टर्की, चैत २७ गते । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजा पट्टीमा इजरायलको विस्तारवादी महत्वाकांक्षाको आलोचना गर्नुभएको छ । यस्ता कार्यहरूले सबै संलग्न पक्षहरूलाई हानि पुर्याउने र क्षेत्रभर शान्ति प्रयासहरूलाई कमजोर पार्ने बताउनुभयो ।
विस्तारवादी मनशायका साथ नयाँ नक्शाहरू बनाउने कामले कसैलाई फाइदा नगर्ने उहाँको भनाइ छ । टर्कीका राष्ट्रपतिले हिंसा रोक्न र गाजामा शान्ति पुनस्र्थापित गर्न टर्कीको प्रतिवद्धतामा जोड दिनुभयो ।
गाजामा भइरहेको नरसंहार रोक्न, युद्धविराम हासिल गर्न र शान्तिको बाटो खोल्न आफ्नो शक्तिले भ्याएसम्म सबै गरिरहेको उहाँको भनाइ छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल