भारतबाट हुने खतराप्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान
भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमहरूको कडा प्रतिवाद गरेको छ।
अमेरिका–चीन व्यापार वार्ता जारी रहेको दाबी ‘आधारहीन’ : बेइजिङ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाउनुभएको भारी भन्सार महसुल घटाउने सम्झौताको सम्भावनालाई प्रमुखताका साथ उठाएपछि बेइजिङले बिहीबार वासिङ्टनसँग चलिरहेको व्यापार वार्ताको कुनै पनि दाबी ‘आधारहीन’ भएको बताएको छ ।
कश्मीर आक्रमणकारीलाई ‘पृथ्वीको कुनाकुना’सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको छ ।
अमेरिकीले एमसिसी कार्यक्रम बन्द गर्यो
अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डिओजिइ) ले यो निर्णय गरेको हो।
कश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत
सन् २००० पछि कश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछि बुधबार कश्मीरमा भारतीय सुरक्षा बलले ठुलो खोजी अभियान सञ्चालन गरेको छ ।
जम्मू–कश्मीर आक्रमण : मोदीले साउदी भ्रमण छोट्याए
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गर्नुभएको छ । उहाँ आज राति भारत फर्कनुहुनेछ ।
जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए
भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ भन्ने जानकारी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ । साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उहाँले अप्रिल २२ देखि २३ सम्म साउदी अरबको भ्रमण गर्नुहुने बताइएको छ ।
ट्रम्पको धम्कीले क्युबेकलाई क्यानडाको नजिक ल्याउँदै
लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।
न्युजिल्यान्डको मस्यौदा कानुनले पुरुष, महिलाको ‘जैविक’ परिभाषा खोज्ने
न्युजिल्यान्डको सत्ता गठबन्धनको एउटा लोकप्रिय पार्टीले मङ्गलबार ‘क्यान्सरयुक्त सामाजिक इन्जिनियरिङ’ को विद्यमान ‘जागृत विचारधारा’ को निन्दा गर्दै पुरुष र महिलाको जैविक परिभाषा लागू गर्न कानुन प्रस्ताव गरेको छ ।
म्यानमारमा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा
गत महिनाको विनाशकारी भूकम्पपछि म्यानमारमा घोषणा गरिएको युद्धविराम मङ्गलबार समाप्त हुने क्रममा छ । यद्यपि सहायता समूहहरू र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले राहत प्रयासहरूलाई सहज बनाउन यसको विस्तारका लागि आह्वान गरेका छन् ।
चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा
चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म चीनमा पाँच करोड सत्तरी लाखभन्दा बढी निजी व्यवसायहरू दर्ता भएका छन्, जुन देशभरका कुल व्यवसायहरूको ९२.३ प्रतिशत हो ।
गाजाको ६९ प्रतिशत भूभागमा इजरायलको निकासी आदेश : राष्ट्रसङ्घीय एजेन्सी
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले आइतबार गाजा पट्टीको ६९ प्रतिशत भूभाग इजरायली निकासी आदेशअन्तर्गत रहेको बताएको छ ।
पोप फ्रान्सिसको निधन : भ्याटिकन
पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको छ ।
इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्यो : युक्रेन
मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि रुसले पूर्वी र दक्षिणी युक्रेनमा हवाई आक्रमण पुनः सुरु गरेको युक्रेनका क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।
इजरायली हवाई आक्रमणबाट गाजामा २५ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् ।
अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु
आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।
गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु
गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ । इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ ।
कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेका छन् ।
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।
इस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार
श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ । प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ ।
लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : राष्ट्रसङ्घ
लिबियामा बारुदी सुरुङ हटाउने कामलाई निरन्तरता दिनु र जनतालाई सुरक्षासम्बन्धी चेतना दिनु अहिले पनि धेरै आवश्यक रहेको राष्ट्रसङ्घका एक उच्च अधिकारीले बताउनुभएको छ ।
चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता ‘शेइयान–२७’ उपग्रह प्रक्षेपण
चीनले शनिबार बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।
किएभलाई ९०९ युक्रेनी सैनिकको शव प्राप्त
किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको बताएको छ । यो तीन हप्तामा दोस्रो पटक स्वदेश फिर्ता भएको हो ।