• १८ असार २०८२, बुधबार

‘सत्यम्’ को विमोचन

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, असार १८ गते । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ को एक कार्यक्रमबिच विमोचन गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजना गरेको पुस्तकको पूर्वमन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा, समीक्षक शान्ता थापा र शम्भु अर्याल एवं लेखकले संयुक्त रूपमा विमोचन गर्नुभयो । 

कवि मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा पूर्वमन्त्री ढकालले साहित्य कल्पना र यथार्थताको संयोजन भएको र यो पक्ष सत्यम्मा रहेको बताउनुभयो । तथ्यपरक विषय गणित पढेको, तथ्यमै आधारित पेसा पत्रकारिता अँगालेका वियोगीले साहित्य लेख्नु आफैँमा रोचक भएको समीक्षक अर्यालले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रानाले वियोगीले कथामार्फत आफ्नो जन्मभूमि र यहाँको मौलिकतालाई थप उजागर गरेको बताउनुभयो । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आउनुभएका वियोगीको यो पहिलो कथा कृति हो ।