माले, वैशाख १ गते । मालदिभ्सले यस वर्ष दक्षिण एसियाली विलासी पर्यटक द्वीपसमूहमा धुम्रपानलाई निषेध गर्ने प्रयास गर्नेछ र हाल १९ वर्षमुनिका कसैलाई पनि कहिल्यै चुरोट किन्न अवैध बनाउने प्रतिबन्ध लगाइनेछ ।
प्रस्तावित कानूनले सन् २००७ जनवरीपछि जन्मिएका व्यक्तिहरूलाई सुर्तीजन्य उत्पादनहरूको बिक्री निषेध गर्नेछ । यसले भविष्यका पुस्ताहरूका लागि धुम्रपानलाई प्रभावकारी रूपमा चरणबद्ध रूपमा हटाउनेछ ।
“नयाँ कानुन सन् २०२५ नोभेम्बर १ देखि लागू हुनेछ”, राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले आइतबार मन्त्रिमण्डलको बैठकपछि जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।
नयाँ कानुन उल्लङ्घन गर्नेका लागि जरिवानाहरू तत्काल घोषणा गरिएको थिएन तर अधिकारीहरूले नयाँ कानुनसँग मिल्ने गरी विद्यमान सुर्ती नियन्त्रण कानुनहरू संशोधन गर्न काम गरिरहेको बताएका छन् ।
बेलायतमा प्रस्तावित यस्तै कानुन अझै विधायी प्रक्रियामा छ भने धुम्रपानविरुद्ध पुस्तागत कानुन लागू गर्ने पहिलो देश न्युजिल्यान्डमा सन् २०२३ नोभेम्बरमा यो पेश भएको एक वर्षभन्दा कम समयमा यसलाई खारेज गरिएको थियो ।
माल्दिभ्सले नोभेम्बरमा धुम्रपानको कानुनी उमेर १८ बाट बढाएर २१ बनायो र ई–सिगरेट र भ्यापिङ उपकरणहरूको आयातमा प्रतिबन्ध लगायो । यी नीतिहरू पर्यटकहरूमा पनि लागू हुनेछ । रासस/एएफपी