• १६ वैशाख २०८२, मङ्गलबार

भारतमा गाडी इनारमा खस्दा १२ जनाको मृत्यु

blog

काठमाडौँ, वैशाख १६ गते । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा पीडितहरू मन्दिरतिर जाँदै थिए । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको थियो । बाइक चालकको तत्काल निधन भयो । गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपियाँ आर्थिक क्षतिपूर्ति घोषणा गर्नुभएको छ । 

सिन्ह्वाको सहयोगमा