नर्सिङ छोडेर हेयर कटिङमा स्थापित निरु
कुनै बेला नर्सिङ पेसामा आबद्ध निरु कुँवर जीवनमा केही फरक ढङ्गले स्थापित हुने चाहना राख्नुहुन्थ्यो ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ । बैठकले इलाम निर्वाचन क्षेत्र नं. २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार छान्ने छ । कांग्रेस नेता मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मङ्गलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । उहाँले भन्नुभयो, “उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा बुधबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।”
भिआइपीको स्पष्ट मापदण्ड बनाउन निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । विमानस्थलको सुरक्षा बलियो बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीको नेतृत्वमा गठन भएको समितिको प्रतिवेदन कार्यान्वयनबारे सरोकारवाला निकायसँगको छलफलमा मन्त्री लामिछानेले तत्काल प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले गृह मन्त्रालयका अधिकारीहरूलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्ष (भिआइपी कक्ष) प्रयोग नगर्न पनि आग्रह गर्नुभयो ।
बिस वर्षदेखि भाडाको टहरामा प्रहरी कार्यालय
नवलपुरको हुप्सेकोट गाउँपालिका–५, धौवादीस्थित इलाका प्रहरी कार्यालय, रुद्रपुर २० वर्षदेखि भाडाको टहराबाट सञ्चालन भइरहेको छ । पूर्वी नवलपरासीको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको कार्यालयका प्रहरीले वर्षौंदेखि भौतिक संरचनाको असुविधा झेल्दै आइरहेका छन् । विसं. २०५८ मा एक प्रहरी सहायक निरीक्षकको ज्यान जाने गरी तत्कालीन नेकपा (माओवादी) को आक्रमणमा परेको कार्यालय पाँच वर्ष बन्द भएर २०६३ पुस ३० गते पुनस्र्थापना भएको थियो । त्यसयता कार्यालय भाडाको टिनको टहराबाट सञ्चालन भइरहेको हो । तत्कालीन प्रहरी महानिरीक्षक खड्गजित बरालले २०३२ सालमा कार्यालयको स्थापना गर्नुभएको थियो ।
‘संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका निर्देशक जोर्भोसको शिष्टाचार भेट
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस् हदाद जेर्भोसबिच शिष्टाचार भेट भएको छ।
संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताउनुभएको छ ।
पर्वतमा दम्पती हत्या : कुकुरसहितको अनुसन्धान टोली
म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दह हत्या घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखरबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली हिँडेको प्रहरीले जनाएको छ।
कराँतेदेखि हक्कीसम्म सुवर्ण यात्रा
ललितपुर लुभुकी सुवर्ण श्रेष्ठलाई सँगैका साथीहरू चर्चित खेलाडी बनेको देख्दा कहिले काहीँ विगतले झस्काउँछ । सुवर्णले कराँते खेल्न सुरु गर्दा लुभु अहिले जस्तो सुगम थिएन । खेल्नका लागि नजिक भनेको लगनखेल पुग्नुपर्दथ्यो ।
स्थानीय तहका बेथिति हटाउनुपर्ने
स्थानीय तहमा दैनिक बेथिति बढ्दै जान थालेको छ । विकास निर्माणका काममा उपभोक्ता समितिका पदाधिकारी तथा सेवाग्राहीसँग कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिका सचिवालयका सदस्यले सिधै रकम मोलमोलाइ गर्नेदेखि सेवा प्रवाहमा समेत अनेकौँ मोलाहिजा गर्ने गरेका छन् । स्थानीय तहमा नक्कली योजना बनाउने, फर्जी बिल बनाएर भुक्तानी दिने र नियमविपरीत राजस्व मिनाहा गरी आफ्नै स्थानीय तहलाई घाटा पार्ने, एउटै योजनालाई देखाएर दुईदेखि तीन पटकसम्म यही वर्ष काम भएको हो भन्दै बजेट दुरुपयोग गर्नेलगायतका भ्रष्टाचारजन्य गतिविधि हुने गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय सतर्कता केन्द्रमा स्थानीय तहका सवालमा परेका उजुरीले पनि स्थानीय तहमा बेथिति बढ्दै गएको प्रस्ट हुन्छ ।
साइबर अपराध बढ्दै
सरुना क्षेत्री (नाम परिवर्तन) कक्षा ११ मा अध्ययन गर्दै हुनुहुन्छ । उहाँले केही महिनायतादेखि ह्वाट्स एपमा अनेक नम्बरबाट म्यासेज आएर हैरान गराएपछि त्यो नम्बरै ब्लक गरिदिनुभयो । तर फेरि अर्को नम्बरबाट त्यसै गरी म्यासेज आउने क्रम जारी रह्यो । उहाँले भन्नुभयो, “डर लागेर मैले जवाफ दिएको छैन, कुरा पनि गरेको छैन तर जति वटा नम्बर ब्लक गरे पनि फेरि त्यसै गरी आइरहन्छ ।” त्यस्तै सविता राना (नाम परिवर्तन) पनि उच्च माध्यमिक तहमै अध्ययनरत हुनुहुन्छ । उहाँको इमो म्यासेन्जरै ह्याक भएर अरूले चलाइरहेको छ । जसकारण उहाँले अर्को तनाव झेलिरहनुभएको छ ।
पेट्रोलियम उपकरण दैलेखमा
दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख आइपुगेका छन् । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा सोमबार दैलेख आइपुगेका हुन् । दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा उत्खननका लागि अन्तिम ड्रिलिङ सर्भेको कामका लागि चीनबाट ल्याइएका उपकरण दैलेख आइपुगेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मिनी ट्रक २२ वटा र एउटा १२ चक्के ट्रक जलजले पुगेका छन् । उहाँले साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठुला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै जलजलेमा पुग्न लागेको
