वेस्ट बैङ्कमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग
वेस्ट बैङ्कमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने क्रममा टर्की र अमेरिकाको दोहोरो नागरिकता भएकी महिलाको गोली हानी गरिएको हत्याको परिवारले स्वतन्त्र छानबिनको माग गरेको छ ।
यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु
दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।
अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि
अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।
अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत
अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ ।
पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण
थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
दुई दर्जनभन्दा बढी रूसी ड्रोन खसालेको युक्रेनको दाबी
युक्रेनले रूसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ ।
जर्मनले ५१ मिलियन युरो अनुदान सहायता गर्ने
नेपाल सरकार र जर्मन सरकारबिच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ ।
म्यान्मामा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
म्यान्माको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका छन् ।
प्रेमीले प्रेमिकालाई आगो लगाएपछि...
प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् ।
‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी नेता पुटिनको भनाइ
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताउनुभएको छ ।
हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयद्वारा न्यायको माग
चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि न्यायको माग गर्दै भारतीयहरूको विशाल भीडले मैनबत्ती लिएर बिहीबार बिहानै कोलकाताका सडकहरूमा जुलुस निकालेको छ ।
बङ्गलादेशका निर्वाचन प्रमुखद्वारा राजीनामा
बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । जनवरीमा भएको निर्वाचनमा उहाँले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गर्नुभएको थियो ।
युक्रेनसँग वार्ता गर्न रुस तयार छ : रुसी राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उहाँले अस्वीकार गर्नुभएको थियो ।
चीनमा सुपर टाइफुन यागीका कारण विद्यालय तथा उडान स्थगित
चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘यागी’ सुपर टाइफुनमा परिणत भई टापु प्रान्त हाइनान प्रभावित भएपछि दक्षिणी चीनका सहरहरूमा बिहीबार विद्यालय तथा केही उडानहरू स्थगित गरिएको छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा इजिप्टसँगको गाजा सीमामा सहज नियन्त्रणको माग
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टसँगको गाजा सिमानामा इजरायलले सहज नियन्त्रण राख्न पाउनुपर्ने बताउनुभएको छ । उहाँको यस्तो मागले युद्धविराम प्रयासलाई अवरोध पार्ने खतरा उत्पन्न गरेको छ ।
राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोपमा रुसी निकायमाथि अमेरिकी प्रतिबन्ध
मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको प्रतिक्रियामा संयुक्त राज्य अमेरिकाले रुसका १० व्यक्ति र दुई संस्थामाथि प्रतिबन्ध लगाएको छ ।
आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस
उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने हुनुभएको छ ।
गाजामा हतियार तस्करी गरेको इजरायलको दाबी इजिप्टद्वारा अस्वीकार
इजिप्टले गाजापट्टीमा हतियार तस्करी गर्न इजिप्टको क्षेत्र प्रयोग भएको इजरायलको दाबीलाई अस्वीकार गरेको छ । इजिप्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बयानलाई पूर्ण रूपमा अस्वीकार गरेको हो ।
प्रधानमन्त्री नेतान्याहुले गाजा युद्धविरामलाई ‘विफल’ पार्न खोजिरहेको हमासको आरोप
हमासले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा युद्धविराम सम्झौतालाई “विफल’’ पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।
अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा
महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गर्नुभएको छ ।
चीनले बीआरआई देशका लागि उच्चस्तरीय आईपी सम्मेलन गर्ने
चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ ।
डुङ्गा दुर्घटना हुँदा २० जना बेपत्ता
लाओस, म्यान्मा र थाइल्यान्डको बिचमा अवस्थित ‘गोल्डेन ट्राएङ्गल’ क्षेत्रको मेकोङ नदीमा भएको डुङ्गाा दुर्घटनामा परी कम्तीमा २० जना बेपत्ता भएका छन् । बेपत्ताको मृत्यु भएको आशङ्का गरिएको अधिकारीले बुधबार बताएका छन् ।
यस्तो सहर जहाँ मानिस मृत्युवरण गर्न जान्छन्
वृद्ध भारतीय हिन्दु भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् ।
टर्कीमा मोसादको वित्तीय नेटवर्कका प्रमुख पक्राउ
टर्कीका अधिकारीहरूले इजरायलको मोसाद गुप्तचर एजेन्सीको टर्किएमा वित्तीय नेटवर्कका प्रमुख लिरिडोन रेक्सेपीलाई गिरफ्तार गरेका छन् ।