इपिएस परीक्षा पाँच सिफ्टमा
रोजगार अनुमति प्रणाली (इपिएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबार (७ गते) देखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको इपिएस शाखाले जनाएको हो ।
त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस
त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले तीन जनाको नाम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिफारिस गरेको छ । समितिले आइतबार सम्पन्न अन्तर्वार्ताबाट छानिएका तीन जनाको नाम सिफारिस गरेको हो । समितिको सचिवालयका अनुसार १४ जनासँगको अन्तर्वार्ताबाट क्रमशः प्राडा चित्रबहादुर बुढाथोकी, प्राडा केशरजङ्ग बराल र प्राडा टङ्कनाथ धमलाको नाम सिफारिस गरिएको छ ।
कांग्रेस महासमिति बैठक आजदेखि
नेपाली कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ । नीति अधिवेशनको म्यान्डेट पाएको महासमिति बैठकमा कांग्रेसको सैद्धान्तिक, वैचारिक र साङ्गठनिक कार्यदिशामाथि विमर्श हुने छ । फागुन १० गतेसम्म सञ्चालन हुने बैठकमा देशभरका दुई हजार एक सयभन्दा धेरै महासमिति सदस्यबिच समूहगत छलफल हुने छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
‘गणतन्त्रको विकल्प छैन’
मुलुकमा १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भई २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भयो । त्यसपश्चात् २०४६ को जनआन्दोलन, माओवादीले गरेको दसवर्षे सशस्त्र सङ्घर्ष हुँदै २०६२/६३ को जनआन्दोलनबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । सरकारले ७४ औँ प्रजातन्त्र दिवस विशेष रूपमा मनाउने निर्णय गरेको छ । प्रजातन्त्र स्थापना, सरकारका कामकारबाही र आगामी कार्यभारबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्मासँग गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन, समाचारदाता वीरेन्द्र ओली, भिडियो पत्रकार मनोजरत्न शाही र केशव गुरुङले गरेको वार्ताको सम्पादित अंश :
मेलम्ची आयोजनामा भ्रष्टाचार : तीन पूर्वसचिवसहित १४ विरुद्ध मुद्दा
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वसचिवसहित १४ जना तथा परामर्शदाता र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोजनामा अनुचित तवरले भुक्तानी दिएको र उक्त प्रक्रियामा संलग्न रहेको दाबीसहित आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
प्रजातन्त्रको विकल्प उन्नत प्रजातन्त्र
राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते स्थापना भएको प्रजातन्त्र मुलुकले त्यसपछि हासिल गरेको सम्पूर्ण उपलब्धिको जग हो । २०४६, २०६३ र २०६५ सालको परिवर्तनको जग र २०७२ को संविधानको आधार पनि २००७ सालको प्रजातन्त्र नै हो । त्यसैले प्रजातन्त्रलाई बलियो बनाउनु गणतन्त्र र सङ्घीयताका उपलब्धिलाई संस्थागत गर्ने आधार पनि हो ।
आगामी वर्षको बजेट सीमा १८ खर्ब
आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो ।
४ करोड ४३ लाखको आयोजना हस्तान्तरण
निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मितिभन्दा १ वर्ष ७ महिना अघि विद्यालयको २४ कोठे सुविधा सम्पन्न भवन हस्तान्तरण गर्ने निर्माण कम्पनीलाई कानेपोखरी गाउँपालिकाले सम्मान गरेको छ ।
वृद्ध महिलाको जलेर मृत्यु
जिल्लाको छत्रदेव गाउँपालिका–७ काउलेकी एक महिलाको आगोमा जलेर मृत्यु भएको छ।
बलात्कार आरोपमा वृद्ध पक्राउ
गोरखामा बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु
चलचित्र पत्रकारको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौँडामा सुरु भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा सङ्घ मकवानपुरको समन्वयमा आयोजित कार्यशालामा चलचित्र र चलचित्र पत्रकारिताको विविध आयामहरूमाथि छलफल हुने बताइएको छ ।
मकरसङ्क्रान्ति मेलामा अर्ब बराबरको कारोबार
धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकरसङ्क्रान्ति मेला आइतबार सम्पन्न भएको छ । मेलामा करिब ३० लाखले अवलोकन गरेको आयोजकले जनाएको छ ।
मादीमा चिप्ली महाशिवरात्रि मेला हुने
फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्रि मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका–६ चिप्लीको आयोजनामा हुने सो मेला क्लबको खेल मैदानमा हुने भएको हो ।
