• ७ मंसिर २०८१, शुक्रबार

प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर ६ गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

समाजिक सञ्जालको दुरुपयोग गरी किर्ते कागजपत्रमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गरेको पाइएपछि मङ्गलबार प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरेको थियो । प्रसाईंले सार्वजनिक गरेको किर्ते कागजपत्रमा कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत अपुष्ट विवरण सार्वजनिक गरिएको थियो ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार साइबर अपराधको आरोपमा प्रसाईंमाथि ब्युरोले अनुसन्धान सुरु गरेको छ । विद्युतीय कारोबार ऐन अनुसार प्रहरीले प्रसाईंलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । आरोप प्रमाणित भए प्रसाईंमाथि एक लाख रुपियाँ जरिबाना वा पाँच वर्ष कैद तथा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।