सिङ्गापुर शिखर सम्मेलनमा शिक्षण सुधारका लागि छलफल
वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायहरूबारे व्याख्या गर्नेछन् ।
अस्ट्रेलिया प्रहरीद्वारा कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउ
अस्ट्रेलियाका अधिकारीहरूले कथित कोकिन तस्करी सिन्डिकेटको सम्बन्धमा चार अमेरिकी नागरिकलाई पक्राउ गरेका छन् ।
चिनियाँ प्रहरीले कम्बोडियाबाट फर्कायो ६८० जुवा, घोटालाका संदिग्धलाई
चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालयले आइतबार प्रहरीले कम्बोडियाबाट जुवा खेल्ने र घोटाला गर्ने छ सय ८० भन्दा बढी संदिग्धलाई स्वदेश फर्काएको जनाएको छ ।
रफाहमा इजरायली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ ।
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
अमेरिकी सहर मेम्फिसमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।
जापानी सैन्य हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु, सात बेपत्ता
जापानमा दुई सैन्य हेलिकोप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
चिनियाँ वैज्ञानिकले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल
चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् ।
गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु
गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ ।