मस्कोमा विस्फोट हुँदा एकको मृत्यु, चार घाइते
रूसको राजधानी मस्कोको एक अत्याधुनिक आवासीय भवनमा सोमबार भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।
सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ
सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ ।
ग्रामीमा शीर्ष कन्ट्री एल्बम सम्मान बियोन्सेलाई
बियोन्सेले आइतबार आफ्नो संस्कृति–हल्लाउने ‘काउब्वाइ कार्टर’ का लागि वर्षको सर्वश्रेष्ठ कन्ट्री एल्बमको ग्रामी जित्नुभयो । यो एल्बमले लामो समयदेखि अश्वेत कलाकारहरूलाई किनारा लगाएको आरोप लागेको न्यासभिल–केन्द्रित उद्योगको आलोचना गरेको छ ।
इजरायलद्वारा १८३ प्यालेस्टिनी कैदी रिहा
हमाससँग जारी युद्धविराम सम्झौताअन्तर्गत चौथो बन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।
गाजा छोड्दै बिरामी र घाइते प्यालेस्टिनी
बिरामी र घाइते प्यालेस्टिनीहरूको एउटा समूह गाजापट्टीबाट रफाह क्रसिङतर्फ हुँदै विदेशमा उपचारका लागि हिँडेका छन् । जुन आठ महिनामा पहिलो घटना हो ।
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
यौन दुर्व्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले शनिबार कानुनको घोषणा गरेको छ । ‘एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ ।
इरानद्वारा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन
इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको छ ।
नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्नुहुने भएको छ ।
सोमालियामा आईएसका ‘प्रमुख’ नेता लक्षित अमेरिकी कारबाहीमा कैयौँ आईएस लडाकूको मृत्यु
सोमालियाको अर्धस्वायत्त पुन्टल्याण्ड क्षेत्रको सरकारले अमेरिकी सेनाको कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका ’प्रमुख व्यक्तिहरू’ मारिएको आइतबार बताएको छ ।
अमेरिकाले लगायो चिनियाँ सामानमा १० प्रतिशत कर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
म्यानमारले थप्यो आपतकालको अवधि ६ महिना
म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले देशमा आपतकालको अवधि ६ महिना थप गरेको छ । शुक्रबार नेपि तावमा आयोजित बैठकमा उपस्थित सबै सदस्यहरूले आपतकालीन अवधि बढाउन सहमति जनाएका छन् ।
शनिबार तीन इजरायली बन्धक रिहा, बदलामा १८० प्यालेष्टिनी बन्दी रिहा
हमासका लडाकूसमूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन् ।
जर्मनीका पूर्व राष्ट्रपति कोहलरको ८१ वर्षको उमेरमा निधन
सन् २००४ देखि २०१० सम्म अफ्रिकाका राष्ट्रप्रमुख रहेका जर्मनीका पूर्व राष्ट्रपति होस्रट कोहलरको शनिबार निधन भएको छ । उहाँ ८१ वर्षको हुनुहुन्थ्यो ।
दक्षिण कोरियामा डुङ्गा पल्टिँदा एककाे मृत्यु, तीन बेपत्ता
दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुई वटा डुङ्गा डुब्दा एककाे मृत्यु भएकाे छ भने तीन बेपत्ता भएका छन् ।
भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ ।
लेबनानको आर्थिक सुधारमा विश्व बैङ्कको प्रतिबद्धता
लेबनानका लागि संयुक्त राष्ट्रका मानवीय संयोजक इमरान रिजाले बिहीबार लेबनानका राष्ट्रपति जोसेफ आऊनसँगको भेटमा विश्व बैङ्क लेबनानलाई सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
उच्च प्रविधि क्षेत्रमा लगानी बढाउने इजरायलको प्रतिबद्धता
इजरायली उद्योग मन्त्रालयले बुधबार हाई–टेक (उच्च प्रविधि) क्षेत्रहरूको पूर्वाधार स्थापना गर्न राष्ट्रव्यापी योजनाको घोषणा गरेको छ ।
शनिबार तीन इजरायली बन्धक रिहा हुँदै
इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास)बिच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
अमेरिकाको घातक हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु
आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प
क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्याउनुभएको छ ।
पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी उत्तरी गाजामा फर्किए
हमासद्वारा सञ्चालित मिडिया कार्यालयले विगत ७२ घण्टामा पाँच लाखभन्दा बढी विस्थापित प्यालेस्टिनी उत्तरी गाजामा फर्किएको बताएका छन् ।
३० हजार आप्रवासीलाई हिरासतमा राख्न ट्रम्पको आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिनुभएको छ ।
गाजाका बन्धकहरूको रिहाइमा थाई प्रधानमन्त्री ‘हर्षित’
थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावत्राले बिहीबार गाजामा एक वर्षभन्दा बढी समयदेखि बन्धक बनाइएका पाँच थाई नागरिकको रिहाइमा ‘हर्षित’ भएको बताउनुभएको छ ।
इजरायली कैदी आदानप्रदानमा शीर्ष प्यालेस्टिनी लडाकू रिहा
धेरै इजरायलीको हत्या गर्ने आक्रमणहरूका लागि जेल परेका प्यालेस्टिनी लडाकू समूहका पूर्व नेता जकरिया जुबेदी बिहीबार इजरायल र हमासबीचको गाजा युद्धविराम सम्झौताको हिस्साका रूपमा रिहा भएका छन् ।