टर्कीm चैत १९ गते । टर्कीको मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीले देशको सबैभन्दा ठुलो सहर इस्तानबुल र राजधानी अंकारलगायत प्रमुख सहरहरूमा भएको स्थानीय चुनावमा ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ ।
प्रारम्भिक नतिजालाई उद्धृत गर्दै सरकारी निकायले यसबारेमा जानकारी दिएको हो । टर्कीको सर्वोच्च निर्वाचन परिषद्का अध्यक्ष अहमद येनरले कुल मतको ५१.२ प्रतिशत मत गणना भइसकेको र मतगणना जारी रहेको बताउनु भयो ।
इस्तानबुलमा ७९ प्रतिशत मतपेटिका खुलेपछि सीएचपीका तर्फबाट वर्तमान मेयर एकरेम इमामोग्लुले ५०.५३ प्रतिशत मत ल्याउनुभएको छन् भने सत्तारुढ न्याय र विकास पार्टी (एकेपी) का उम्मेदवार मुरात कुरुमले ४०.७२ प्रतिशत मत ल्याउनुभएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सत्तारुढ दलले २०१९ मा पछिल्लो स्थानीय चुनावमा दुवै सहरमा आफ्नो नियन्त्रण गुमाएको थियो ।
गत वर्ष मे महिनामा एर्डोगान पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँको गठबन्धनले संसदमा बहुमत सिट प्राप्त गरेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल