• ६ वैशाख २०८२, शनिबार

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

blog

फाइल तस्बिर

 नयाँदिल्ली चैत २९ गते । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपियाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गर्नुभएको छ । 

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ ।

मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ । रासस/सिन्ह्वा