ट्रम्पको दाबीपछि भन्सार कटौतीको कुनै प्रतिबद्धता छैन : भारत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले ‘उनीहरूको भन्सार शुल्क धेरै तल घटाउन’ सहमत भएको घोषणा गरेको केही दिनपछि भारतले अमेरिकी उत्पादनहरूमा आयात कर घटाउन प्रतिबद्ध नभएको बताएको छ ।
‘विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ’
विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको मङ्गलबारको एक प्रतिवेदनले पत्ता लगाएको छ ।
फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध, हत्या प्रकरणमा आइसिसीको वारेन्टमा पक्राउ
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवताविरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को आदेशमा मङ्गलबार मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको फिलिपिन्स सरकारले जनाएको छ ।
युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुख
रुससँगको कुनै वार्तापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक ३० युरोपेली र नाटो देशका सैन्य प्रमुखहरू मङ्गलबार पेरिसमा भेट गर्दैछन् ।
अमेरिकाले ८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताउनु भएको छ ।
जासूसी गरेको आरोपमा दुई बेलायती ’कूटनीतिज्ञ’लाई देश निकाला गर्ने रूसको भनाइ
रूसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकाला गर्ने घोषणा गरेको छ ।
राजनीतिक सङ्कटबिच नेटो प्रमुख बोस्निया भ्रमणमा
नेटोका उच्च प्रतिनिधि र सर्बियाली राष्ट्रपतिबिच चर्को विवादबिच उत्तर एटलान्टिक गठबन्धन (नाटो)का प्रमुख मार्क रुट सोमबार बोस्नियाको भ्रमणमा जानुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डबारे भनाइ ‘तरङ्गी’ : ग्रीनल्याण्ड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभएको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा तीन ‘आप्रवासी’को गोली हानी हत्या
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ ।
सिरियामा अलावी र अन्य अल्पसङ्ख्यकमाथि आक्रमण गर्नु अर्थहीनः इरान
इरानको विदेश मन्त्रालयले लामो समयदेखि तेहरानको सहयोगी रहेका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने समुदाय अलावीसहित सिरियामा रहेका अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्नुको कुनै औचित्य नरहेको बताएको छ ।
युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ
युन सुक येओलको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ ।
अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्ने लिबरल नेता कार्नीको प्रतिबद्धता
क्यानाडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित
क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उहाँ प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्नुहुनेछ ।
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबिच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।
घर फर्किन थाले लेबनानी किसान
द्वन्द्वले पूर्णरूपमा ध्वस्त भएको दक्षिणी लेबनानको सीमावर्ती गाउँ रामियाका बासिन्दाहरू अन्ततः घर फर्कन थालेका छन् । कल्याणकारी संस्थाहरुले ५० वटा घरहरु निर्माण गरिदिएसँगै उनीहरु आफ्नो गाउँ फर्किएका हुन् ।
चीनमा वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने
चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको हो ।
इराकलाई इरानी बिजुली किन्ने छुट नरहने
वासिङ्टनले इराकलाई छिमेकी मुलुक इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवालाई नवीकरण नगरिएको बग्दादस्थित अमेरिकी दूतावासका प्रवक्ताले आइतबार बताएका छन् ।
क्यानडाको प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा
क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ नेताका रुपमा चयन गर्ने तयारी गरेको छ ।
हमासद्वारा गाजा युद्धविराम वार्ताको दोस्रो चरणअघि बढाउन माग
इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहोर्याएको हो ।
इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमाका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र यस क्षेत्रमा इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबिच वार्ताका लागि अमेरिकी प्रयासलाई अस्वीकार गर्नुभएको छ ।
सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु
सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबिच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।
सुडानमा हैजाबाट ९२ जनाको मृत्यु
गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको बताएको छ ।
म्यान्मारमा जनवरीसम्ममा चुनाव गर्ने जुन्टा प्रमुखको घोषणा
म्यान्मारको सेनाप्रति वफादार सरकारका प्रमुखले सन् २०२१ मा सेनाले ‘कू’ गरेपछि युद्धग्रस्त देशमा पहिलो पटक डिसेम्बर वा अर्को वर्षकाे जनवरीमा निर्वाचन हुने बताउनुभएको छ ।
पाकिस्तानद्वारा अफगानी नागरिकलाई मार्च ३१ सम्ममा देश छोड्न आग्रह
पाकिस्तान सरकारले पाकिस्तानमा बसोवास गर्ने अफगानी नागरिकहरूलाई मार्च ३१ सम्ममा देश छोड्न आग्रह गरेको छ ।