गाजामा नरसंहार रोक्न संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषदद्वारा आग्रह
संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधबार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ ।
ट्रम्पद्वारा पारस्परिक करसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधका बिच बुधबार पारस्परिक करसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसमा केही व्यापारिक साझेदारहरूमा १० प्रतिशत न्यूनतम आधारभूत कर र उच्च दरहरू लगाइने छ ।
बढ्दो क्षयरोगको सामना गर्न नयाँ कार्ययोजना तयार पार्दै बेलायत
बेलायतले बुधबार स्वास्थ्य विशेषज्ञ र क्षयरोग (टिबी) बाट पीडित व्यक्तिहरूलाई यस रोगको रेकर्ड वृद्धिको सामना गर्दै नयाँ पञ्चवर्षीय कार्ययोजना तयार गर्न सहयोग गर्न आग्रह गरेको छ ।
ट्रम्पको भन्सार महसुलको जवाफ इयुले अप्रिल अन्त्यसम्ममा दिनेछ : फ्रान्सेली सरकार
युरोपेली सङ्घ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताउनुभएको छ ।
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।
म्यानमार भूकम्प प्रभावितलाई सहायता निरन्तर जारी : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ (युएन) ले म्यानमारमा गएको विनाशकारी भूकम्पपछि मानवीय सहायता अवरुद्ध भएको कुनै सङ्केत नदेखिएको जनाएको छ । भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।
रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन
रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युतविहीन भएका छन् । रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ ।
गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु
भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
‘इयुसँग ‘आवश्यक भएमा’ अमेरिकी करको बदला लिने ‘कडा योजना’ छ’
युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भन डेर लेयनले मङ्गलबार यो हप्ता लागू हुने अमेरिकी करहरूको ‘वार्ता समाधान’ का लागि ब्लकले अझै आशा गरेको तर आवश्यक परेमा जवाफी कारबाही गर्न ‘सबै उपकरण टेबलमा रहेको’ बताउनुभएको छ ।
इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग
इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह) खाली गर्ने आदेश जारी गरे पछि प्यालेस्टिनीहरू भाग्न थालेका छन् ।
बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन आह्वान
बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र आप्रवासी तस्करी गिरोहहरू भत्काउन सहकार्य गर्न आग्रह गर्नुभएको छ ।
समयसीमा नजिकिँदै जाँदा भन्सार शुल्कमा ‘दयालु’ हुने ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वभर अशान्ति निम्त्याउने जोखिम उठाउँदै आफूले भनेका अनुचित व्यापार असन्तुलनहरूलाई सम्बोधन गर्न यस हप्ता थप करहरू घोषणा गर्दा व्यापारिक साझेदारहरूप्रति ‘धेरै दयालु’ हुने बताउनुभएको छ ।
असामान्य रूपमा तातो ग्रीष्म ऋतु आउने मौसम पूर्वानुमानकर्ताको चेतावनी
भारतमा यस गर्मीमा सामान्यभन्दा बढी तापक्रम हुने अपेक्षा गर्न सकिने र गर्मीका अधिक दिनहरूले जीवन र जीविकोपार्जनमा प्रभाव पार्ने मौसम कार्यालयले चेतावनी दिएको छ ।
अमेरिकी कर प्रभावित व्यवसायहरूलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
चीनमा नयाँ तेल खानी भेटियो
चीनको ‘नेसनल अफसाेर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठुलो तेल खानी पत्ता लगाएको जनाएको छ ।
ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान
हमासका एक वरिष्ठ अधिकारीले सोमबार विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजनाविरुद्ध लड्न आह्वान गर्नुभएको छ ।
‘आक्रमण गरे कडा जवाफ दिने’ इरानी सर्वोच्च नेता खामेनीको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताउनुभएको छ ।
डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन
राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइको माग पनि गरेका छन् ।
नेतन्याहुद्वारा कानुनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
सर्वोच्च अदालतले वर्तमान प्रमुखको बर्खास्तीलाई रोकेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्व नौसेना कमान्डर एली शर्भितलाई आन्तरिक सुरक्षा निकायको प्रमुखका रूपमा नियुक्त गर्नुभएको उहाँको कार्यालयले सोमबार जनाएको छ ।
अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश हुने बताउनुभएको छ ।
इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
इरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्नुभएको छ । उहाँले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने बताउँदै, केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।
गाजामा इजरायली आक्रमणमा १४ जनाको मृत्यु
प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार गाजा पट्टीमा एक हप्ताअघि एम्बुलेन्समा इजरायली सेनाको गोली लागेर मारिएका १४ उद्धारकर्ताको शव फेला पारेको बताएको छ ।
विश्व बैँकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने
विश्व बैँकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलव्ध गराउने भएको छ । विश्व बैँकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो ।
म्यान्मारको भूकम्प पीडितलाई बेलायतद्वारा एक करोड पाउन्ड दिने घोषणा
बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।