सामूहिक काममा थारु महिलाको अग्रसरता
चुल्होमा दनदनी आगो बलिरहँदा सनम (सखी) हरू भात पकाउन, भाँडा धुन व्यस्त हुनुहुन्थ्यो । उहाँहरूलाई काममा सघाउन थपिनुभयो, पानफूलाहरु । दुना–टपरी गाँस्ने, तरकारी केलाउने काममा उहाँहरू कस्सिनुभयो ।
प्रकृति संरक्षण मानव जातिको साझा चुनौती : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताउनुभएको छ ।
कांग्रेस नीतिमाथि मन्थन : सैद्धान्तिक स्पष्टता, नयाँ कार्यदिशा
नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीको नीतिमाथि गम्भीर विमर्श सुरु भएको छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरमा आयोजना हुने बैठकको तयारीमा कांग्रेसलाई नीतिगत रूपमा स्पष्ट पार्ने र राष्ट्रको समुन्नतिका लागि नवीन गन्तव्य तयार गर्न मन्थन हुने छ । महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुने छ । तीन वटै प्रतिवेदनको सार बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिएको छ ।
स्थानीय तहमा पेचिलो बन्दै सीमा विवाद
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइल चाङ लाग्न थालेका छन् । गाउँपालिका र नगरपालिकासमेतमा कुल ६२ वटा सीमा विवाद भएका छन् भने ३५ वटा स्थानीय तहको नाम र केन्द्र हेरफेर गर्न प्रस्ताव मन्त्रालयमा पुगेका छन् ।
फिर्ता ल्याइँदै प्राचीन सम्पदा
नेपालका विभिन्न स्थानबाट चोरी गरी विभिन्न मुलुकमा पुर्याइएका काष्ठजन्य कलात्मक ढोका, खापा, तोरण, टुँडाल र बौद्ध तथा हिन्दु देवीदेवताका मूर्ति फिर्ता हुने क्रम बढेको छ । पुरातत्त्व विभागमातहतको राष्ट्रिय सङ्ग्रहालयका अनुसार विभिन्न समयमा नेपालबाट चोरी भई विश्वका सात वटा देशमा पुगेका काठका कलात्मक वस्तु, प्राचीन, लिच्छवि एवं मध्यकालका ११० थान पुरातात्त्विक वस्तु नेपाल ल्याइएका छन् । तिनलाई छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएको छ ।
कांग्रेस पुरानै पाराबाट चल्न नसक्ने युवा नेताको ठहर
निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित अवसर, एउटा व्यक्ति मात्रै बारम्बार सांसद र मन्त्री किन ? पार्टीमा अब सबैलाई उत्तिकै र बराबर अवसर हुनपर्छ ।’’
हाप्किडो नेशनल च्याम्पियनसिप उपाधि लुम्बिनीलाई
नेपालगन्जमा सम्पन्न भएको पहिलो प्रोफेशसनल हाप्किडो नेशनल च्याम्पियनसीपमा लुम्बिनी प्रदेश पहिलो हुँदै उपाधि जित्न सफल भएको छ ।
ड्रागन खेतीतर्फ कृषकको बढ्दो आकर्षण
पछिल्लो समय बाजुराका अधिकांश कृषकको ड्रागन खेतीमा आकर्षण बढ्दैगएको छ । पहिला स्याउ सुन्तला अमिलो कागती ओखरलगायतका फलफुल उत्पादन गर्दैआएका यहाँका किसानलाई ढुवानीमा बाटोको समस्या भएको थियो ।
उद्योग, पर्यटन मन्त्रालयद्वारा वार्षिक प्रगति सार्वजनिक
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।
राप्ती–सोनारी ग्रामीण आँखा केन्द्र सञ्चालन
बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिका र सो वरिपरिका क्षेत्रका सर्वसाधारणको आँखा उपचारलाई सहज र सरल बनाउने उद्देश्यले राप्ती सोनारी गाउँपालिकामा ‘राप्ती सोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ ।
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ ।
ललिता निवास प्रकरणमा कोको भए दोषी, कसले पायो सफाइ
बहुचर्चित ललिता निवास जग्गा प्रकरणको निर्णय प्रक्रियामा संलग्न भएका तत्कालीन राजनीतिक नेतृत्वले विशेष अदालतबाट सफाइ पाएका छन् । मन्त्रीपरिषद्को नीतिगत निर्णय भएको भन्दै यही प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पूर्वप्रधानमन्त्रीहरूलाई सरकारी साक्षी बनाइँदा जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएका तत्कालीन तीन मन्त्रीले विशेषबाट सफाइ पाएका हुन् । मन्त्रीहरूले सफाइ पाए पनि प्रशासनिक नेतृत्व सम्हालेका दुई पूर्वसचिव उक्त प्रकरणमा दोषी ठहर भएका छन् ।
