भूकम्प प्रभावित म्यानमारको एक आवासीय भवनमा ९० जनाभन्दा बढी फसेको आशङ्का
मध्य म्यानमारको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताउनुभएको छ ।
आर्थिक सहायता कटौतीले एक करोड ३० लाख विस्थापितको स्वास्थ्य खतरामा
आर्थिक सहायता कटौतीले झण्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ ।
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको पश्चिमी क्षेत्रमा शुक्रबार भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा आठ सैनिक र एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ ।
म्यानमारमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो
म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
भूकम्प प्रभावित म्यानमारमा भारतीय सहायता पठाइयो
म्यानमारमा भारतले मानवीय सहायताका लागि हवाइ मार्गबाट सहयोग पठाएको भारतीय विदेशमन्त्रीले शनिबार बताउनुभएको छ ।
भूकम्पबाट बैंककमा कम्तीमा दुई जनाको मृत्यु
थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अज्ञात सङ्ख्यामा अन्य अझै रहेको बताएका छन् ।
अस्ट्रेलियामा मे ३ मा सङ्घीय निर्वाचन हुने
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी मे ३ मा सङ्घीय निर्वाचन गर्ने घोषणा गर्दै लेबर पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे
म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।
पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध सरकारमाथि षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर
बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरूद्ध षडयन्त्र गरेको आरोपमा नयाँ फौजदारी मुद्दा दायर गरेको शुक्रबार जनाएको छ ।
म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री
जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई ‘बुझ्न कठिन’ भएको बताउनुभएको छ ।
चीनका राष्ट्रपति सीद्वारा बङ्गलादेशी नेतासँग गहिरो सहकार्यको प्रतिबद्धता
ढाकाले भारतसँग चिसिएको सम्बन्धलाई सन्तुलित गर्न नयाँ मित्र खोजिरहेका बेला चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार बङ्गलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुससँग गहिरो सहकार्यको वचन दिनुभएको छ ।
अमेरिकी स्वास्थ्य विभागले १० हजार पूर्णकालीन कर्मचारी कटौती गर्ने
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आफ्नो पुनर्संरचना प्रयासको एक भागको रूपमा करिब १० हजार पूर्णकालीन कर्मचारी कटौती गर्ने भएको छ । यसले करदाताहरूलाई प्रतिवर्ष १.८ अर्ब डलर वचत गर्नेछ ।
अस्ट्रेलियाली सरकारद्वारा चुनाव अगाडि सङ्घीय बजेट सार्वजनिक
अस्ट्रेलियाली श्रम सरकारले आगामी चुनाव अगाडि सङ्घीय बजेट सार्वजनिक गरेको छ । जुन लागत–जीवन राहत र आर्थिक वृद्धिमा केन्द्रित रहेको छ ।
रूससँग उच्चस्तरीय वार्ताका लागि अझै सही समय नभएको रुबियोको भनाइ
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार युक्रेन युद्ध अन्त्य गर्न वासिङ्टनको प्रयासमा मस्कोको प्रतिक्रिया हेर्दै गर्दा उच्चस्तरीय वार्ताको अपेक्षा गर्न अझै सही समय नभएको चेतावनी दिनुभएको छ ।
ट्रम्पको अटो भन्सार शुल्क : आर्थिक खतरा भन्दै युरोपद्वारा आलोचना
पहिलेदेखि नै घरेलु सुस्त आर्थिक वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाको समस्यामा रहेका युरोपेली अटोमोबाइल निर्माताहरूले बिहीबार अमेरिकी आयात करलाई बोझका रूपमा घोषणा गरेका छन् ।
इजरायली आक्रमणमा हमासका प्रवक्ताको मृत्यु भएको समूहको दाबी
इजरायलले बिहीबार गाजामा गरेको हवाई आक्रमणमा आफ्ना एक प्रवक्ताको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले जनाएको छ ।
पत्रकारलाई रिहा गर्न इस्तानबुलको अदालतद्वारा आदेश
टर्कीएको अदालतले दशकौँ यताकै सबैभन्दा खराब प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा पक्राउ परेका एएफपीका एक फोटोग्राफरसहित सात जना पत्रकारलाई बिहीबार रिहा गर्न आदेश दिएको छ ।
इजरायलको संसदबाट न्यायिक सुधार कानुन पारित, विपक्षीलाई चुनौती
इजरायलको संसदले बिहीबार एक विवादास्पद कानुन पारित गरेको छ जसले निर्वाचित अधिकारीहरूलाई न्यायाधीश नियुक्तिमा थप अधिकार प्रदान गरेको छ ।
विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गर्नुभएको छ । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउने फ्रान्सको भनाइ
फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्दै भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबिच सशक्त साझेदारी’ का लागि आह्वान गर्नुभएको छ ।
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाले सन् २०२५ मा थप तीन हजार सैनिक रुसमा पठाएको र मस्कोलाई किएभसँग लड्न सहयोग पुर्याउन क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेको दक्षिण कोरियालीसेनाले बिहीबार जनाएको छ ।
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ ।
आर्मेनियाको संसदद्वारा इयु प्रवेशको पक्षमा मतदान
ऐतिहासिक रूपमा रूस-सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित गरेको छ ।