सुदूरपश्चिममा कोरोना उकालो लाग्दै
सुदूरपश्चिममा कोरोना सङ्क्रमण उकालो लागेको छ । भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढेको देखिएको हो । कामको सिलसिलामा भारत पुगेकाहरू पछिल्लो समय बिसु पर्व मनाउनका लागि स्वदेश फर्किरहेका छन् ।
अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत २० गते बस्ने भएको छ।
निर्माणाधीन आयोजना सम्पन्न गर्न नयाँ ढङ्गले अगाडि बढेका छौँ : उपप्रधानमन्त्री महासेठ
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताउनुभएको छ।
थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु
एउटै गाउँपालिकाले थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु गरेको छ । रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि यति धेरै जग्गामा रैथाने बाली लगाउन थालिएको हो ।
घर जल्दा १० लाख बराबरको क्षति
गए राति सिद्धिचरण नगरपालिका –६ जन्तरखानीको एक घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु
एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ ।
पीडामाथिको पीडाले गाउँ नै शोकमग्न
नाट्यसम्राट् बालकृष्ण समको नाटक मुकुन्द इन्दिराको यो श्लोक दुःखमाथि थपिएको पीडा थपिँदा सम्झने गरिन्छ । त्यस्तै दुःखमाथि पीडा कुनै एक व्यक्तिलाई मात्र होइन गोरखा नगरपालिका–७ पौवाखेत गाउँलाई पुगेको छ । ४० वर्षका क्यान्सरपीडित छोरालाई काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरी काजकिरिया घरबाटै गर्न गोरखा हिँडेकी ७० वर्षीया आमासहित पाँच जना त्रिशूली तरेर जान नै पाएनन् । पाँच जना सवार बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा घटनास्थलमा नै मृत्यु भयो । चितवनको इच्छाकामना गाउँपालिका–५, पृथ्वीराजमार्ग सडक खण्डको सिमलधारा नजिक शनिबार बिहान ७:१५ बजे भएको दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । एक जना बेपत्ता छन् ।
त्रिशूली दुर्घटनाको शोकमा गोरखा : एकै परिवारका पाँच जनाको मृत्यु, एक बेपत्ता
गोरखा नगरपालिका–७ पौवाखेत गाउँ नै शोकमग्न भएको छ। शुक्रबार मात्र ४० वर्षीय शङ्कर रोकाको काठमाडौँमा असामयिक निधन भएपछि दाहसंस्कार गरेर रोका परिवार र उहाँका आफन्त सबै टोली तीन वटा गाडी लिएर गोरखातर्फ जाँदै थियो।
राष्ट्रिय सभामा प्रधानमन्त्रीको जवाफ : अन्तरसम्बन्ध सुधार्न सरकार गम्भीर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तहगत अन्तरसम्बन्ध र समन्वयसँग जोडिएका समस्या सम्बोधन गर्न सरकार अगाडि बढेको बताउनुभएको छ । उहाँले अन्तरसम्बन्ध र समन्वयसँग जोडिएका समस्या सम्बोधन नगरी सङ्घीयताको सही अभ्यास गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय सभामा ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीय प्रणालीलाई व्यवस्थित तथा सुदृढ पार्न अत्यन्तै आवश्यक र महत्वपूर्ण ऐन तर्जुमा गर्न सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभाको सङ्घीयता कार्यान्वयनसम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदन र विधायन व्यवस्थापन समितिको संविधानबमोजिम बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८० को सुझावबमोजिम विधेयक तर्जुमासम्बन्धी काम अगाडि बढाइएको छ ।”
खगेन्द्र नवजीवन केन्द्रको बेथिति, एउटै सुझाव कार्यान्वयन भएन
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्यान्वयन थालनी भएको छैन । सङ्घको अनियमितता अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले फागुन १६ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गरेर प्रगति विवरण प्रस्तुत गर्न पदाधिकारीलाई निर्देशन दिए पनि कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा माघ १० गते गठित समितिले छानबिनका क्रममा व्यापक अनियमितता, पदाधिकारी र मनोमानी भएको निष्कर्षसहित बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन थाल्न निर्देशन दिनुभएको थियो ।
निजामती ऐन र प्रहरी ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको बताउनुभएको छ।
प्रविधिको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई सञ्चारमन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
जोखिमपूर्ण काममा महिला कामदार
गाउँघरबाट बाहिर निस्कन पनि लाज मान्ने र सार्वजनिक विकास निर्माणका कार्य नजाने महिला पछिल्लो समय जोखिमपूर्ण काममा देखिन थालेका छन्।
'आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडी बढेको बताउनुभएको छ ।
हिमालमा चिकित्सकसहितको टोली
हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त ऋतु सुरु भएसँगै पर्वतीय पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै सङ्घले स्वदेशी र विदेशी चिकित्सकको टोली खटाएको हो ।
शव व्यवस्थापनको विकल्प खोज्न परमादेश
सर्वोच्च अदालतले पाशुपत क्षेत्रभित्रको श्लेषमान्तक वनमा शव व्यवस्थापनको विकल्प खोज्न परमादेश जारी गरेको छ । शव गाड्ने स्थानको स्थान पहिचान र सुनिश्चितता र रिलोकेट गर्नसमेत अदालतले आदेश गरेको हो । अदालतले फैसला पाएका मितिले एक वर्षभित्र श्लेषमान्तक क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश गरेको हो ।
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य रहेको बताउनुभएको छ।
‘किसान आन्दोलनको जगमा लोकतन्त्र आएको हो’
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र र स्वतन्त्रता आन्दोलनमा झापाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
स्वास्थ्य बिमा सञ्चालन गर्न ध्यानाकर्षण
युनाइटेड मिसन अस्पताल पाल्पामा बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न मानव अधिकार रक्षक सञ्जाल पाल्पाले अस्पताल पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।
पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका –६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो ।
कैदीबन्दी पनि एसइईमा सहभागी
चारैतिर अग्लो पर्खाल, त्यसमाथि काँडेतारले घेरिएको तनहुँका कारागारमा रहेका एक कैदी बन्दी एसइई परीक्षामा सामेल हुनु भएको छ ।
राष्ट्रपतिलाई रनिङ सिल्डको निमन्त्रणा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरिएको छ ।
ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङमा ४९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एसइई परीक्षामा सहभागी हुन आवेदन दिएका एक हजार ८९० जना विद्यार्थीमध्ये सो सङ्ख्यामा परीक्षा अनुपस्थित भएका हुन् ।