महिलाले गराए पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ का महिलाले पाठेघर क्यान्सर रोग पत्ता लगाउन आयोजना गरिएको निःशुल्क स्क्रिनीङ्गमा २३६ जना महिलाले परीक्षण गराएका छन् ।
हुमाने भन्ज्याङ–फर्पिङ सडकखण्ड निर्माण तीव्र
मकवानपुर हुँदै हेटौँडा–काठमाडौँ जोड्ने आधा दर्जन सडकमध्ये छोटो दुरीको भैँसे–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्ने कार्यले पछिल्लो समय तीव्रता पाएको छ । बागमती प्रदेश सरकारले हेटौँडा–का
चरा संरक्षणका लागि पन्छी बास बगैँचा
कोशी प्रदेशको केन्द्रबिन्दुका रूपमा रहेको इटहरीको व्यस्त बजार क्षेत्रनजिककै रहेको नेपाली सेनाको ब्यारेकमा स्थानीय रैथाने र फिरन्ते प्रजातिका चराचुरुङ्गीको संरक्षणमा जोड दिँदै पन्छी बास बगैँचा बनाइएको छ । सेनाको ब्यारेक क्षेत्रमा रहेको घना रुखबिरुवा तथा त्यहाँ
‘निर्वाचन प्रणाली फेर्ने विषयमा अध्ययन भइरहेको छ’
नेपालमा सर्वप्रथम गौरवमय आमनिर्वाचन सम्पन्न भएको दिनको स्मरण गर्दै निर्वाचन आयोगले २०७२ सालदेखि निर्वाचन दिवस मनाउँदै आएको छ । पहिलो आमनिर्वाचन सम्पन्न भएको यही फागुन ७ गते ६५ वर्ष पूरा हुँदै छ । पहिलो निर्वाचन भएको ६५ वर्ष र आठौँ निर्वाचन दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग निर्वाचनसम्बन्धी समसामयिक विषयमा गोरखापत्रका लागि पत्रकार नारद गौतम र सूर्यप्रसाद पाण्डेले गरेको संवादको सम्पादित अंश :
कांग्रेस महासमिति बैठक भोलिदेखि,नागरिक हकलाई सर्वोपरि मान्ने
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु हुँदै छ । नीति अधिवेशनको समेत कार्यादेश पाएको महासमिति बैठकमा कांग्रेसको भाबी नीति र कार्यक्रममाथि मन्थन भई पारित हुने छ । ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म आयोजना हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावसहित प्रस्तुत गर्नुहुने छ ।
बालकुमारी घटनाको निष्कर्ष कार्यान्वयन हुने
बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्ष कार्यान्वयन गरिने बताउनुभयो ।
कल्याणकारी कोषबाट २२ हजार प्रहरी लाभान्वित
नेपाल प्रहरीले सञ्चालन गरेको कल्याणकारी कोषबाट २२ हजार ८३३ प्रहरी र आश्रित परिवार लाभान्वित भएका छन् । कोषमा सङ्कलन भएको रकमबाट प्रहरीले बहालवाला र सेवानिवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर सहिद प्रहरी परिवारका सदस्यलाई विभिन्न प्रकारका सुविधा दिने गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले कोषको रकम पारदर्शी रूपमा विभिन्न प्रकारका सुविधासहित पूर्वाधार विकास र विस्तारमा उपयोग गरिएको जानकारी दिनुभयो ।
कर्मचारी कानुन निर्माणमा सकस
सङ्घीय निजामती सेवा विधेयक मन्त्रीपरिषद्बाट अनुमोदन भए पनि अलपत्र परेको छ । सो विधेयक मन्त्रीपरिषद्ले गत भदौ २१ गते संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो । पाँच महिनायता विधेयक कुन अवस्थामा छ भन्नेबारेमा कुनै पनि निकाय आधिकारिक जवाफ दिने अवस्थामा छैनन् । मन्त्रीपरिषद्बाट अनुमोदन भएलगत्तै स्थानीय तहका कर्मचारीको आन्दोलनलगायतका कारण सरकारले विधेयकलाई दर्ताको प्रक्रियामा लैजान सकेन । विगतदेखि नै कर्मचारी सङ्गठन र स्वार्थ समूहको दबाबसमेतले कानुन पारित गर्न संसद्लाई सधैँ सकस पर्ने गरेको छ । दर्ता अनुमति पाएपछि दर्ता हुन नसक्नु मात्र हैन, संसद्मा पुगेपछि पनि कर्मचारीसँग सम्बन्धित विधेयक अघि बढाउन निकै सङ्घर्ष गर्नुपरेका दृष्टान्त छन् ।
कानुन व्यवसायीहरूसँग कुलपति राई
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘भाषा संरक्षणमा कानुन व्यवसायीहरूको भूमिका र दायित्व’ विषयक अन्तरविमर्श कार्यक्रम रामशाहपथस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा सम्पन्न भएको थियो ।
कनकाईमा साहित्य महोत्सव हुँदै
झापा कनकाई नगरपालिका सुरुङ्गामा आगामी फागुन १४ गतेदेखि १६ गतेसम्म तीन दिनसम्म प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ ।
जगत्रदेवी साहित्य सम्मान डुम्रेलाई
जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जाले गल्याङ नगरपालिका–३ मा काव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी समारोह–२०८० गरेको छ । समारोहमा साहित्यकार सूर्यप्रसाद डुम्रेलाई सम्मान प्रदान गरिएको छ ।