कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति : आश्रितले पाउँदैनन् आधारभूत सुविधा
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा सरकारले दिने बजेट र संस्थाको आम्दानी २७ करोड ३९ लाख रुपियाँ छ । केन्द्र र चार शाखामा गरी १३३ जना अपाङ्गता भएका र अति अशक्त व्यक्ति आश्रित छन् । वार्षिक बजेट अनुसार प्रतिव्यक्ति २० लाख ५९ हजार ८८० रुपियाँ संस्थालाई प्राप्त हुन्छ ।
मृतकका परिवारलाई रुसले क्षतिपूर्ति दिने
रुसको सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति सरकारी संयन्त्रबाटै आउने भएको छ । रुस सरकारले गरेको यो निर्णयसँगै हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउने तय भएको छ ।
बदलियो नेपालीको खर्च शैली
आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको पाइएको हो । हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो । सर्वेक्षण अनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन् । गैरखाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्याएका छन् ।
सुदूरपश्चिम र कोहलपुर मेयर ११ फाइनलमा
सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ पुगेका छन् ।
विद्युत सर्ट भइ आगलागी हुँदा क्षति
कैलालीको धनगढी उपमहानगरपालिका –३ चटकपुरस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ ।
‘सलीना’ चैत १६ मा रिलिज हुने
सरस्वती पूजाको अबसर पारेर चलचित्र सलीनाको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सलीना आउने चैत १६ गते नेपालका मल्टिप्लेक्स सिनेमा घरहरुमा प्रदर्शन हुने बताइएको छ ।
२०८१ सालको दशैं असोज २६ गते, भाइटिका कात्तिक १८ गते
२०८१ सालकाे दशैंकाे टीका असोज २६ गते परेको छ । तिहारकाे भाइटीका कात्तिक १८ गते परेको छ ।
चोकमा हाइमास्ट लाइट जडान हुने
बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक र चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ ।
त्रिवि पत्रकारिता विभागको नयाँ अत्याधुनिक भवन
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको बुधबार समुद्घाटन गरिएको छ ।
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव हुने
दाङमा पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव –२०८० हुनेभएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक महोत्सव आयोजना गर्न थालिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।
२०८१ सालका बिदा सार्वजनिक (विस्तृत विवरणसहित)
नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ ।
क्रिकेटमा कीर्तिमानी रुबिना
नेपाली महिला क्रिकेटमा प्रमुख योगदान दिने खेलाडीको नाम लिँदा सबैभन्दा अगाडि आउने नाम हो– रुबिना क्षेत्री बेल्बासे । रुबिनाले १४ वर्षदेखि निरन्तर राष्ट्रिय महिला क्रिकेट टिममा रहेर सेवा गरिरहनुभएको छ । उहाँले ११ वर्ष त राष्ट्रिय टिमको नेतृत्व नै गर्नुभयो । रुबिनाले उमेर समूहमा पनि नेपालको नेतृत्व गर्नुभएको छ । यसै वर्ष मात्र उहाँलाई महिला क्रिकेट टिमका कप्तानमा इन्दु वर्माले स्थानापन्न गर्नुभएको हो ।
गुम्यो चाँगुनारायणको मौलिकता
जिम्मेवार निकाय र पदासीन व्यक्तिको लापरबाहीका कारण चाँगुनारायणको मूल मन्दिरको मौलिक स्वरूप गुमेको छ । पुरातत्व विभाग र त्यस अन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचार अड्डा भक्तपुर तथा चाँगुनारायण नगरपालिका र चाँगुनारायण विकास समितिका अध्यक्ष एवं चाँगुनारायण मन्दिरका मूल पुजारीको लापरबाहीका कारण यस्तो अवस्था सिर्जना भएको हो । २०७२ वैशाख १२ को भूकम्पपछि जीर्णोद्धार गरिँदा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालकै पुरानो मन्दिरको पहिचान नै मेटिएको विज्ञहरूको भनाइ छ ।
हचुवामा कर्मचारी नहटाउन निर्देशन
