नेपाल प्रहरीको मनोबल खस्काउने काम नगर्न सरकारलाई सुझाव
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु
ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साताअघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको हो ।
प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।
रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण
युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौँ घरपरिवार विद्युतविहीन भएका छन् ।
वैदेशिक रोजगारीमा जानेको पारिश्रमिक एक लाख तोक्न माग
नेकपा (माओवादी केन्द्र) का सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपियाँ तोक्नुपर्ने बताउनुभएको छ ।
साउदी अरबस्थित नेपाली राजदूतावासको स्पष्टीकरण
साउदी अरबस्थित नेपाली राजदूतावासले कतिपय फाइल सदर गरेबापत रोजगारदाता कम्पनीहरुबाट रकम लिने गरेको आरोप लगाइ आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो समाचारको खण्डन गरेको छ ।
कनिका छरेजस्तो गरी बजेट नछर्न मन्त्रीलाई सांसद ढकालको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजसरी नछर्न मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ ।
शैक्षिक सत्र अगावै आइपुगे जिल्लामा पाठ्यपुस्तक
आगामी शैक्षिक सत्र सुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ । शैक्षिक सत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले जनाएको छ ।
नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग
नेकपा (एमाले) का सांसद सरिता भुसालले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण सम्पन्न गर्न माग गर्नुभएको छ ।
ब्राजिलमा बस दुर्घटना हुँदा चारको मृत्यु
ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताउनु भएको छ ।
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक
यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।
पाकिस्तानमा वर्षाका कारण दश जनाको मृत्यु
पाकिस्तानमा लगातार दुई दिनसम्म परेको वर्षका कारण खैबर पख्तुनख्वा प्रान्तमा दश जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।
स्थानीय चुनावमा टर्कीमा विपक्षी दलको अग्रता
टर्कीको मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीले देशको सबैभन्दा ठुलो सहर इस्तानबुल र राजधानी अंकारलगायत प्रमुख सहरहरूमा भएको स्थानीय चुनावमा ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ ।
काशी गाउँको जङ्गलमा पुरुष मृत फेला
उत्तरी गोरखामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको धार्चे गाउँपालिका-६ काशीगाउँको जङ्गलमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु
पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो ।
उखु पेलेर गुजारा
कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त हुनुहुन्छ । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ । भीमदत्त-४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहनुभएको छ ।
कागजमा लैङ्गिक समानता, व्यवहारमा असमानता
नेपालको संविधानले महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण फरक व्यवहार हुन नहुने वा असमान व्यवहार गर्न नहुने प्रष्ट पारेको छ ।
पोखरा महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध
पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
घोडाघोडी तालक्षेत्रमा रामसार जानकारी अद्यावधिक कार्य सुरु
विश्वरामसार साइडमा सूचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी तालमा विज्ञहरुको समुहद्धारा रामसार जानकारी अधावधिक कार्य हुँदैछ ।
सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकामा सोमबारका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय कायम भएको छ ।
इजरायली सेना अल–शिफा अस्पतालबाट फिर्ता
गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अल–शिफा अस्पतालबाट फिर्ता भएको जनाएको छ । अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क र अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको छ ।
कौरा नाचको जर्गेना गर्न खुला कौरा प्रतियोगिता
कौरा नाच्न तथा गीत गाउन युवा पुस्तालाई सिकाउने र पुरानो संस्कृति जर्गेना गर्न तनहुँमा मौलिक खुला कौरा प्रतियोगिता हुने भएको छ ।
१५ प्रदर्शनकारी पक्राउ
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।