मोतियाबिन्दुको सफल शल्यक्रिया
गुल्मीमा एक ९७ वर्षीया एक वृद्धाको आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा इस्मा गाउँपालिका–३ निवासी रत्नकला खरालको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिनुभयो ।
कपाल काट्दै, पढाइ खर्च जुटाउँदै
कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ रनगाईका ११ वर्षीय सुशील ठाकुर स्कुल बिदा भएपछि कपाल काट्न व्यस्त हुन्छन् । गाउँको कुनामा रहेको घर अगाडि कुर्ची राखेर कपाल काट्छन् ।
मेरुदण्डको समस्याबाट जोगिन समयमै उपचार गर्न सुझाव
मेरुदण्डको दीर्घकालीन समस्याबाट जोगिन समयमै उपचार गर्न चिकित्सकहरूले सुझाव दिनुभएको छ । मेरुदण्डका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुहुँदै भेरी अस्पताल नेपालगञ्जका पूर्व मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ मेरुदण्ड रोग विशेषज्ञ डा. प्रकाशबहादुर थापाले पछिल्लो समय धेरै मानिसमा मेरुदण्डको समस्या देखिएको बताउनुभयो ।
सुरुङबाट पानी चुहियो, बस्ती जोखिममा
सिन्धुपाल्चोकको सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि बस्ती उच्च जोखिममा परेका छन् । सुरुङबाट पानी चुहिएर फुट्ने खतरा बढेपछि बाह्रबिसे, राम्चे, खाग्दल जम्बु, ड्यामसाइड, लामो साँघु, खाडीचौर, कोठे, बलेफी, सुकुटेलगायतका दर्जन बस्ती उच्च जोखिममा परेका हुन् ।
अलपत्र शिक्षा पदक
रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वाेत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भन्नुभयो, “बजेट खोज्दै छौँ ।”
कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख अवस्थामा रहेको कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि भएको छ । दुर्लभ कृष्णसारको सङ्ख्या ४२ वटाबाट वृद्धि भई अहिले २७७ वटा पुगेको छ । सन् १९६० को दशकमा शुक्लाफाँटाको हीरापुर क्षेत्रमा कृष्णसार देखा परेको थियो । सोही आधारमा कृष्णसारका लागि उपयोगी हावापानी हुन सक्ने ठानेर विभिन्न ठाउँबाट स्थानान्तरण गरेर ल्याइएको थियो । सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगन्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पु¥याएको थियो । त्यसपछि सन् २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो ।
बेहडाबाबामा दुई करोड पच्चीस लाख दीप प्रज्ज्वलन गरिने
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ । महाशिवरात्रीको दिन दीप प्रज्ज्वलन गरिने बेहडाबाबा फाउण्डेशनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
निष्ठा र समर्पण भावका साथ काम गर्न निर्देशन
प्रधान सेनापति प्रभुराम शर्माले युवा वर्ग नै राष्ट्रको भविष्य भएको र राष्ट्रप्रतिको उनीहरूको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिलगायत सबै पक्ष बलियो हुने बताउनुभएको छ ।
आगलागीमा परी बालकको मृत्यु
झापा गाउँपालिकामा भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । शुक्रबार अपराह्न ४ बजेतिर झापा गाउँपालिका–४ भामटोली इनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा बालकको ज्यान गएको हो ।
बढ्दो कोरिया ‘क्रेज’
दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ ।
सार्वजनिक जग्गाको अभिलेख राख्न थालियो
सार्वजनिक जग्गाको यकिन तथ्याङ्क सङ्घीय सरकारसँग नभइरहेका बेला उपत्यकाका स्थानीय तहले भने धमाधम सार्वजनिक जग्गा संरक्षण गर्न थालेका छन् । स्थानीय तहको क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा उपत्यकाका स्थानीय तहले खोजी खोजी संरक्षण गर्दै अभिलेख राख्न थालेका हुन् ।
‘राजनीतिक भागबन्डा गर्ने सर्तमा उपकुलपति बनेको होइन’
