उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु
उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ ।
म्यानमारमा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल
म्यानमारका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको बङ्गला लिलामी गर्न असफल भएका छन् । जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता सुकीको सम्पत्ति बिक्रीले चौथो पटक कुनै बोलीकर्तालाई आकर्षित गर्न सकेन ।
अटो निर्माताहरूमाथि करको प्रभाव कम गर्ने ट्रम्पको अपेक्षा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट प्रभावित भएका अटो निर्माताहरूमाथिको महसुलको प्रभाव कम गर्न सहमत हुनुभएको अमेरिकी मिडियाले सोमबार रिपोर्ट गरेको छ ।
भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु
भारतको मध्य राज्य मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो ।
रुसका राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गर्नुभएको क्रेमलिनले सोमबार जनाएको छ ।
उत्तर कोरियाद्वारा रुसको कुर्स्क क्षेत्रमा आफ्नो सेना तैनाथ गरेको पुष्टि
उत्तर कोरियाले पहिलो पटक रुसमा सैनिक तैनाथ गरेको पुष्टि गरेको छ । सोमबार सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रुसी सीमा क्षेत्र कुर्स्कमा युक्रेनको नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको जनाएको छ ।
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ
चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार युद्धमा ‘इतिहासको सही पक्षमा’ रहेको बताएका छन् ।
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बिबिसीलाई औपचारिक पत्र
भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ ।
ट्रम्पको व्यापार नीतिमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिबाट उत्पन्न हुने खतराहरूको सामना गर्न संयुक्त मोर्चा प्रस्तुत गर्न ब्रिक्स देशका वरिष्ठ कूटनीतिज्ञहरू सोमबार ब्राजिलमा भेट्ने छन् ।
दक्षिण कोरियाको विपक्षी दलद्वारा नेता लीलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा
दक्षिण कोरियाको प्रमुख विपक्षी दलले आफ्ना पूर्व नेता ली जाए–म्युङलाई आगामी जुन महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारका रूपमा घोषणा गरेको छ ।
ट्रम्पको चेतावनीपछि ग्रीनल्यान्डका प्रधानमन्त्री डेनमार्क भ्रमणमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रमाथि नजर लगाएका बेला ग्रीनल्यान्डका नवनिर्वाचित प्रधानमन्त्रीले आइतबार डेनमार्कको पहिलो औपचारिक भ्रमण सुरु गर्नुभएको छ ।
जलवायु परिवर्तनले पाकिस्तानमा मलेरिया रोगमा वृद्धि
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र पाकिस्तानको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले देशभर मलेरियाका मामिलाहरूमा तीव्र वृद्धिबारे चेतावनी दिएको डन समाचारले बताएको छ । उनीहरूले मलेरियाको यो वृद्धिलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनको प्रभावसँग जोडेका छन् ।
उत्तर कोरियाली सेनाले युक्रेनविरुद्धको युद्धमा भाग लिएको रुसद्वारा पुष्टि
मस्को र किएभबिचको द्वन्द्व सुरु भएयता पहिलोपटक रुसले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सेनाले भाग लिएको स्वीकार गरेको रुस र दक्षिण कोरिया दुवैका सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।
इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी
इरानको सबैभन्दा ठुलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
भारत र पाकिस्तानी सेनाबिच कश्मीरमा गोली हानाहान
आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबिचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव
गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्धविराम गर्ने सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले शनिबार बताएका छन् ।
राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग
संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले २२ अप्रिलमा जम्मू–कश्मीरमा भएको आतङ्कवादी आक्राणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ । आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।
इरान र अमेरिकाबिच नयाँ चरणको आणविक वार्ता सुरु
संयुक्त राज्य अमेरिका र इरानबिच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता सुरू भएको छ । सम्भावित आणविक सम्झौताको विस्तृत विवरणलाई लिएर शनिबारदेखि अमेरिका र इरानबिच विवादका विषयलाई सम्बोधन गर्ने प्रयासस्वरूप छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिकामा यस वर्ष दादुराका ८८४ बिरामी भएको पुष्टि
अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको पुष्टि भएको छ । गत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो ।
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएकोे छ ।
रुस र युक्रेन सम्झौताको निकै नजिकः ट्रम्प
रुस र युक्रेनबिच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिनुभएको छ ।
ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ
ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानकारी दिएको छ ।
कश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह
आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले कश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ ।
गाजामा खाद्यान्न, इन्धन र खोपको गम्भीर अभाव
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा करिब ५० दिनदेखि जारी नाकाबन्दीका कारण खाद्यान्न, इन्धन, खोप र चिकित्सा सामाग्री जस्ता अत्यावश्यक वस्तुहरूको गम्भीर अभाव भएको जनाएको छ ।