ट्रम्प–पुटिन वार्ता : ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ। वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ।
इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु
मङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ । उद्धारकर्ताहरूले दुई सय २० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
इजरायली प्रधानमन्त्रीसमक्ष गाजामा बन्धकहरूको ‘हत्या रोक्न’ परिवारहरूको आग्रह
इजरायलले जनवरीको युद्धविरामपछि उक्त क्षेत्रमा सबैभन्दा घातक आक्रमण गरेपछि गाजामा रहेका इजरायली बन्धकहरूका परिवारहरूले मङ्गलबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ‘बन्धकहरूको हत्या र बेपत्ता हुने काम रोक्न’ माग गरेका छन् ।
राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख गाजामा इजरायली हवाई आक्रमणबाट ‘आतङ्कित’
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले जनवरीमा नाजुक युद्धविराम लागू भएपछि गाजामा भएको सबैभन्दा तीव्र इजरायली हवाई आक्रमणमा मङ्गलबार आतङ्कित भएको बताउनुभएको छ । आक्रमणमा सयौँको मृत्यु भएको छ ।
धार्मिक हिंसाको टिप्पणीमा बङ्गलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना
बङ्गलादेशले वासिङ्टनकी गुप्तचर प्रमुख तुलसी गबार्डलाई उहाँको यस दक्षिण एशियाली देशमा धार्मिक हिंसासम्बन्धी टिप्पणीहरू आधारहीन र साम्प्रदायिक तनाव भड्काउने जोखिम भएको भन्दै आलोचना गरेको छ ।
नौ महिनाको अन्तरिक्ष स्टेशनमा बसाइपछि घर फर्कंदै अन्तरिक्षयात्री
नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका एक जोडी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछि अन्ततः मङ्गलबार घर फर्कने क्रममा छन्।
ट्रम्प र पुटिन ‘अति महत्त्वपूर्ण’ युक्रेन सम्बन्धी फोनवार्ता गर्न तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै हुनुहुन्छ । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि युक्रेनमा युद्ध रोक्नका लागि सम्भावित महत्त्वपूर्ण कदम हुनसक्छ ।
होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु
टेगुसिगाल्पा, चैत ५ गते । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरूलाई दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको बताउनुभयो ।त्यसपछि समुद्रमा विमान नजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको फेला परेको थियो । उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो ।अधिकारीहरूले विमानमा सवार व्यक्तिहरूको सङ्ख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्टहरू दिएका छन् ।गुरेरोले यात्रुहरूमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताउनुभयो ।लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो । रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यहरू मध्ये एक हो । “विमान झन्डै हामीमाथि खस्यो । म माछा मार्दै थिएँ”, एचसिएच टेलिभिजनलाई एक माझीले बताए ।होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपत्कालीन समिति ‘तुरुन्तै सक्रिय’ गरेको बताउनुभयो ।ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’ का कारण दुर्घटना भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ । रासस/एएफपी
स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताउनुभएको छ । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गर्नुभएको थियो ।
बङ्गलादेशका नेता युनुसको चीनको भ्रमणको घोषणा
बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् । छिमेकी मुलुक भारतसँगको चिसो सम्बन्ध देखिएका समय उहाँको चीन भ्रमण हुन लागेको हो ।
रेड सी क्षेत्रमा द्वन्द्व घटाउन चीनद्वारा ‘वार्ता’को आग्रह
यमनको इरान समर्थित हुथी विद्रोहीले २४ घण्टाभित्र अमेरिकी विमानवाहक समूहमाथि दुई पटक आक्रमण गरेको दाबी गरेपछि चीनले सोमबार रेड सी क्षेत्रमा तनाव कम गर्न ‘वार्ता’ गर्न आह्वान गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रमा उहाँको सार्वजनिक अभिव्यक्ति प्रतिबिम्बितः इरान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता गर्न आह्वान गरेको पत्र उहाँको आफ्नो सार्वजनिक अभिव्यक्तिसँग मेल खाएको इरानले सोमबार बताएको छ ।
सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु
सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रका स्थानीय समाचार च्यानलहरूले घरहरूको छत च्यातिएको, रुखहरू ढलेका र तीव्र हावाले ट्रकहरू पल्टिएको भिडियो देखाएका छन् ।
ट्रम्प र पुटिनबिच मङ्गलबार युक्रेनबारे छलफल हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको बताउनुभएको छ ।
बङ्गलादेशमा २० विद्यार्थीको मृत्युदण्ड सदर
बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको पूर्व सरकारको आलोचना गर्ने एक सहपाठी विद्यार्थीको हत्या गरेको आरोपमा विश्वविद्यालयका २० जना पूर्वविद्यार्थीको मृत्युदण्डको सजायलाई सदर गरेको छ ।
रायसिना डायलग २०२५ का लागि विश्व नेताहरू दिल्लीमा
विश्वभरका नेताहरू प्रमुख भू–राजनीतिक सम्मेलन रायसिना डायलग २०२५ मा भाग लिन नयाँदिल्ली आइरहेका छन् ।
यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाही गर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गर्नुभएको छ ।
गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली आक्रमणमा पत्रकारहरूसहित नौ जनाको मृत्यु भएको बताएको छ । उक्त आक्रमणलाई हमासले नाजुक युद्धविरामको ‘स्पष्ट उल्लङ्घन’ भनेर निन्दा गरेको छ ।
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएको रिपोर्ट गरेका छन् ।
सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रहमा प्रस्थान गर्नेः मस्क
सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताउनुभएको छ । विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको मङ्गल ग्रहको उपनिवेशीकरणको दीर्घकालीन दृष्टिकोणको कुञ्जी हो ।
टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी
जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ ।
श्रीलङ्काद्वारा बाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको गणना र नियन्त्रण प्रयास सुरू
श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन किसानपीडक वन्यजन्तुको गन्ती थालिएको हो ।
अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उहाँलाई देश निकाला गर्ने घोषणा गर्नुभएको छ ।
सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्याली
सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो ।