इजरायली सेनाद्वारा गाजामा दुई प्यालेस्टिनी पत्रकारको हत्या
इजरायली सेनाले गाजा पट्टीमा दुई छुट्टाछुट्टै आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश
देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।
फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाउन खोजिएको चीनको भनाइ
फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबिच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गरेको छ ।
रोहिङ्ग्या शरणार्थीका लागि करिब एक अर्ब डलर माग
संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थी र उनीहरूका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ र साझेदारले करिब एक अर्ब अमेरिकी डलर सहयोग माग गरिरहेको जनाएको छ ।
अमेरिका र रुसबिच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
वासिङ्टन र किएभका प्रतिनिधिहरूबिच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन् ।
हानलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न दक्षिण कोरियाली अदालतको आदेश
दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक सोविरुद्धको महाभियोग खारेज गर्दै उहाँलाई कार्यवाहक राष्ट्रपतिमा पुनः नियुक्त गर्न आदेश दिएको छ ।
सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।
अवैध बालुवा उत्खननबाट २० हजार भियतनामी विस्थापित
भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण विभागका अनुसार अवैध बालुवा उत्खनन जोखिमका कारण लगभग २० हजार घरपरिवारलाई पुनर्वास गर्न आवश्यक रहेको जनाएको छ ।
इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ ।
लेबनानमा इजरायली हवाई आक्रमण : ६ जनाको मृत्यु, २८ घाइते
लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते
संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा आक्रमण
लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।
सुडानी सेनाद्वारा मध्य खार्तुममा थप रणनीतिक स्थल कब्जा
सुडानी सशस्त्र बलले शनिबार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले बताउनुभयो ।
जापान, चीन र दक्षिण कोरिया शान्ति र सहयोग प्रवद्र्धन गर्न सहमत
दक्षिण कोरिया र चीनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नु साझा जिम्मेवारी भएको तीन देशका शीर्ष कूटनीतिज्ञको बैठकमा शनिबार सहमति भएको छ ।
इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका
मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताउनुभएको छ ।
भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : प्रधानमन्त्री मोदी
प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोरÞ्याउनु भएको छ ।
आगलागीपछि अवरूद्ध हिथ्रो विमानस्थल पूर्णरुपमा सञ्चालित
युरोपको अति व्यस्तमध्येको हिथ्रो विमानस्थल ’पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थल प्रशासनले बताएको छ ।
पाकिस्तानमा तालिबानद्वारा पाँच प्रहरी अधिकारीको हत्या
पाकिस्तानी तालिबानले देशको उत्तरपश्चिममा शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा पाँच प्रहरी अधिकारीको हत्या गर्नुका साथै अन्य छ जनालाई घाइते बनाएको प्रहरीले शुक्रबार जनाएको छ ।
अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन
अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्र्दै आउनुभएका जर्ज वेलको ६७ वर्षको उमेरमा बिहीवार निधन भएको हो । परिवार र आफन्तहरुको साथमा नै उहाँको निधन भएको समाचारपत्रमा जनाइएको छ ।
रुसी सुरक्षा प्रमुखको भ्रमणअघि उत्तर कोरियाद्वारा नयाँ हतियारको परीक्षण
रुसका सुरक्षा प्रमुख नेता किम जोङ उनसँग वार्ताका लागि प्योङयाङ आइपुगेपछि उत्तर कोरियाले शुक्रबार नयाँ हतियार प्रणालीको परीक्षण गरेको बताएको छ । यसले उसको लडाकू तत्परतालाई बढाउनेछ ।
युक्रेनबारे ‘गठबन्धन’ शिखर सम्मेलनको घोषणा
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रुससँगको युद्धमा सम्भावित युद्धविरामको योजनालाई अन्तिम रूप दिन युक्रेन समर्थकहरूको गठबन्धनका नेताहरूको अर्को हप्ता पेरिसमा पुनः बैठक हुने बताउनुभएको छ ।
इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह
दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको थियो ।
जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै
ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले प्रभाव पार्दै गर्दा प्राकृतिक सतहको पानी गुमाउँदै गरेको बताएको छ ।