हिउँ खेल्दै सशस्त्र प्रहरीद्वारा सिमानाकामा गस्ती
नेपाल र चीनको सिमाना रहेको हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकीका (बिओपी) सुरक्षाकर्मीले हिउँमा खेल्दै सिमानाका गस्ती गर्दैआएका छन् ।
वित्तीय समानीकरण अनुदान बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताउनुभएको छ।
खुटिया पुलमुनि मृत पुरुष फेला
कैलालीको गोदावरी नगरपालिका –९ बल्मी गाउँका ५५ वर्षीय रामबहादुर नेपाली खुटिया पुलमुनि मृत भेटिनुभएको छ ।
पाल्पामा ५९ परीक्षार्थी अनुपस्थित
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन पाल्पामा ५९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । चार हजार १८२ जना परीक्षार्थीमध्ये ५९ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।
उपनिर्वाचनको सरगर्मी बढ्दै,शक्ति परीक्षणको सोचमा दलहरू
विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावी प्रतिस्पर्धा गर्दै आएका प्रमुख राजनीतिक दल आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भने आआफ्नै शक्ति परीक्षणमा लाग्ने भएका छन् । त्यस प्रतिस्पर्धामा संसदीय अभ्यासमा पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल पनि सहभागी हुँदै छन् । हालसम्मको राजनीतिक परिदृश्य अनुसार एक महिनापछि इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं. १ (क) मा हुने उपनिर्वाचनमा दलहरूबिच एकल रूपमा प्रतिस्पर्धा हुने भएको छ तर चुनाव हुने दिनसम्ममा पनि कुनै दलले अर्को दललाई समर्थन गर्ने सम्भावना पनि छ ।
एसइई आजदेखि सुरु,पाँच लाख परीक्षार्थी सहभागी हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : छिचोल्न आठ मिटर मात्र बाँकी
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी छ । अहिले दैनिक सरदर एक मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ तर कहिले छिचोलिने भन्ने तय भने भएको छैन । आयोजनाले फागुन २३ गते सुरुङ छिचोल्ने लक्ष्य लिएको थियो । १४ मिटर खन्न बाँकी रहेको अवस्थामा स्थानीयको अवरोधका कारण गत फागुन ६ गतेदेखि काम रोकिएको थियो । यही चैत ६ गतेदेखि पुनः सुरु खन्ने काम सुरु भएको हो ।
ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा
पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बाँकेका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि जिल्लाका ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ ।
भैँसीपालक कृषकलाई सुत्केरी भत्ता
गुल्मीको मालिका गाउँपालिकाले भैँसीलाई सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को स्वीकृत कार्यक्रमअनुसार पहिलो बेत ब्याउने भैँसीलाई सुत्केरी भत्ता प्रदान गर्न लागेको हो ।
उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुहोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ।
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।
रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षाको चुनौती आए बन्द गरिने : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेललगायतका पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए बन्द गर्न सकिने बताउनुभएको छ ।
कृषिमूल्य सूचना प्रणाली सञ्चालनमा
प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले बुधबार मूल्य सूचना प्रणाली सार्वजनिक गर्नुभएको हो ।
विद्यार्थीको पढाइ शुल्क गाउँपालिकाले तिरिदिने
ताप्लेजुङको फक्ताङ्लुङले गाउँपालिकाले पालिकाभित्रका स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क बेहोर्ने भएको छ । स्नातक तह अध्ययन गर्दा विद्यार्थीले क्याम्पसमा बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।
इलाम र बझाङमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, पुनर्संरचना गरी लैजाने तयारी
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका अनुसार आउँदो आवदेखि पुनर्संरचना गर्ने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगत छ वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरी सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेर कार्यान्वयनमा ल्याउन लागेको छ ।
सम्पत्ति शुद्धीकरण : चार जनालाई आठ वर्ष कैद
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चार जनालाई जनही आठ वर्ष कैद सजाय सुनाएको छ । बिमा रकम हत्याउने उद्देश्यले कानुनी विवाह गरी व्यक्ति हत्यामा समेत संलग्न उनीहरूलाई सम्पत्ति शुद्धीकरणमा विशेषले सजाय निर्धारण गरेको हो । अर्का एक प्रतिवादीलाई अदालतले चार वर्षको सजाय सुनाएको छ ।
सिमानामा चौबिसै घण्टा सशस्त्रको गस्ती
भारत र चीनसँगको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा गस्ती सुरु गरेको छ । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र–२०८० लागु गरी सशस्त्रको पल्टनलाई सीमा गस्तीमा खटाइएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले सीमा पैदल गस्तीको सुरुवात मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सुरु गरेको जानकारी दिनुभयो । यो गस्ती सातै प्रदेश अन्तर्गतका प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, सीमा सुरक्षा बल (बिओपी) र बेससमेतको जनशक्ति समावेश गरी सीमाक्षेत्र तथा दसगजा इलाकामा बन्दोबस्तीसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा तैनाथ गर्ने जनाइएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ भेट
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबिच सोमबार बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ताका क्रममा ।
बिरामी हिमाली गिद्धको उद्धार
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट बिरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ ।
रेमिट्यान्स पठाउने श्रमिकलाई विमानस्थलमा दुःख नदिन आग्रह
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
स्वदेशी पाँच वस्तुको निर्यात उच्च
मुलुकमा उत्पादन हुने मुख्य पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा जुस, प्लाइउड, आइरन तथा स्टिल उत्पादन, सिमेन्ट, क्लिङ्कर, अदुवा रहेका छन् ।
शुल्क निर्धारण र छात्रवृत्तिमा कडाइ
विद्यालय तहमा देखिएको शुल्क विवाद तथा छात्रवृत्तिसम्बन्धी समस्याको एकमुष्ट समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सक्रिय भएको छ । हरेक वर्ष सामुदायिक तथा निजी विद्यालयमा देखिने गरेका यस्ता समस्या समाधानमा शिक्षा मन्त्रालय तथा सम्बन्धित स्थानीय तहले चासो नदिएको आरोप लाग्ने गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन तीन साता मात्र बाँकी छ । मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्तिका सम्बन्धमा भएका नीतिगत व्यवस्थालाई कडाइका साथ लागु गर्न १० बुँदे पत्राचार गरेको छ । मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै स्थानीय तहलाई अर्को परिपत्र गरेको छ ।
महिला पत्रकारलाई साधना महिला सम्मान
गोरखापत्र दैनिकका पत्रकार यलु जोशीले सोमबार साधना महिला पत्रकारिताबाट सम्मानित हुनुभएको छ । उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले जोशीसहित ६ जना महिला पत्रकारलाई साधना महिला पत्रकारिता सम्मानले सम्मानित गर्नुभयो ।