राष्ट्रिय सतर्कता केन्द्रले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत करार तथा अस्थायी सेवाका कर्मचारीलाई हचुवाका भरमा नहटाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत तीनै तहको सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावलीबमोजिम प्रधानमन्त्रीस्तरबाट भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
राजनीतिक दलको आयव्यय, बयासी दलले बुझाए विवरण
निर्वाचन आयोगमा ८२ राजनीतिक दलले आर्थिक वर्ष २०७९/८० को आयव्ययको विवरण बुझाएका छन् । राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ मा आयव्ययको विवरण बुझाउँदा महालेखा परीक्षकको कार्यालयले औँल्याएका त्रुटिसहितको प्रतिवेदन भने अझै कार्यान्वयन भएको छैन ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति : अपाङ्ग कल्याण कोषबाट पदाधिकारीलाई गाडी
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहनुभएको छ । दृष्टिविहीन हुँदा झेल्नुपरेको सङ्घर्ष छँदै थियो । त्यसमाथि मुटुको रोग पनि थपिएको छ । चिकित्सकले २०७७ सालमै मुटुको भल्भ फेर्नुपर्ने सल्लाह दिए पनि स्वास्थ्यमा सामान्य सुधार आएपछि उहाँ नियमित स्वास्थ्य परीक्षण र औषधी सेवन गरिरहनुभएको छ । २०३६ सालदेखि खगेन्द्र नवजीवन केन्द्रमै रहनुभएका माझीलाई अहिले स्वास्थ्योपचारमा निकै सकस बेहोर्नुपरिरहेको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कोहलपुरलाई
१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले हात पारेको छ ।
१३ वर्षपछि सामूहिक जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
सामूहिक जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई १३ वर्षपछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ ।
अरुण तेस्रोको भौतिक प्रगति ७० प्रतिशत
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत्गृहको निर्माण कार्यलाई एकमुस्ट मूल्याङ्कन गर्दा त्यस्तो प्रगति देखिएको हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग ‘जनयुद्ध’
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो ।
अझै टुङ्गिएन सङ्क्रमणकालीन न्याय
सशस्त्र द्वन्द्व सुरु भएको २८ वर्ष र शान्ति प्रक्रियाको पनि १७ वर्ष नाघिसक्यो तर पनि सङ्क्रमणकालीन घाउ अझै पुरिएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०५२ साल फागुन १ गते रोल्पाको होलेरी, रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलीगढी चौकीमा आक्रमण र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा गरी सशस्त्र द्वन्द्व सुरु गरेको थियो र त्यसलाई उसले जनयुद्धको नाम दिएको थियो ।
नेपालको कानुन पालना गर्ने प्रतिबद्धता
भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको पत्रमा पाँचबुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । टिकटकले नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेको प्रस्ट पारेको छ । त्यसै गरी टिकटकमा प्रसारित सामग्रीलाई प्रत्यक्ष रूपमै रिपोर्टिङ गर्ने पहुँच र सामग्रीसँग सम्बन्धित सरोकारलाई सम्बोधनका लागि सम्पर्क सूत्र बनाउने पनि प्रस्ट पारेको छ । टिकटकले प्रसारित सामग्रीका सन्दर्भमा फिल्टरिङ र मध्यस्थता अझै वृद्धि गर्न नेपालीभाषी स्रोतलाई अझ विस्तार गर्ने पनि जनाएको छ ।
पीडित भन्छन् : मृत्यु पर्खिरहेका छौँ
भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसक्नुभएको छ । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पु¥यायो तर अपाङ्गता बनाएर फर्कायो । मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उहाँलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शøयामा गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो लाग्छ ।” उहाँले लामो सुस्केरा हाल्नुभयो । ओछ्यानमा कोल्टो पर्न खोज्नुभयो तर शरीर सरेन । छेउमा बसेका सहयोगीले उहाँलाई अर्कोतिर फर्काउनुभयो । उहाँको ढाडमा गहिरो चोट छ । त्यसैको उपचारका लागि उहाँ सुषमा कोइराला अस्पतालमा गत पुस २६ गते भर्ना हुनुभएको हो ।