आधार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान र पत्राचारलाई बनाइएको छ।