बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिनुभएको छ ।
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्ष जेल सजाय
जापानका पूर्व प्रधानमन्त्री फुमियो किशिदालाई सन् २०२३ मा पाइप बमले मार्ने प्रयास गरेको आरोपमा बुधबार एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
अस्ट्रेलियाले नगद दर ४.१ प्रतिशतमा कटौती गर्यो
अस्ट्रेलियाको केन्द्रीय बैंकले नोभेम्बर २०२० पछि पहिलो पटक मङ्गलवार ब्याजदर घटाएको छ । २५ आधार बिन्दुको कटौतीले देशको आधिकारिक नगद दर ४.१ प्रतिशतमा ल्याएको छ ।
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गर्नुभएको छ ।
चीनमा १७ वटा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्था स्थापना
चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।
इन्डोनेसियाले ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी ९ईभी० चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
रुसले आगामी महिनाहरूमा अमेरिकासँग आर्थिक वार्तामा ‘प्रगति’ हुने अपेक्षा गरेको एक रुसी वार्ताकारले मङ्गलबार साउदी अरेबियामा बताएका छन् । साउदी अरेबियामा दुवै देशका शीर्ष अधिकारीहरुले भेट गरिरहेका छन् र वार्ताबाट क्रेमलिनले सम्बन्धको ‘पुनःस्थापना’ हुने आशा गरेको छ ।
साउदी अरबमा अमेरिका–रुस वार्ता सुरु, युक्रेनलाई स्थान छैन
अमेरिका र रुसका उच्चस्तरीय कूटनीतिज्ञहरू मङ्गलबार साउदी अरबमा भेट्दैछन् । त्यहाँ उनीहरूका बिग्रेका सम्बन्धहरू पुनःस्थापित गर्ने र युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको सुरुआत गर्ने वार्ता हुँदैछ ।
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठुलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।
सन् २०३५ मा उत्सर्जन घटाउने जापानको लक्ष्य
जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले संशोधित लक्ष्य विश्वव्यापी तापमान वृद्धिलाई सीमित गर्न पेरिस सम्झौताअन्तर्गत आवश्यकभन्दा कम भएको बताएका छन् ।
लेबनानबाट इजरायली सेनाको फिर्तीको समयसीमा समाप्त
इजरायलले पाँच वटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घण्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिकहरू बाहिर निस्कनुपर्ने समयसीमा मङ्गलबार समाप्त भएको छ ।
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको बिबिसीमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर अध्यक्षमा पौडेल
अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन गरिएको छ। सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टर गठन गरेको हो ।
संसदमा झुट बोलेको अभियोगमा सिङ्गापुरका विपक्षी नेतालाई जरिवाना
सिङ्गापुरका विपक्षी दलका नेतालाई संसदमा झुट बोलेको र पार्टीका एक सदस्यलाई झूटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सोमबार जरिवाना गरिएको छ । सिङुगापुर वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंहलाई एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको हो ।
श्रीलङ्काका बजेट : डिजिटल अर्थतन्त्रको विकासमा जोड
श्रीलङ्काले आफ्नो स्वतन्त्र व्यापार सम्झौता नेटवर्क विस्तार गर्न र साना तथा मझौला आकारका उद्यमहरूलाई कच्चा पदार्थमा अझ सजिलै पहुँच गर्न आफ्नो आयात शुल्क संरचनालाई सरल बनाउने तयारी गरेको छ ।
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
गाजामाथि अमेरिकी नियन्त्रण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरेबियाको भ्रमण सुरु गरेसँगै इजरायलको सुरक्षा क्याबिनेटले सोमबार हमाससँगको युद्धविरामको अर्को चरणबारे छलफल गर्न तयारी गरेको छ ।
अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीको तेस्रो समूह उत्तरी भारतमा अवतरण
एक सय १२ अवैध भारतीय आप्रवासी बोकेको एउटा अमेरिकी सैन्य विमान उत्तरी भारतीय सहर अमृतसरको विमानस्थलमा अवतरण गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी र ज्याक मालगायतका उद्यमीबिच भेटवार्ता
चीनका राष्ट्रपति सी चिनफिङले सोमबार अलिबाबाका सहसंस्थापक ज्याक मालगायत निजी क्षेत्रका शीर्ष व्यापारिक नेतृत्वसँग भेटवार्ता गरेको चिनिया सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनमा ट्रम्पको कूटनीतिक आक्रमणपछि युरोपेली नेताहरु पेरिसमा पुनः एकजुट
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी प्यालेसमा प्रमुख युरोपेली सङ्घ (इयु) का राष्ट्रहरू र बेलायतका नेताहरूलाई अमेरिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा आपत्कालीन बैठक बोलाउनुभएको छ ।
तालिबान प्रतिनिधिमण्डल जापानको दुर्लभ यात्रामा
तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको भ्रमण गरेको छ । तालिबान अधिकारीद्वारा विरलै देशबाहिर भ्रमण गर्ने गरेको पाइन्छ।
पाकिस्तानको सिन्धमा तीर्थयात्री बस दुर्घटना: १२ जनाको मृत्यु, १५ घाइते
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रान्तको खैरपुर जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो ।
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
काठमाडौँ, फागुन ५ गते । नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने करिब दुई दर्जन घाइते भएको एक सरकारी अधिकारीले पुष्टि गरेका छन् । पीडितहरू चलिरहेको आध्यात्मिक पर्व महाकुम्भको क्रममा गङ्गा, यमुना र सरस्वतीका तीन नदीहरूको सङ्गम त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तरी राज्य उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने विशेष रेल चढ्न रेलवे स्टेसनमा भेला भएका थिए । रेलवे स्टेसनको एउटा प्लेटफर्ममा रेलको आगमनको बारेमा भ्रमका कारण भागदौड मच्चिएको थियो । मृतकहरूको शव बरामद गरिएको छ । घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको छ । सिन्ह्वाबाट
पाकिस्तानमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ ।
एआई मोडेल ‘लैटमजीपीटी’ सार्वजनिक हुँदै
चिलीको आर्टिफिसियल इन्टेलिजेन्स राष्ट्रिय केन्द्रले यस क्षेत्रको सांस्कृतिक विशिष्टतालाई ध्यानमा राख्दै सन् २०२५ को मध्यमा ‘लैटमजीपीटी’ भनिने ल्याटिन अमेरिकी आर्टिफिशियल इन्टेलिजेन्स (एआई) मोडेलको सुरुवात गर्ने घोषणा गरेको छ ।