‘प्याकेज’ का साथ कर छुटको अपेक्षा गरेको जापानी प्रधानमन्त्रीको भनाइ
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी करबाट राहत पाउनका लागि आवश्यक ‘प्याकेज’ उपलब्ध गराउने र कर छुटको प्रस्ताव गर्ने बताउनुभएको छ ।
भारतको मुख्य शेयर सूचकाङ्क खुल्दा ३% भन्दा बढीले गिरावट
बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ ।
विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा
अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनका एक उच्च अधिकारीले अमेरिकी कम्पनीहरूको संरक्षण गर्ने प्रतिज्ञा गरेका छन् । साथै उनले आफ्नो देश विदेशी लगानीका लागि ‘आशाजनक भूमि’ रहने वचन दिएको बेइजिङले सोमबार बताएको छ ।
विवादित टापु विवादबिच जापानी एनजिओमाथि रुसको प्रतिबन्ध
टोकियोसँगको उत्तेजनाबिच रुसले सोमबार दोस्रो विश्वयुद्धको समयमा मस्कोले कब्जा गरेको विवादित टापु शृङ्खलालाई फिर्ता गर्न आह्वान गर्ने जापानी समूहलाई गैरकानूनी घोषित गरेको बताएको छ ।
चीनले ट्रम्पको करविरुद्ध प्रतिक्रिया दिँदै गर्दा सेयर बजार आतङ्कित
चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ ।
दक्षिणपूर्वी एसिया अमेरिकी करविरुद्ध ‘दृढ रहनुपर्छ’ : मलेसियाका प्रधानमन्त्री
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार दक्षिणपूर्वी एसियाली देशहरूलाई अमेरिकी करबाट सबैभन्दा बढी प्रभावित भएपछि ‘दृढ भएर उभिन’ आह्वान गर्नुभएको छ ।
जापानी सम्राटद्वारा द्वितीय विश्वयुद्धको युद्धस्थल इवोजिमाको भ्रमण
जापानका सम्राट नारुहितोर साम्राज्ञी मासाकोले सोमबार दोस्रो विश्वयुद्धको अन्त्यको ८० औँ वार्षिकोत्सव मनाउन सानो प्रशान्त टापुइवोजिमाको दुर्लभ भ्रमण गर्नुभएको छ ।
इजिप्ट र साउदी विदेशमन्त्रीबिच गाजा युद्धविराम प्रयासबारे छलफल
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका साउदी समकक्षी फैसल बिन फरहान अल साउदले गाजा पट्टीमा युद्धविराम सम्झौता पुनः सुरु गर्ने प्रयासहरूको बारेमा छलफल गर्नुभएको छ ।
विश्व ट्रम्पको भन्सार शुल्क कम गर्न हतारिँदै : ह्वाइट हाउस
संयुक्त राज्य अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका कठोर भन्सार शुल्कहरू कम गर्नका लागि ५० भन्दा बढी देशले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता खोजेको ह्वाइट हाउसले आइतबार बताएको छ ।
गाजामा इजरायली हमलामा १५ जनाको मृत्यु
स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा गाजा पट्टीमा राति र आइतबारसम्म १० महिला र बालबालिकासहित कम्तीमा १५ जनाको ज्यान गएको छ ।
इरानका उच्च कूटनीतिज्ञद्वारा अमेरिकासँगको प्रत्यक्ष वार्ता अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सिधा वार्ता गर्न चाहेको बताइरहेका समय इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार अमेरिकासँगको प्रत्यक्ष वार्तालाई ‘अर्थहीन’ भन्दै यस्तो सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।
अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।
अमेरिकी जवाफ ‘कमजोर’ भएको जेलेन्स्कीको भनाइ
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको क्षेप्यास्त्र आक्रमणमा नौ बालबालिकासहित १८ जनाको मृत्यु हुनुमा रुसको आलोचना गर्न कञ्जुसाईँ गरेको भन्दै अमेरिकी दूतावासको आलोचना गर्नुभएको छ ।
नेतन्याहू र ट्रम्पबिच सोमबार भेटवार्ता हुने
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ ।
म्यानमारमा एक हप्तामा ८१ परकम्प
म्यानमारमा एक हप्तामा २.८ देखि ७.५ म्याग्निच्यूडका ८१ वटा परकम्प गएको म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ ।
यो आर्थिक क्रान्ति हो, सजिलो छैन तर हामी जित्छौं: राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरे पनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भारतीय प्रधानमन्त्री श्रीलङ्कामा, रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्डमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा भाग लिई शुक्रबार श्रीलङ्का आइपुग्नुभएको छ ।
अमेरिकी करको प्रभाब कम गर्न बङ्गलादेशी सरकार र व्यवसायीबीच छलफल आह्वान
विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक राष्ट्र बङ्गलादेशका टेक्सटाइल व्यवसायसँग सम्वद्ध नेताहरूले अमेरिकी करले प्रमुख उद्योगका लागि ‘ठूलो धक्का’ भएको बताएपछि बङ्गलादेशका अन्तरिम नेताले शनिबार आपतकालीन बैठक आह्वान गर्नुभएको छ ।
फ्रान्स र बेलायतका सैन्य प्रमुखहरूको युक्रेनी नेतासँग ‘आश्वासन’ विकल्पहरू बारे छलफल
बेलायती र फ्रान्सेली सेना प्रमुखहरूले युक्रेनी सेनालाई बलियो बनाउन र रुससँगको शत्रुता अन्त्य भएपछि युद्धग्रस्त देशलाई सहयोग गर्ने तरिकाहरूबारे छलफल गर्न यस हप्ता किएभको यात्रा गरेको फ्रान्सका थिएरी बुर्खार्डले शनिबार बताउनुभएको छ ।
गाजामा हमासको प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी
इजरायल रक्षा बल (आइडिएफ) ले शुक्रबार एक वक्तव्यमा गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकर्ता मानिएका सइद अहमद अबेद खुदारीलाई मारेको बताएको छ ।
ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागु, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै व्यापक भन्सार शुल्क शनिबार लागु भएको छ । यसले प्रतिक्रियास्वरूप जवाफी कारबाही र बढ्दो व्यापारिक तनाव निम्त्याउन सक्छ र विश्व अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्छ ।
म्यानमारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो
म्यानमारमा ठुलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।
पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प
पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
फ्रान्सेली विदेशी भूभागमा अमेरिकाद्वारा कर कटौती
वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ ।