अमेरिकाद्वारा इरानमाथि आक्रमण
अमेरिकाले इरानका तीन वटा आणविक केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्डो, नातान्ज र इस्फहान आणविक केन्द्रमा आइतबार बिहान शक्तिशाली बम प्रहार गरी आक्रमण गरिएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान
इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन अन्तर्राष्ट्रिय अभियानका प्रमुखले आइतबार बताउनु भएको छ ।
इरानद्वारा सुरक्षा परिषदको आपतकालीन बैठकको माग
इरानले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्सँग आपतकालीन बैठक बोलाउन र अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग गरेको छ।
इजरायली भूमिमा मिसाइल प्रहार, १६ जना घाइते
अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि मध्य इजरायलमा कम्तीमा १६ जना घाइते भएका र कम्तीमा एक ठाउँमा प्रहार भएको उद्धार सेवा र रिपोर्टहरूले बताएका छन् ।
तेहरानमा रहेका नेपाल र श्रीलङ्काका नागरिकको उद्धारमा भारतले सहयोग गर्ने
इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलङ्काका नागरिकको उद्धारका लागि पहल गर्ने जनाएको छ । नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा उक्त प्रयास गरिने दूतावासले जनाएको हो ।
इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गर्नुभएको छ ।
इरानका तीन आणविक साइटमा आक्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताउनुभएको छ । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ ।
टेस्लाले चीनमा पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्ने
टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको शुक्रबार घोषणा गरेको छ ।
इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका
इरानको कोम प्रान्तको प्रहरीले शनिबार इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जनालाई पक्राउ गरेको फार्स समाचार एजेन्सीले जनाएको छ ।
नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु
नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आइएसआइएस)ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् ।
गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन
गाजामा जारी युद्धका कारण सहायता र पहुँचमा समस्या उत्पन्न भएका छन् । यसले बाल कुपोषणको दरमा वृद्दि गरेको छ भन्ने कुरा संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले जानकारी गराएको छ ।
टेस्लाद्वारा शाङ्घाइमा नयाँ ‘ग्रिड साइड ऊर्जा भण्डारण’ स्टेसन निर्माण गर्ने सम्झौता
अमेरिकी कार निर्माता कम्पनी टेस्लाले शुक्रबार चिनियाँ साझेदारहरूसँग मिलेर शाङ्घाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रिडको लागि ऊर्जा भण्डारण स्टेशन बनाउने सम्झौता गरेको छ ।
इरानमा रहेका नेपालीको उद्धार गरिँदै
इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताउनुभयो ।
इरान–इजरायल युद्ध तत्काल ‘पछि नफर्कने’ बिन्दुमा पुगेको एर्दोगानको भनाइ
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबीचको बढ्दो द्वन्द्व चाँडै नै पछि नफर्कने (नो रिटर्न) को बिन्दुमा पुगेको बताउनुभएको छ ।
इरान–इजरायल युद्धः कूटनीतिक समाधानका लागि अवसरको खोजी गरिँदै
युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि अवसरको ढोकाको बारेमा छलफल गरेका हुन् ।
प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी भेटिएको एक अध्ययनको दावी
शिशाको बोतलमा बिक्री हुने पानी, सोडा, बियर र वाइनजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने फ्रान्सको खाद्य सुरक्षा निकायले शुक्रबार सार्वजनिक गरेको एक आश्चर्यजनक अध्ययनले देखाएको छ ।
पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता
काबुल, असार ६ गते । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले शुक्रबार बताएको छ ।पाकिस्तानको विभिन्न जेलमा तीन महिना बिताएका महिला र बालबालिका लगायत पूर्व कैदीहरूलाई तोरखाम सीमा विन्दुमा अफगान अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।पाकिस्तानले विगत छ महिनामा सयौँ अफगान कैदीलाई मुक्त गरेको छ । इस्लामाबादले कानूनी यात्रा कागजातहरू नभएका अफगान शरणार्थीहरूलाई छिमेकी देश छोड्न समेत निर्देशन दिएको छ । सिन्हा
इरान–इजरायल युद्धले युरोपमा आप्रवासनलाई ‘नकारात्मक’ प्रभाव पार्न सक्ने
इरान र इजरायलबीचको हवाई युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने टर्कीएले जनाएको छ। टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले युद्धका कारण आप्रवासनमा वृद्धि हुन सक्ने युरोप र यस क्षेत्रलाई हानि पुर्याउन सक्ने चेतावनी दिनुभएको हो।
मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर
मे महिनामा जापानमा चामलको मूल्य दोब्बर भएको तथ्याङ्कले शुक्रबार देखाएको छ । मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री सिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ ।
इजरायल र इरानबाट आफ्ना नागरिकको निकासीमा सरकारहरूको हतारो
विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा मानिसहरूलाई पैदल सीमा पार गर्न मद्दत गरिरहेका छन् ।
आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
म्यानमारकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाउनुभएको छ । हिरासतमा उहाँले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहनुभएको छ ।
इरानले ‘ठुलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठुलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताउनुभएको छ ।
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल
इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ। इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको छ।
पाँच शिशुको हत्या आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास
अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या तथा अन्य आठको हत्या प्रयास गरेको आरोपमा एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।