नाइजेरियामा भिडन्त हुँदा २२ सैनिकको मृत्यु
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम सहरमा सशस्त्र विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको सेनाले जनाएको छ ।
भारतको महाराष्ट्रमा‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको मृत्यु भएको छ ।
समुद्री मार्गपछि सिधा हवाई उडान सुरु गर्ने योजना बनाउँदै बङ्गलादेश र पाकिस्तान
बङ्गलादेश र पाकिस्तानले आफ्नो द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न कदम चालेका छन् । दुवै देशले सिधा समुद्री सेवा सुरु गरेपछि सिधा उडानहरू पुनः सुरु गर्ने दिशामा काम गरिरहेका छन् ।
नासाका अन्तरिक्ष यात्रीद्वारा आइएसएसबाट महाकुम्भ मेलाका भव्य तस्विर साझा
नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महा कुम्भ मेलाको मनमोहक तस्बिरहरू साझा गर्नुभएको छ ।
इजरायल र हमास : थप छ बन्धक रिहाइ गर्ने सहमति
इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ ।बन्धक र कैदी आदानप्रदानका लागि थप कूटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजापट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन् ।
जापानको ओसाकाद्वारा सडकमा धूमपान गर्न प्रतिबन्ध
यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको एक हिस्साका रूपमा जापानी सहर ओसाकाले सोमबार सार्वजनिक सडकहरूमा धूमपानमा प्रतिबन्ध लगाएको छ ।
ट्रम्पको धम्कीपछि निर्वासित नागरिकलाई स्वीकार गर्न कोलम्बिया सहमत
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामूहिक निर्वासन योजनाको अवज्ञालाई सजाय दिन पीडादायी शुल्क लगाउने धम्की दिएको केही घण्टापछि कोलम्बिया आइतबार अमेरिकी सैन्य विमानमा पठाइएको निर्वासित नागरिकहरूलाई स्वीकार गर्न सहमत भएको छ ।
कोरियाली राष्ट्रपतिमाथि ‘विद्रोहको नेतृत्वकर्ता’ मा अभियोजन
दक्षिण कोरियाली अभियोजकहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको मार्सल लको असफल घोषणापछि उहाँमाथि आइतबार ‘विद्रोहको मुख्य नेता’ का रूपमा अभियोजन गरेका छन् र निलम्बित नेतालाई हिरासतमा रहन आदेश दिएका छन् ।
दुई हजार पाउन्डको बम पठाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ववर्ती अमेरिकी सरकारले दुई हजार पाउन्डको बमको प्रावधानमा रोक लगाएको भन्ने समाचार सार्वजनिक भइरहेका समय अमेरिकी राष्ट्रपतिमा अघिल्लो हप्ता मात्र पुनरागमन गरेका ट्रम्पले इजरायलले अर्डर गरेका ‘धेरै कुरा’ अहिले आपूर्ति भइरहेको बताउनुभएको छ।
जापानमा रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ
जापानको राजधानी टोकियोको एक रेल स्टेसनमा छुरा प्रहार गरी एक जनाको हत्या गर्ने एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहा
यमनका हुथी विद्रोहीले शनिबार १५३ जना ‘द्वन्द्वसँग सम्बन्धित’ कैदीलाई रिहा गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)ले जनाएको छ । सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले कब्जा गरेको यमनको राजधानी सानामा ती कैदीलाई रिहा गरिएको हो ।
इजरायली चार बन्धक रिहा, बदलामा दुई सय प्यालेस्टिनी कैदीको पनि रिहाई
प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रमअन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ ।
हमासले शनिबार थप चार इजरायली बन्धकलाई रिहा गर्ने
गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ । इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ ।
युक्रेनको विषयमा वार्ताका लागि रुस तयार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताउनुभएको छ । नेता पुटिनले भन्नुभयो, “हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी बिषयमा वार्ताका लागि तयार छौँ ।”
अमेरिकासँग व्यापार युद्ध नहुने : मेक्सिको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिकासँग कुनै व्यापार युद्ध नहुने बताउनुभएको छ ।
पाकिस्तानले एआई प्रविधिमा युवालाई प्रशिक्षित गर्ने
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले आफ्नो देशले युवालाई विकसित प्राविधिक परिदृश्यमा फस्टाउनका लागि शिक्षाको परिवर्तनकारी शक्तिलाई मान्यता दिएको बताउनु भएको छ ।
चीनद्वारा नयाँ ‘सञ्चार प्रविधि उपग्रह’ प्रक्षेपण
चीनले बिहीबार सिचुवान प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको नयाँ उपग्रह पठाएको छ ।
ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ।
सन् २०२० पछि पहिलो पटक मौद्रिक नीतिलाई खुकुलो पार्दै सिङ्गापुर
सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले शुक्रबार आफ्नो मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको छ । सन् २०२० पछि पहिलो पटक खुकुलो नीति पार्ने कदम चालेको छ । नीतिलाई दुई वर्षमा पहिलो पटक समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।
दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान सुरू भएको अर्को डढेलो (लगुना डढेलो) को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ ।
अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता
अस्ट्रेलियाका प्रधानमन्त्रीले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गर्नुभएको छ ।
गाजाको भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने
गाजामा रहेको भग्नावशेष हटाउन पाँच वर्षसम्म लाग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् ।
नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए
नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ ।
बलात्कारपछि हत्यामा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
भारतको एक अदालतले किशोरीको बीभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुवा र भतिजीको हत्या गरेको अभियोगमा पाँचजनालाई मृत्यु दण्डको सजाय सुनाएको छ ।