दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु
मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाती कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ।
हामी चक्रव्यूह तोडेर आएका छौँ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चक्रव्यूह तोडेर एमाले बाहिर आएको बताउनुभएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेकोतर्फ सङ्केत गर्दै उहाँले देशको समृद्धिका लागि नयाँ गठबन्धन बनेको तर्क गर्नुभयो ।
तीन हजार बढी मुस्लिमद्वारा सामूहिक रोजा इफ्तार
मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपालगन्जमा तीन हजार बढी जनाले एकै ठाउँमा सामूहिक रोजा इफ्तार गरेका छन् ।
‘घृणालाई प्रेममा बदल्ने पर्व होली’
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व मन्त्री मातृकाप्रसाद यादवले घृणालाई प्रेममा बदल्ने होली पर्व सबै मिलेर मनाउन हराउँदै जान थालेको डम्फा बजाएर आग्रह गर्नु भएको छ ।
भृकुटीमण्डप प्रकरण: भाडा नतिर्ने फरार सूचीमा
समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपका घरजग्गा प्रयोग गरी भाडा नबुझाएका व्यक्ति र संस्थालाई फरार सूचीमा राखेको छ । भृकुटीमण्डप परिसरका ३१ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेका स्टल, भवन एवं मेला प्रदर्शनीको एक करोड ८७ लाख ७२ हजार ९८३ रुपियाँ भाडा नदिएर सम्पर्कविहीन भएकालाई फरार सूचीमा राखिएको हो ।
बाँसबारीको जग्गा सरकारका नाममा
सरकारले तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडबाट व्यक्तिका नाममा पुगेको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले शुक्रबार चाँदबाग रेसिडेन्सीको नाममा रहेको सो जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।
एमाले बाँके अधिवेशन जेठमा
नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी २०८० जेठ महिनामा हुने भएको छ । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा शुक्रबार नेपालगन्ज सम्पन्न जिल्ला कमिटीको १० औँ पूर्ण बैठकले जेठ २ र ३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
खेलाडीको अधिकारलाई संरक्षण गर्न नीति निर्देशित काम गर्नुपर्छ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्ने बताउनुभएको छ।
‘जनगणनामा अपाङ्गता भएकाहरुको तथ्याङ्क आउनु सकारात्मक’
राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक तथा उपसचिव ढुण्डिराज लामिछानेले अपाङ्गता भएकाहरूको तथ्याङ्क जनगणनामा आउन थालेपछि सो समुदायको सशक्तीकरणमा सहयोग पुगेको बताउनुभएको छ ।
जनजातिको पहिचान झल्काउँदै महोत्सव
चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि सुरु भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सव स्थलमा बनाइएका जातीय संस्कृति झल्कने आकर्षक घर। तस्बिर : शान्ता अधिकारी
उपत्यकाका सम्पदाको पुनर्निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न हुने
शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ ।
सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ ।
डिडिसीले किसानबाट सङ्कलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या
किसानले भुक्तानी पाउनेभन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध सङ्कलन भए पनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको हो ।
पाथीभरा क्षेत्रमा बाक्लो हिमपात (फोटो फिचर)
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो ।
‘खेलकुदले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै’
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलकुदले सङ्गठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ ।
महिला न्यायाधीशले सम्पादन गरेका मुद्दा विवादरहित
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताउनुभएको छ । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
६० लाख लिटर पिउनेपानी वितरण
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले मकवानपुरगढी वडा नं. ४ सामरीमा शुक्रबार सामरी समवेलको शुभारम्भ गरेको छ । हेटौँडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले दैनिक ६० लाख लिटर पिउनेपानीको धारा खोलेर शुभारम्भ गर्नुभएको हो ।
सन्दर्भ : विश्व पानी दिवस, खानेपानीमा ९५ प्रतिशतको पहुँच
गुणस्तरीय खानेपानीमा मुलुकको २५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको छ । आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पु¥याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ ।
असुरक्षित सडक यात्रा : वार्षिक दुई हजार बढीले गुमाउँदै ज्यान
गत चैत ५ गते साँझ बागलुङदेखि काठमाडौँ आउँदैगरेको बस निसिखोलामा दुर्घटना हुँदा नौ जनाको ज्यान गयो । २६ जना घाइते भए । गत फागुन ३ गते कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा १० जनाको ज्यान गयो । ३० जना घाइते भए ।
गुल्मीबाट एसइई दिने विद्यार्थी घट्दै
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको पछिल्लो तीन वर्षको तथ्याङ्कमा जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थी घट्दै गएको देखिएको हो ।
दैनिक लाखौँको अवैध सामान प्रहरीद्वारा बरामद
भारतसँग सिमाना जोडिएको बाँकेमा दैनिकजसो चोरी तस्करीका घटना हुने गरेको छ । भारतसँग खुला सिमानाका भएका कारण यहाँ दैनिकजसो हुने चोरी तस्करीमा संलग्नहरूबाट लाखौँ रुपियाँ बरावरको सामान बरामद भइरहेको प्रहरीले जनाएको छ ।
भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएका छौँ
उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताको साथ अगाडि बढाएको बताउनुभएको छ।
नवलपुरमा छ हजारले एसइई दिँदै
नवलपुरमा यस वर्ष ६ हजारभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
चार हजार १२४ ले एसईई दिंदै
स्याङ्जामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार १२४ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।