• ३ वैशाख २०८२, बुधबार

मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह बदावीको निधन

blog

मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावी

क्वालालम्पुर, वैशाख २ गते । मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको उहाँको परिवारले जनाएको छ । अब्दुल्लाहले आफ्ना पूर्ववर्ती महाथिर मोहम्मदबाट पदभार ग्रहण गरेपछि सुधारको बाँचा गर्नुभएको थियो तर कमजोर नेतृत्वका लागि उहाँको आलोचना गरिएको थियो ।

पचासी वर्षीय वृद्ध अब्दुल्लाहको लामो समयसम्म बिरामी रहेपछि सोमबार अस्पतालमा निधन भएको हो । राजकीय सम्मानका साथ मङ्गलबार उहाँको अन्त्येष्टि गरिने छ ।

स्नेहपूर्वक ‘पाक लाह’ वा काका लाह भनेर चिनिने अब्दुल्लाह सन् २००३ मा प्रधानमन्त्री बन्नुभयो र २२ वर्ष सत्तामा रहेपछि राजीनामा दिनुभएका तीक्ष्ण वाक्पटुता अधिनायकवादी नेता महाथिरको उत्तराधिकारी बन्नुभयो ।

उहाँले सन् २००९ सम्म मलेसियाको पाँचौँ प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभयो । उहाँ आम चुनावमा उहाँको सत्तारूढ गठबन्धनको खराब प्रदर्शन र महाथिरको अथक आलोचनापछि पछि हट्न बाध्य हुनुभयो ।

मध्यमार्गी, पितृतुल्य अब्दुल्लाह आफ्नो प्रभावशाली पूर्ववर्तीको तुलनामा एकदम भिन्न हुनुहुन्थ्यो ।

धेरैले अधिनायकवादी शासनबाट बृहत्तर स्वतन्त्रतामा सङ्क्रमणलाई उत्साहित गरे र यसले अब्दुल्लाहलाई सन् २००४ को चुनावमा आफ्नो नेसनल फ्रन्ट गठबन्धनलाई ठुलो विजय दिलाउन मद्दत गर्‍यो ।

तर उहाँलाई कमजोर नेताका रूपमा हेर्नेहरू पनि थिए । आफ्नो कार्यकाल समाप्त भएपछि अब्दुल्लाहले लो प्रोफाइल कायम राख्नुभयो ।

प्रधानमन्त्री अनवर इब्राहिमले अब्दुल्लालाई ‘मलेसियाको सत्ताको राजनीतिमा नयाँ कथा जगाउने महान आत्मा भएको व्यक्ति’ का रूपमा श्रद्धाञ्जली दिनुभयो । रासस/एएफपी