प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
बाल दिवसको अवसरमा विदेहमा कार्यक्रम
अन्तर्राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा धनुषाको विदेह नगरपालिकामा बुधबार कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका स्तरीय चित्रकला, निबन्ध, हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
लोकतन्त्रप्रति भरोसा जगाउन सुशासन अनिवार्य : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूत रिनाको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्याण्डका राजदूत रिना–रिक्का हेक्काले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले बुधबार ध्यानाकर्षण बुुझाएका छन् ।
चार महिनामा १२ अर्ब ७२ करोड रुपियाँको विद्युत भारत निर्यात
चालू आर्थिक वर्ष (आव) २०८१-८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो ।
कैलाली जिसस प्रमुखमा टीका चौधरी भुल निर्विरोध
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ ।
नक्कली आइडी बनाउने पक्राउ
नक्कली फेसबुक आइडी बनाएर महिलाको सामाजिक रूपमा चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई इलामबाट पक्राउ गरेको छ ।
कैलाली जिससमा टीका चौधरी भूल सर्वसम्मत हुँदै
जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले दर्ता गरेको उम्मेदवारी फिर्ता लिने भएको छ । सो पार्टीबाट रुपमती डंगौरा थारुले उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
भरुवा बन्दुकसहित दुई पक्राउ
प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेव र सशस्त्र प्रहरी बल बिओपी खल्ला, कञ्चनपुरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
करिब ८ हजार छात्रछात्राको निःशुल्क मुटु परीक्षण
नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा मेलम्ची, हेलम्बु, चौतारा साँगचोकगढीका सात हजार ९३८ बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
अग्निपीडितले घर बनाए, राहत पाएनन्
गुल्मीका अग्निपीडितले घर बनाएर सम्पन्न गर्दा पनि राहत पाउन सकेका छैनन् । इस्मा गाउँपालिकाको –२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा २६ घरगोठ जलेर नष्ट भएका थिए ।
हाइड्रोसेफलबाट पीडित बालकको शल्यक्रिया
पश्चिम नेपालको ठुलो अस्पताल भेरी अस्पताल नेपालगन्जमा हाइड्रोसेफलसबाट पीडित १५ महिने बालकको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
‘मतियारमा पनि प्रमाणको भार हुने’
सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सम्बद्ध कसुर कायम नभए पनि कसुरदार कायम गर्न मिल्ने र मतियारलाई समेत प्रमाणको भार हुने फैसला गरेको छ ।
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सुझाव
प्रमुख राजनीतिक दलका नेताहरूले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम छिट्टै पूरा गरी द्वन्द्व व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल एक चीनको सिद्धान्तमा अडिग
राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे र जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातरबिच भेटवार्ता भएको छ ।
सम्बन्ध थप बलियो बनाउँछु : राजदूत ओली
नेपालका तर्फबाट चीनका लागि नवनियुक्त राजदूत कृष्णप्रसाद ओलीले दुई छिमेकी मुलुकको सम्बन्ध थप प्रगाढ बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ ।
विपतमा चौध वर्षयताकै बढी मानवीय क्षति
नेपालमा यस वर्षको मनसुनमा प्राकृतिक विपत्तिले १४ वर्षयताकै बढी मानवीय क्षति गरेको छ ।
परम्परागत रुपमा भण्डारण गरिएको मकै
म्याग्दीको बेनी नगरपालिका– ढावामा परम्परागत शैलीबाट थाक्रो बनाएर भण्डारण गरिएको मकै । मकैलाई घुन, किरा, मुसाबाट जोगाउन तथा सुकाउनका लागि ग्रामीण क्षेत्रमा थाक्रो बनाएर मकै भण्डारण गर्ने चलन रहेको छ ।
संकटमा परेको हुड्के नाच
जुम्लाको तिला गाउँपालिकाद्वारा आयोजित साक्षर गाउँपालिका घोषणा कार्यक्रममा यहाँका स्थानीयवासी हुड्के नाच प्रस्तुत गर्दै । पछिल्लो समयमा हुड्के नाचको उचित संरक्षणमा ध्यान जान नसकेपछि सङ्कटमा परेको स्थानीयको भनाइ छ ।
मेडिसिटी अस्पतालमा मिर्गौला ‘गायब विवाद’ चर्क्यो
मेडिसिटी अस्पतालमा मिर्गौला विवाद चर्क्यो
म्याद नाघेका सामग्रीले उपभोक्ता हैरान
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ नागीमा मङ्गलबार बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामग्री नष्ट गरिँदै । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा ७ र ८ नम्बर वडाका ३६ वटा पसल अनुगमनका क्रममा भेटिएको करिब रु ५१ हजार ९४० बराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको हो ।
स्कारपियोको ठक्करबाट एकको मृत्यु
सुनसरीको रामधुनी नगरपालिका –२ शिवचोकस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा रामधुनी –९ की ३६ वर्षकी सोनीयाकुमारी चौधरीको मृत्यु भएको हो ।