रोम, चैत २६ गते । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सोमबार १४ वटा देशमा आपत्कालीन खाद्य सहायता कोषमा रोक लगाउने हालैको अमेरिकी सूचनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
“यदि कार्यान्वयन गरियो भने यो भोकमरी र चरम भोकमरीको सामना गरिरहेका लाखौँ मानिसलाई मृत्युदण्डको सजाय हुनसक्छ”, डब्लुएफपीले एक्समा एक विज्ञप्तिमा भन्यो । एजेन्सीले आफ्नो जीवन-रक्षक कार्यक्रमहरूको निरन्तर समर्थनका लागि स्पष्टीकरण र अपिल गर्न हाल अमेरिकी सरकारसँग सम्पर्कमा रहेको बताएको छ ।
डब्लुएफपीले संयुक्त राज्य अमेरिका र अन्य अन्तर्राष्ट्रिय दाताहरूबाट प्राप्त गरेको योगदानलाई स्वीकार गरेको छ र कृतज्ञता व्यक्त गरेको छ । साथै एजेन्सीले ‘विश्वभरका भोकमरी र कमजोर समुदायहरूलाई महत्त्वपूर्ण खाद्य सहायता’ प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
अमेरिकाले अफगानिस्तान, यमन र अन्य १२ देशका लागि खाद्यान्न सहयोगसहित बाँकी रहेका अधिकांश सहायता रद्द गर्ने निर्णय गरेको अमेरिकी विदेश मन्त्रालय तथा एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्टका सहायता स्रोतहरूले बताएका छन् । रासस/सिन्ह्वा