भ्यानकुभर, वैशाख १४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रमाथि नजर लगाएका बेला ग्रीनल्यान्डका नवनिर्वाचित प्रधानमन्त्रीले आइतबार डेनमार्कको पहिलो औपचारिक भ्रमण सुरु गर्नुभएको छ ।
डेमोक्र्याट पार्टीले मार्चमा विधायी चुनाव जितेपछि ग्रीनल्यान्डको नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहेका जेन्स–फ्रेडरिक निल्सनको यो पहिलो डेनमार्क भ्रमण हो ।
डेनिस प्रधानमन्त्री मेट फ्रेडरिकसनले अप्रिलको सुरुमा आर्कटिक क्षेत्रको भ्रमणका क्रममा उहाँले अमेरिकी प्रशासनलाई लक्षित गर्दै ‘तपाईं अर्को देशलाई गाभ्ने निर्णय गर्न सक्नुहुन्न’ भन्नुभएको थियो ।
“सबैभन्दा पहिले म प्रधानमन्त्रीसँग भूराजनीतिक अवस्था र सहकार्यका बारेमा छलफल सुरु गर्ने छु,” निल्सनले फ्रेडरिकसनलाई उद्धृत गर्दै यसै साता जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उहाँले भन्नुभयो, “हामीले यस समयमा हाम्रो भविष्यको सहयोगका लागि योजनाहरू बनाऔँ । यो कुरा दुवैका लागि महत्त्वपूर्ण छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्कटिक टापुलाई आफ्नो नियन्त्रणमा लिन चाहेको बताएपछि अमेरिका र डेनमार्कबिच तनाव बढेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै वासिङ्टनको नियन्त्रणमा ग्रीनल्यान्ड हुनु आवश्यक रहेको बताउनुभएको थियो ।
अन्तर्राष्ट्रिय शान्ति
ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरसँग बिहीबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “मलाई लाग्छ कि हामीलाई अन्तर्राष्ट्रिय शान्तिको लागि यो आवश्यक छ, र यदि हामीसँग ग्रीनल्यान्ड भएन भने यो विश्वका लागि ठुलो खतरा हो । अन्तर्राष्ट्रिय शान्तिका लागि ग्रीनल्यान्ड निकै महत्त्वपूर्ण छ ।”
भ्रमणको घोषणा गर्दै डेनिस सरकारले ग्रीनल्याण्ड र डेनमार्कबीचको सहकार्य निल्सनको भ्रमणको ‘प्रमुख एजेन्डा’ हुने बताएको छ ।
ग्रीनल्यान्डका प्रधानमन्त्री फ्रेडरिक्सनले भन्नुभयो, “ग्रिनल्यान्ड र साउदी अरेबिया अहिले जुन कठिन विदेश नीतिको अवस्थामा छन्, त्यसमा हामीले एकअर्कालाई सहयोग गर्नै पर्छ ।”
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि मार्चमा ग्रीनल्यान्डको भ्रमण गर्नुभएको थियो । यसलाई नुक र कोपनहेगन दुवैले उक्साहटको रूपमा हेरेका थिए ।
अमेरिकी सैन्य अड्डा पिटुफिकको भ्रमणका क्रममा भान्सले डेनमार्कले ‘ग्रीनल्यान्डका मानिसहरूसँग राम्रो काम नगरेको’ भन्दै आलोचना गर्नुभएको थियो ।
“तपाईंले ग्रीनल्यान्डका जनतामा कम लगानी गर्नुभएको छ र यो अविश्वसनीय, सुन्दर भू–भागको सुरक्षा वास्तुकलामा कम लगानी गर्नुभएको छ,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
डेनिस विदेशमन्त्री लार्स लोक्के रासमुसेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भन्नुभएको छ, “हामी आलोचनाका लागि खुला छौँ तर म पूर्ण इमानदारसाथ के भन्छु भने जुन स्वरमा यो वितरित भइरहेको छ हामी त्यसको कदर गर्दैनौँ ।
निल्सन आफैले केही समय पहिले अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्यान्डबारे दिएको प्रतिक्रियाप्रति लक्षित गर्दै भन्नुभएको थियो, “अमेरिकाले ग्रीनल्यान्ड पाउने छाैँ ।”
उहाँले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, “हामी अरू कोहीसँग सम्बन्धित छैनौँ । हामी आफ्नो भविष्य आफै तय गर्छौं ।” दुई दिनसम्म चल्ने कोपेनहेगन भ्रमणका क्रममा निल्सनले डेनमार्कका राजा फ्रेडरिक र डेनिस संसद्का प्रतिनिधिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
डेनमार्कको दरबारले एक विज्ञप्ति जारी गर्दै राजा फ्रेडरिक निल्सनसँगै आर्कटिक टापुको भ्रमणका लागि ग्रिनल्यान्ड फर्कने जनाएको छ । ग्रीनल्यान्डको ५७ हजार जनसङ्ख्यामध्ये अधिकांश डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छन् तर संयुक्त राज्य अमेरिकाको हिस्सा बन्न चाहँदैनन् । रासस/एएफपी