प्रदेशमा मोटामोटी सहमति
सत्ता साझेदार दलहरू प्रदेशका मुख्यमन्त्री र मन्त्री भागबन्डामा समझदारी भएको छ । त्यसको फलस्वरूप बागमती प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बिच प्रदेश भागबन्डाबारे छलफल भएको हो । अरू प्रदेशमा पनि सहमतिको मोटामोटी खाका तय भएको छ ।
थारू संस्कृतिको अपत्यारिलो पाटो : एक मृतकको चार ठाउँमा काजकिरिया
मातापिताको निधन भएपछि छोराछोरी, भाइबन्धु एकै ठाउँमा भेला भएर काजकिरिया गर्ने चलन छ । तर टीकापुर नगरपालिका–१, वनगाउँकी कल्ठीदेवी चौधरीको मृत्युपछि उहाँका दुई छोरा र दुई पनातिले फरक फरक ठाउँमा काजकिरिया गरेका छन् । कल्ठीका माइला छोरा छिटकलाल, कान्छा छोरा छुकुन्वा चौधरी र जेठा छोरा जितबहादुरका नाति वसन्त टीकापुर नगरपालिका–१, वनगाउँ बिचपुरुवास्थित आआफ्नै घरमा काजकिरिया बस्नुभएको छ । अर्का नातेदार दिपेश चौधरी उत्तरपुरुवामा काजकिरियामा हुनुहुन्छ । कल्ठीका तीन छोरा २०४५ सालमा छुट्टिई भिन्न हुनुभएको थियो । अंशबन्डासँगै दाजुभाइ छुट्टिए र देउता पनि बाँडिए । अलग अलग देवता भइसकेपछि थारू समुदायको चलन अनुसार मृत्युकर्म पनि अलग अलग गर्नुपरेको गाउँका अगुवा मीनबहादुर चौधरी बताउनुहुन्छ ।
रैथानेबाली प्रवर्धन गर्न कृषकलाई कृषिऔजार
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले रैथानेबाली प्रवर्धन तथा यान्त्रीकरणका लागि झण्डै १२ लाख रुपियाँको सामग्री कृषकलाई हस्तान्तरण गरेको छ ।
दश जिल्लाका १३ विद्यालयलाई नमुनाका रूपमा विकास गरिने
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने भएको छ ।
किच्चकवधमा भेटियो दरबारको ऐतिहासिक भग्नावशेष
झापाको भद्रपुर नगरपालिका-३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकवधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो ।
१४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न चीन तयार
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताउनुभएको छ ।
अमेरिकी कम्पनीमाथि राजस्व अनुसन्धानको मुद्दा, दस अर्ब छत्तिस करोड राजस्व चुहावट
राजस्व अनुसन्धान विभागले कोटिभिटी नेपाल प्राइभेट लिमिटेडविरुद्ध दस अर्ब ३६ करोड रुपियाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार दस अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ रुपियाँ राजस्व चुहावट गरेको अभियोगमा पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो । सेयरधनी नामसारी गर्दाको राजस्व छली ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपियाँ, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कसुरमा चार अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३५५ रुपियाँ र पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँको बिगो कायम गरिएको छ । कोटिभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । विभागले दायर गरेको आरोपपत्रका अनुसार त्यसको स्थायी लेखा नम्बर ३०११६१६१९१ रहेको छ ।
वन्यजन्तुमा पनि वासस्थानको न्यास्रो
चितवन राष्ट्रिय निकुञ्जबाट गत असोज १० गते तीन वटा गैँडा कोशीटप्पु आरक्षमा स्थानान्तरण गरियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षणमा रहेका पुष्पा र अञ्जली नामका पोथी गैँडाले घर सर्ने क्रममा खासै विमति जनाएनन् तर मेघौली नामक भाले गैँडा भने चितवनबाट अन्त रुचाएन । वन्यजन्तु चिकित्सक डा. विजयकुमार श्रेष्ठले भन्नुभयो, “जाने बेला उसले गाडीमा राखिएको केजमै सिङ र मुखले हानिरह्यो ।” बाटोभरि पनि उसले त्यही व्रmम दोहो¥याइरह्यो । कोशी पुगेपछि राखिएको खोरले उसलाई अत्यासै गरायो । आफू रमेको सौराहा छाड्दाको पीडाका कारण उसले उग्रता देखायो । अनि खोरै फोडेर भाग्यो ।
हाइड्रोजन उत्पादनको सफल परीक्षण
विगत दुई वर्षदेखि नेपालमा ग्रीन हाइड्रोजनको सम्भाव्यताको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले सफलता हाँसिल गरेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : स्थानीय तहलाई जिम्मा दिनुपर्छ
चालू आर्थिक वर्षका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन भएको छ । विगत पाँच वर्षदेखि सञ्चालन हुँदैआएको यो कार्यक्रम आर्थिकअभाव र विद्यालय छनौटमा ढिलाइ भएका कारण स्थगन भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
उपत्यकासहित चार प्रदेशमा हावाहुरीसहित वर्षा
काठमाडौँ उपत्यकासहित चार प्रदेशका पहाडी भूभागमा अहिले पानी परिरहेको छ।
‘समग्र विकास नै मानवअधिकार हो’
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानवअधिकारबारेमा फरक–फरक धारणा आउने भए पनि विकास र मानवअधिकार एकै सिक्काका दुई पाटा रहेको बताउनुभएको छ ।