नयाँ भवनमा पत्रकारिता विभाग
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नो भवनमा सरेको छ। यसअघि प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसको भवनमा सञ्चालित विभागले बुधबार बल्खुको नयाँ भवनमा अध्यापन सुरु गरेको छ। बुधबार त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले नयाँ भवन उद्घाटन गर्नुभयो। उहाँले लामो समयको सङ्घर्षपछि विभागले आफ्नै भवन प्राप्त गरेको उल्लेख गर्दै आधुनिक भवनसँगै शैक्षिक अनुसन्धान भित्र्याउने काम विभागको जिम्मामा आइपुगेको बताउनुभयो। विभागका उपप्राध्यापक एवं भवन निर्माण समितिका संयोजक डा. देवराज अर्यालले उक्त भवन निर्माणमा २१ करोड ५५ लाख ५१ हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो।
खारेजीको प्रक्रियामा ४१ दल, १९ दललाई नाम परिवर्तन गर्न निर्देशन
निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको फागुन ३ गतेको बैठकले आयोगमा दर्ता कायम रहेका १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो । संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था गरेको छ ।
ठुला पूर्वाधारमा युरोपको लगानी आउने
नेपालमा ठुला पूर्वाधार आयोजनामा युरोपेली सङ्घ (इयू) ले सहयोग क्षेत्र विस्तार गर्ने भएको छ । सहयोग जलवायु परिवर्तनको विश्वव्यापी समस्या र त्यसबाट नेपाललाई परेको असर कम गर्न नवीकरणीय ऊर्जाको क्षेत्रका केन्द्रित हुने भएको छ । त्यसक्रममा युरोपियन इन्भेस्टमेन्ट बैङ्क (इआइबी) ले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी गृहकार्य भइरहेको नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले जानकारी दिनुभयो । नेपाल र युरोपेली सङ्घबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले लगानीबारे तथ्यगत रूपमा अहिले सबै बताउन नमिल्ने पनि उल्लेख गर्नुभयो ।
डिजेल, पेट्रोलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
सिइओ सरुवाविरुद्ध सर्वोच्चमा रिट
नेपाल पर्वतारोहण सङ्घको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई मनाङ सरुवा गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा सुरु
यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई लिएर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
समाधीस्थलमा रेलिङ र बिश्रामस्थल निर्माण
आँधीखोला गाउँपालिका–४ ध्याङसाङदीमा रहेको श्रवणकुमार समाधीस्थलमा रेलिङ र बिश्रामस्थल निर्माण गरिएको छ ।
वराहक्षेत्रमा कविहरूको जमघट हुने
सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो ।
‘ज्ञानीसँग हाम्रा नानी’ शृङ्खला सम्पन्न
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउन सञ्चालन गरेको ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको आज सयौँ शृङ्खलाको कार्यक्रम सम्पन्न भएको छ ।
बलात्कार आरोपमा नितेश पक्राउ
प्रणय दिवस तथा सरस्वती पूजाको दिन कक्षा–९ मा पढ्ने छात्रालाई लहानस्थित साथीको डेरामा ल्याएर बलात्कार गर्ने सुखीपुर नगरपालिका–२ का मनिकलाल यादवका छोरा वर्ष १८ का नितेशकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
शान्तिसुरक्षा र सुशासनका पक्षमा गुणात्मक काम गर्नुस् : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको छ ।
कपिलवस्तुमा बस दुर्घटना : मृतक १० जनाकै सनाखत
कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।