खस्किँदै गएको साख जोगाउने चुनौतीमाझ त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले शुव्रmबार पदभार ग्रहण गर्नुभएको छ । उपकुलपति रिक्त भएको ११२ औँ दिनमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । नवनियुक्त उपकुलपति डा. बराललाई त्रिवि सुधारको विषय फलामे च्युरा चपाए सरह हुने पक्कै देखिन्छ । राजनीतिक भागबन्डालाई अब त्रिविमा प्रवेश गर्न नदिने घोषणा गर्नु भए पनि शिक्षाध्यक्ष, रजिस्ट्रार, डिनलगायतका पदाधिकारी नियुक्तिपछि मात्र उहाँ दबाब बेगर कार्य सम्पादन गर्न सक्नु हुन्छ भन्नेमा विश्वास गर्ने आधार देखिने छ ।
सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा
भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका दराज प्रायः खाली हुन्छन् । सरकारले क्यान्सर उपचारमा एक लाख रुपियाँ बराबरको उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । निःशुल्क उपचार तथा औषधीका लागि फार्मेसीमा औषधी नपाइँदा बिरामी निःशुल्क पाइने औषधीसमेत अस्पतालबाहिरका फार्मेसीबाट शुल्क तिरेरै खरिद गर्न बाध्य छन् ।
सामाजिक न्याय, सुशासनका पक्षमा दृढतापूर्वक काम गर्नुस् : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा दृढतापूर्वक काम गर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
सुनथराली विमानस्थलको औपचारिक उद्घाटन हुने
कालीकोटको नररहीनाथ गाउँपालिका–१ कोटवाडामा निर्माण भएको सुनथराली विमानस्थल औपचारिक रुपमा उद्घाटन हुने भएको छ । पटक–पटक औपाचारिक उद्घाटनका लागि मिति तय भए पनि स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम यही फागुन १४ गते मङ्गलबार हुने भएको हो ।
काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन
न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।
महासमितिमा महिला नीतिमा छलफल हुन सकेन : कांग्रेस नेत्री
नेपाली कांग्रेसका नेत्रीहरुले नीति अधिवेशनमा महिला नीतिमा पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका छन् । बदलिँदो परिस्थितिसँग जुध्न स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता हुँदाहुँदै पनि महिला नीति नै राखेर छलफल हुन नसकेको बताए ।
यस वर्ष हिउँदमा कम पानी पर्यो
यस वर्षको हिउँद याम सकिन एक सातामात्र बाँकी छ । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । यस वर्षपनि हिउँदयाममा अपेक्षा गरेअनुसार पानी पर्न सकेको छैन ।
घरमाथि ट्रक पल्टिँदा तीन बालबालिकाको च्यापिएर मृत्यु
मोरङको बुढीग३ंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ ।
कार्यसम्पादनमा कोशी अगाडि लुम्बिनी कमजोर
वित्तीय हस्तान्तरण सिफारिसका लागि महत्त्वपूर्ण मानिने कार्यसम्पादन मूल्याङ्कनमा अधिकांश प्रदेश औसतभन्दा निकै कम अवस्थामा देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १० सूचकलाई आधार मानेर गरेको त्यस्तो कार्यसम्पादनमा प्रदेशहरूको कार्यदक्षता कमजोर पाइएको हो ।
न्यायिक समितिमा छलफल गर्ने सहमति
अनुचित लेनदेनमा मुछिएको नवलपुरको हुप्सेकोट गाउँपालिका–४, शङ्खदेवको श्री शिक्षा बोधनी (सामुदायिक) माध्यमिक विद्यालय र पीडित स्थानीय भीमबहादुर दर्लामी पक्षबिच गाउँपालिकाको न्यायिक समितिमा छलफल गर्ने सहमति भएको छ । न्यायिक समितिमा पनि सहमति नभए छानबिन समिति बन्ने भएको छ ।
अन्तर्राष्ट्रिय उडान डाइभर्ट
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाज वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा छन् तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुँदाहुँदै पनि विभिन्न मुलुकबाट नेपाल भित्रिएका जहाज भने अझै भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।
कांग्रेस महासमिति बैठक : वर्तमान गठबन्धन चार वर्ष नै रहने प्रस्ताव पारित
नेपाली कांग्रेसको फागुन ७ गतेदेखि जारी महासमिति बैठकले वर्तमान गठबन्धन चार वर्ष नै रहने निष्कर्ष निकालेको छ ।
बंगलादेशसँग विद्युत निर्यात गर्ने गरी छिट्टै सम्झौता हुने
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।