लेबनान, चैत ११ गते । लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
साथै २८ जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो । जसमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । पूर्वी लेबनानमा भएकाे आक्रमणमा ६ जना घाइते भएको बताएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल