फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरभेटिभ
जर्मनीको अर्को चान्सलर बन्ने अपेक्षा गरिएका फ्रेड्रिक मेर्जले आफ्नो क्रिश्चियन डेमोक्रेट पार्टीको कन्जरभेटिभ जरामा फर्केर व्यवसायलाई सहयोग गर्दै र आप्रवासनमा कडाइ गर्दै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा शासन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो
भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडका क्रममा परी मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।
माली सुनखानी दुर्घटनामा कम्तीमा ४८ जनाको मृत्यु
पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुनखानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरू र स्थानीय स्रोतहरूले बताएका छन् ।
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु
शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ ।२५ भन्दा बढी घाइते भएका छन् ।
इजरायली जेलबाट ३६९ प्यालेस्टिनी कैदी रिहा
काठमाडौँ, फागुन ४ गते । इजरायली अधिकारीहरूले शनिवार इजरायल र हमास बिचको छैटौँ बन्धक बन्दी आदानप्रदानका क्रममा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् । प्यालेस्टिनी कैदी क्लबका प्रमुख अब्दुल्लाह अल–जाघारीले मुक्त गरिएका कैदीहरूमा आजीवन कारावास भोगिरहेका ३६ जना व्यक्तिहरू र अक्टोबर ७, २०२३ मा भएको आक्रमणपछि इजरायलले गाजापट्टीमा पक्राउ गरेका ३३३ बन्दीहरू समावेश रहेको बताउनुभयो । प्यालेस्टिनी स्रोतहरू र प्रत्यक्षदर्शीहरूले कैदीहरूलाई परिवारका सदस्यहरू र रेडक्रसका कार्यकर्ताहरूले रमल्लाह सांस्कृतिक दरबारको आँगनमा स्वागत गरेका थिए । रिहाइअघि प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले रामल्लाहको पश्चिममा रहेको बेइटुनिया सहरमा आक्रमण गरेको बताए । हमास र इस्लामिक जिहाद दुवै प्यालेस्टिनी समूहहरूले शनिवार गाजामा राखिएका तीन इजरायली बन्धकहरूलाई रिहा गरेका छन् । जनवरी १९ देखि लागू भएको र ६ हप्तासम्म चल्ने युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत लगभग २ हजार प्यालेस्टिनीहरूको बदलामा ३३ इजरायली बन्धकलाई रिहा गरिने अपेक्षा गरिएको छ । अहिलेसम्म पाँच थाई नागरिकसहित १९ इजरायली बन्धकलाई रिहा गरिएको छ । सिन्ह्वाको सहयोगमा
पाकिस्तानमा बम विस्फोट: ११ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौँ, फागुन ४ गते । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । हरनाईका उपयुक्त हजरत वलीले बताएअनुसार हरनाईको शाहराग क्षेत्रमा मजदुर बोकेको गाडीमा सडक छेउमा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थल पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ, जहाँ एक जोडीको अवस्था गम्भीर छ । उपयुक्तले सडकको छेउमा राखिएको विस्फोटक पदार्थ राखिएको र यसलाई रिमोट कन्ट्रोल उपकरणबाट विस्फोट गराइएको थियो । मजदुरहरू कोइला खानीमा काम गर्न जाँदै गर्दा आक्रमणमा परेको अधिकारीले बताए । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।सिन्ह्वाको सहयोगमा
लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जना पक्राउ
लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गरेको आरोपमा २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक्रमणमा बलको निवर्तमान उप कमाण्डरसहित दुई शान्ति सेना घाइते हुनुभयो ।
कङ्गोको युद्ध रोक्न राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसद्वारा आग्रह
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले रुवान्डासमर्थित लडाकूहरूले डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) को दोस्रो प्रान्तीय राजधानी कब्जा गरेको भोलिपल्ट अफ्रिकी शिखर सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको ‘क्षेत्रीय अखण्डता’को सम्मान गर्न र क्षेत्रीय युद्धबाट जोगिन आग्रह गर्नुभएको छ ।
‘सार्वभौमिकता सुरक्षित’ भएमा मात्र युक्रेनमा शान्ति सम्भव : जर्मन चान्सलर
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र रूसबीचको युद्ध वास्तवमै शान्तिका साथ अन्त्य हुने बताउनुभएको छ ।
फिलिपिन्समा डेङ्गुको प्रकोप
फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलिएको छ । क्वेजोनका नगर प्रमुखले शनिबार डेङ्गुको प्रकोप फैलिएको घोषणा गर्दै नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।
हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो
गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् । बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ ।
गाजा युद्धविरामः इजरायली बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी
गाजाका लडाकूहरूले इजरायली हिरासतमा रहेका ३६९ प्यालेस्टिनीहरूको बदलामा शनिबार तीन इजरायली बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युक्रेनको ‘सुरक्षा सुनिश्चितता’ का लागि माग
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताउनुभएको छ ।
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीनजना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पको टिप्पणीपछि अमेरिकाले सैन्य कटौतीमा नेतृत्व लिनुपर्छ : चीन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गर्नुभएपछि बेइजिङले शुक्रबार अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ ।
जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने
जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने बताएको छ । चामल राष्ट्रको प्रिय मुख्य खाद्यान्न हो ।
हमासले शुक्रबार रिहा गर्ने इजरायली बन्धकको नाम सार्वजनिक गर्ने अपेक्षा
इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गर्नुभएको छ । साथै ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका धेरै जसो क्षेत्रमा नयाँ अमेरिकी प्रशासनको दण्डात्मक दृष्टिकोणलाई अस्वीकार गर्ने बन्धनलाई पुनर्जीवित गर्दै व्यापार बढाउने वाचा गर्नुभएको छ ।
एडिडासलाई १५ हजार डलर जरिवाना
टर्कीले जर्मनीको खेल उपकरण कम्पनी एडिडासको एउटा प्रमुख जुत्ताको मोडलमा सुँगुरको छाला भएको जानकारी नदिएको भन्दै १५ हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ ।
भारतमाथि पारस्परिक कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतमाथि पारस्परिक कर लगाउने बताउनुभएको छ । भारत र अमेरिका एक पारस्परिक राष्ट्र भएकाले पारस्परिक कर नै लगाइने उहाँको भनाइ छ ।
दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु
दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ ।
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै तर दुबैसँग एक–एक घण्टा टेलिफोन वार्ता गरी शान्ति वार्ता सुरु गर्न सुझाव दिनुभएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचारहरू छापिएका छन् ।
सुधारका लागि ‘राष्ट्रिय सहमति आयोग’ गठनः बङ्गलादेश
बङ्गलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति आयोग गठन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्ले बुधबार जारी गरेको परिपत्रअनुसार अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा ‘राष्ट्रिय सहमति आयोग’ गठन गरिएको हो ।