• १८ चैत २०८१, सोमबार

अमेरिकी स्वास्थ्य विभागले १० हजार पूर्णकालीन कर्मचारी कटौती गर्ने

blog

अमेरिका, चैत १५ गते । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आफ्नो पुनर्संरचना प्रयासको एक भागको रूपमा करिब १० हजार पूर्णकालीन कर्मचारी कटौती गर्ने भएको छ । यसले करदाताहरूलाई प्रतिवर्ष १.८ अर्ब डलर बचत गर्नेछ । 

जसमा प्रारम्भिक अवकाश र फोर्क इन द रोड समावेश छ । पुनर्संरचनामा ८२ हजारबाट ६२ हजार पूर्णकालीन कर्मचारीहरूको कुल आकार घटाइने छ । 

सङ्घीय कर्मचारीहरूलाई कटौती गर्ने ट्रम्प प्रशासनको ठुलो कारबाहीले धेरै मुद्दाहरू निम्त्याएको छ । यी कानुनी चुनौतीहरूले कर्मचारी कटौतीसम्बन्धी प्रशासनको अधिकार र प्रक्रियामाथि प्रश्न उठाउँछन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल